सामग्रीमा जानुहोस्

ताँजाकोट गाउँपालिका

ताँजाकोट
ताँजाकोट हुम्ला जिल्ला-को अवस्थिति
ताँजाकोट
ताँजाकोट
ताँजाकोट कर्णाली प्रदेश-को अवस्थिति
ताँजाकोट
ताँजाकोट
ताँजाकोट नेपाल-को अवस्थिति
ताँजाकोट
ताँजाकोट
निर्देशाङ्क: २९°३८′ उत्तर ८१°४४′ पूर्व / २९.६४° उत्तर ८१.७४° पूर्व / 29.64; 81.74
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[१]
स्थापना२०७३ फागुन २७
सरकार
 • अध्यक्षलालकेश जैशी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसुरेन्द्रबहादुर थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५९.१ किमी२ (६१.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,०९२
 • घनत्व३८/किमी२ (९९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
केन्द्रसाविक मैला गाविसको कार्यालय
वेबसाइटtajakotmun.gov.np

ताँजाकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ५ वटा वडा रहेका छन्। साविकको मैला र मदना गाविसलाई मिलाएर बनाइएको गाउँपालिका हो। यो गाउँपालिकाको क्षेत्रफल १५९.१ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मैला गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ताँजाकोट गाउँपालिकाको कुल जनसङ्ख्या ६,०९२ रहेको छ भने यहाँ १,१५८ घरधुरी रहेका छन्।[३]


ताँजाकोट गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१मैला (८-९)८१९९१.७१८.९३
२मैला (१-३)१,१५७८.३१३९.४०
३मैला (४-५, ७)१,९६३४.०३४८७.१०
४मैला (६) र मदना (१-३)१,१५२४६.९१२४.५६
५मदना (४-९)१,००१८.४६११८.३२
जम्मा६,०९२१५९.४१३८.२२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
  2. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  4. ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
  5. ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, मूलबाट २०१७-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच जेष्ठ १२, २०७४।

बाह्य कडीहरू

[सम्पादन]