सामग्रीमा जानुहोस्

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रौँ राष्ट्रिय जनगणना २०७८

← २०६८ वि.सं. २०७८ कात्तिक २५ - मङ्सिर ९ वि.सं. २०८८ →

सामान्य जानकारी
देशनेपाल
प्राधिकरणकेन्द्रीय तथ्याङ्क विभाग
वेबसाइटcensusnepal.cbs.gov.np
परिणाम
कुल जनसङ्ख्या२,९९,३६,५७६[१] (१०.१८%[१])
सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेशमधेश प्रदेश (६१,२६,२८८)[२]
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेशकर्णाली प्रदेश (१६,९४,८८९)[१]

नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[३] वि.सं. २०७८ जेठ २५ देखि असार ८[४] सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।[५][६][७] जनगणनाका नतिजा अनुसार वर्तमान नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो।[८] नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।

जनगणना प्रतिवेदन

[सम्पादन]

जनगणना २०७८ अनुसार, नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।[९]

जनसङ्ख्या जम्मा २,९१,६४,५७८
पुरुष १,४२,५३,५५१
महिला १,४९,११,०२७
साक्षरता जम्मा ७६.२%
पुरुष ८३.६%
महिला ६९.४%
जनघनत्व प्रति किमी२ १९८
लैङ्गिक अनुपात प्रति १०० पुरुष ९५ महिला

मुख्य नतिजाः

  • कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका, १४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका १०.२१ प्रतिशत रहेको छ।
  • प्रति परिवार सदस्य औसतमा ४.३७ जना रहेको छ, प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्। परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।
  • नगरपालिकाहरूको जनसङ्ख्या ६६.१७ प्रतिशत रहेको छ भने, गाउँपालिकाहरूको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको छ।
  • सबैभन्दा बढी जनसङ्ख्या भएका जिल्लाहरूः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला रहेका छन्।
  • सबैभन्दा कम जनसङ्ख्या भएका जिल्लाहरूः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला जिल्ला रहेका छन्।
  • तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसङ्ख्या रहेको छ।
  • सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।
  • ८६.० प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन्।
  • कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठदाउरा प्रयोग गर्ने गरेका छन्।
  • जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुगेको छ। बत्ती बाल्नका लागि सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन्।
  • साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ।
  • ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।
  • कुल २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ। परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ।
  • ३१.५५ प्रतिशत परिवारमा महिला परिवार मूली रहेका छन्।
  • विवाहित पुरुष र महिलाहरू उनीहरूको कुल जनसङ्ख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन्।
  • पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष रहेको छ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
  • कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ।
  • ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससङ्ख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
  • सबै भन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेका छन्। एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसङ्ख्याको ९.५ प्रतिशत छन्।
  • आर्थिक काममा संलग्न मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन्।

नतिजा

[सम्पादन]

जम्मा जनसङ्ख्या: २,९१,९२,४८० प्रारम्भिक नतिजा[१०]

क्षेत्रफल घरधुरी सङ्ख्या जम्मा घरपरिवारको सङ्ख्या जम्मा जनसङ्ख्या (२०७८) पुरुष महिला लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी२
नेपाल५,६४३,९४५.००६,७६१,०५९.००२९,१९२,५७८.००१४,२९१,३११.००१४,९०१,१६९.००९५.९१४.३२०.९२१९८.००
भौगोलिक क्षेत्र
हिमाल३७९,३८४.००४१६,४८०.००१,७७८,१०४.००८७७,६६६.००९००,४३८.००९७.४७४.२७-०.०२३४.००
पहाड२,३९७,५३७.००२,९७४,६९८.००११,७४८,५४८.००५,७२१,३२९.००६,०२७,२१९.००९४.९२३.९५०.२९१९२.००
तराई२,८६७,०२४.००३,३६९,८८१.००१५,६६५,८२८.००७,६९२,३१६.००७,९७३,५१२.००९६.४७४.६५१.५६४६१.००
प्रदेशहरू
कोशी प्रदेश१,०८२,४६२.००१,२०३,९३०.००४,९७२,०२१.००२,४२५,२६६.००२,५४६,७५५.००९५.२३४.१३०.८८१९२.००
मधेश प्रदेश९६७,९२७.००१,१९०,१५४.००६,१२६,२८८.००३,०७८,२२३.००३,०४८,०६५.००१००.९९५.१५१.२०६३६.००
बागमती प्रदेश१,१६१,२८४.००१,५७५,०९७.००६,०८४,०४२.००३,०३३,५७४.००३,०५०,४६८.००९९.४५३.८६०.९२३००.००
गण्डकी प्रदेश५७९,९४२.००६७८,१७६.००२,४७९,७४५.००१,१८०,४६०.००१,२९९,२८५.००९०.८५३.६६०.३०११६.००
लुम्बिनी प्रदेश१,००६,४५०.००१,१५५,५२३.००५,१२४,२२५.००२,४५७,४८४.००२,६६६,७४१.००९२.१५४.४३१.२५२३०.००
कर्णाली प्रदेश३३१,८२१.००३७१,१२५.००१,६९४,८८९.००८२८,३०७.००८६६,५८२.००९५.५८४.५७०.७३६१.००
सुदूरपश्चिम प्रदेश५१४,०५९.००५८७,०५४.००२,७११,२७०.००१,२८७,९९७.००१,४२३,२७३.००९०.४९४.६२०.५०१३६.००

कोशी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवार सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१ताप्लेजुङ जिल्लाताप्लेजुङ१२७,४६१.००२६,१३९.००२८,५३०.००१२०,३५९.००६०,५२४.००५९,८३५.००३,६४६.००१०१.१५४.२२३३.००-०.५५
२सङ्खुवासभा जिल्लाखाँदवारी१५८,७४२.००३६,६९३.००३९,३१८.००१५९,०४६.००८०,०५५.००७८,९९१.००३,४८०.००१०१.३५४.०५४६.०००.०२
३सोलुखुम्बू जिल्लासल्लेरी१०५८८६.००२५३८८.००२६४०२.००१०४७६८.००५२६२९.००५२१३९.००३३१२.००१००.९४३.९७३२.००-०.१०
४ओखलढुङ्गा जिल्लासिद्धिचरण१४७९८४.००३४१११.००३४६८९.००१४०९१४.००६९३२२.००७१५९२.००१०७४.००९६.८३४.०६१३१.००-०.४७
५खोटाङ जिल्लादिक्तेल२०६३१२.००४०३९२.००४२१०४.००१७५३४०.००८६५२१.००८८८१९.००१५९१.००९७.४१४.१६११०.००-१.५६
६भोजपुर जिल्लाभोजपुर१८२४५९.००३७४०४.००३८९२३.००१५८९९१.००७८४५१.००८०५४०.००१५०७.००९७.४१४.०८१०६.००-१.३२
७धनकुटा जिल्लाधनकुटा१६३४१२.००३५०८७.००३७८८९.००१४९९८४.००७३२३४.००७६७५०.००८९२.००९५.४२३.९६१६८.००-०.८२
८तेह्रथुम जिल्लाम्याङलुङ१०१५७७.००२०३५७.००२२०२७.००८९१२५.००४३७९१.००४५३३४.००६७९.००९६.६०४.०५१३१.००-१.२६
९पाँचथर जिल्लाफिदिम१९१८१७.००३९४२८.००४३००३.००१७४४१९.००८७०३३.००८७३८६.००१२४१.००९९.६०४.०६१४१.००-०.९१
१०इलाम जिल्लाइलाम२९०२५४.००६८३३५.००७१५६७.००२८०५६५.००१३९५७४.००१४०९९१.००१७०३.००९८.९९३.९२१६५.००-०.३३
११झापा जिल्लाभद्रपुर८१२६५०.००२१९९८९.००२४६१३८.००९९४०९०.००४७७४९६.००५१६५९४.००१६०६.००९२.४३४.०४६१९.००१.९३
१२मोरङ जिल्लाविराटनगर९६५३७०.००२४१४१५.००२७४६५१.००११४७१८६.००५५७५२७.००५८९६५९.००१८५५.००९४.५५४.१५६१८.००१.६६
१३सुनसरी जिल्लाइनरुवा७६३४८७.००१८१७८७.००२१६८८७.००९३४४६१.००४५४०७५.००४८०३८६.००१२५७.००९४.५२४.३१७४३.००१.९४
१३उदयपुर जिल्लागाईघाट३१७५३२.००७५९३७.००८१८०२.००३४२७७३.००१६५०३४.००१७७७३९.००२०६३.००९२.८५४.१९१६६.०००.७३
जम्मा४५३४९४३.००१०८२४६२.००१२०३९३०.००४९७२०२१.००२४२५२६६.००२५४६७५५.००२५९०६.००९५.२३४.१३१९२.०००.८८

मधेश प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१सप्तरी जिल्लाराजविराज६३९२८४.००१२४३२८.००१५१२९५.००७१३२०३.००३५५५३०.००३५७६७३.००१३६३.००९९.४०४.७१५२३.००१.०५
२सिराहा जिल्लासिराह६३७३२८.००१२३५३६.००१५४५९३.००७४८४१६.००३६९०४९.००३७९३६७.००११८८.००९७.२८४.८४६३०.००१.५४
३धनुषा जिल्लाजनकपुर७५४७७७.००१४६४७६.००१८०८३२.००८७३२७४.००४३४३३५.००४३८९३९.००११८०.००९८.९५४.०३७४०.००१.४०
४महोत्तरी जिल्लाजलेश्वर६२७५८०.००११७४९४.००१४५९००.००७१५०४०.००३५४९५२.००३६००८८.००१००२.००९८.५७४.९०७१४.००१.२५
५सर्लाही जिल्लामलङ्गवा७६९७२९.००१३८४२७.००१६८४२१.००८५७३६०.००४३३३८२.००४२३९७८.००१२५९.००१०२.२२५.०९६८१.००१.०३
६रौतहट जिल्लागौर६८६७२२.००१११६१३.००१३९४०५.००८२५६२३.००४१५८६४.००४०९७५९.००११२६.००१०१.४९५.९२७३३.००१.७७
७बारा जिल्लाकलैया६८७७०८.००११२३२९.००१३४३९०.००७४३९७५.००३८०१९२.००३६३७८३.००११९०.००१०४.५१५.५४६२५.०००.७५
८पर्सा जिल्लावीरगन्ज६०१०१७.००९३७२४.००११५३१८.००६४९३९७.००३३४९१९.००३१४४७८.००१३५३.००१०६.५०५.६३४८०.०००.७४
जम्मा५४०४१४५.००९६७९२७.००११९०१५४.००६१२६२८८.००३०७८२२३.००३०४८०६५.००९६६१.००१००.९९५.१५६३६.००१.२०

बागमती प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१दोलखा जिल्लाभीमेश्वर१८६५५७.००४७८७०.००५०६७६.००१७२७२६.००८४११२.००८८६१४.००२१९१.००९४.९२३.४१७९.००-०.७४
२सिन्धुपाल्चोक जिल्लाचौतारा२८७७९८.००६९७५१.००७३०१०.००२६२८५२.००१२९३९५.००१३३४५७.००२५४२.००९६.९६३.६०१०३.००-०.८७
३रसुवा जिल्लाधुन्चे४३३००.००११३६२.००११८४१.००४५५५४.००२२८५९.००२२६९५.००१५४४.००१००.७२३.८५३०.०००.४९
४धादिङ जिल्लानीलकण्ठ३३६०६७.००७८६६३.००८४४६३.००३२२७५१.००१५७२०७.००१६५५४४.००१९२६.००९४.९६३.८२१६६.००-०.३९
५नुवाकोट जिल्लाबिदुर२७७४७१.००६५७३४.००६९१६०.००२६२९८१.००१२८८४९.००१३४१३२.००११२१.००९६.०६३.८०२३५.००-०.५१
६काठमाडौँ जिल्लाकाठमाडौँ१७४४२४०.००२७६०५४.००५३८१६३.००२०१७५३२.००१०२५७२७.००९९१८०५.००३९५.००१०३.४२३.७५५१०८.००१.४०
७भक्तपुर जिल्लाभक्तपुर३०४६५१.००७०९४६.००१०८५५०.००४३०४०८.००२१७९४२.००२१२४६६.००११९.००१०२.५८३.९७३६१७.००३.३२
८ललितपुर जिल्लाललितपुर४६८१३२.००९७३९४.००१४१०१२.००५४८४०१.००२७५५३७.००२७२८६४.००३८५.००१००.९८३.८९१४२४.००१.५२
९काभ्रेपलान्चोक जिल्लाधुलिखेल३८१९३७.००८३९३२.००९३१८९.००३६६८७९.००१८०९६७.००१८५९१२.००१३९६.००९७.३४३.९४२६३.००-०.३९
१०रामेछाप जिल्लामन्थली२०२६४६.००४५०७३.००४६९३५.००१७०६२०.००८०७७८.००८९८४२.००१५४६.००८९.९१३.६४११०.००-१.६५
११सिन्धुली जिल्लाकमलामाई२९६१९२.००६४६२९.००६९४०९.००३००११७.००१४७६५८.००१५२४५९.००२४९१.००९६.८५४.३२१२०.०००.१३
१२मकवानपुर जिल्लाहेटौँडा४२०४७७.००९६२१४.००१०६६०६.००४६१०५३.००२२८४७२.००२३२५८१.००२४२६.००९८.२३४.३२१९०.०००.८०
१३चितवन जिल्लाभरतपुर५७९९८४.००१५३६६२.००१८२०८३.००७२२१६८.००३५४०७१.००३६८०९७.००२२१८.००९६.१९३.९७३२६.००२.१०
जम्मा५,५२९,४५२११६१२८४.००१५७५०९७.००६०८४०४२.००३०३३५७४.००३०५०४६८.००२०३००.००९९.४५३.८६३००.०००.९२

गण्डकी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१गोरखा जिल्लागोरखा२७१०६१.००६८४०४.००७२९६८.००२५२२०१.००११९८११.००१३२३९०.००३६१०.००९०.५०३.४६७०.००-०.६९
२मनाङ जिल्लाचामे६५३८.००१४७२.००१५७०.००५६४५.००३१८८.००२४५७.००२२४६.००१२९.७५३.६०३.००-१.४१
३मुस्ताङ जिल्लाजोमसोम१३४५२.००३२६८.००३७५१.००१४५९६.००८१७४.००६४२२.००३५७३.००१२७.२८३.८९४.०००.७८
४म्याग्दी जिल्लाबेनी११३६४१.००२५३७४.००२९२४२.००१०७३७२.००५२५५४.००५४८१८.००२२९७.००९५.८७३.६७४७.००-०.५४
५कास्की जिल्लापोखरा४९२०९८.००१२०५९४.००१६३४९८.००५९९५०४.००२९२७६४.००३०६७४०.००२०१७.००९५.४४३.६७२९७.००१.५९
६लमजुङ जिल्लाबेसीसहर१६७७२४.००४०१०१.००४४८७३.००१५३४८०.००७३२०९.००८०२७१.००१६९२.००९१.२०३.४२९१.००-०.०५
७तनहुँ जिल्लादमौली३२३२८८.००८१६४७.००९३१७३.००३२७६२०.००१५२९२१.००१७४६९९.००१५४६.००८७.५३३.५२२१२.०००.१३
८नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकावासोती३११६०४.००८४६९५.००९५३५८.००३८११०५.००१७९४४६.००२०१६५९.००१४२७.००८८.९८४.००२६७.००१.९३
९स्याङग्जा जिल्लापुतलीबजार२८९१४८.००६२८६७.००७०७२१.००२५४९६५.००११८०७६.००१३६८८९.००११६४.००८६.२६३.६१२१९.००-१.२१
१०पर्वत जिल्लाकुस्मा१४६५९०.००३३०५३.००३७६०५.००१३२७०३.००६३१२८.००६९५७५.००४९४.००९०.७३३.५३२६९.००-०.९६
११बागलुङ जिल्लाबागलुङ२६८६१३.००५८४६७.००६५४१७.००२५०५५४.००११७१८९.००१३३३६५.००१७८४.००८७.०७३.८३१४०.००-०.६७
जम्मा२४०३७५७.००५७९९४२.००६७८१७६.००२४७९७४५.००११८०४६०.००१२९९२८५.००२१८५०.००९०.८५३.६६११६.०००.३०

लुम्बिनी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१पूर्वी रूकुम जिल्लारुकुमकोट५३१८४.००११७०२.००१३२६४.००५७९६२.००२८२२६.००२९७३६.००१६६३.००९४.९२४.३७३५.०००.८३
२रोल्पा जिल्लालिवाङ२२४५०६.००४९५९०.००५२९९२.००२३६२२६.००११०९६६.००१२५२६०.००१८७९.००८८.५९४.४६१२६.०००.४९
३प्युठान जिल्लाप्युठान२२८१०२.००५२१७२.००५६९६२.००२३१८४८.००१०४४६३.००१२७३८५.००१३०९.००८२.०१४.०७१७७.०००.१६
४गुल्मी जिल्लातम्घास२८०१६०.००६१२२२.००६६७२५.००२४६८३६.००११२७८८.००१३४०४८.००११४९.००८४.१४३.७०२१५.००-१.२२
५अर्घाखाँची जिल्लासन्धिखर्क१९७६३२.००४५०१९.००४९०८०.००१७७२००.००८१०१३.००९६१८७.००११९३.००८४.२२३.६११४९.००-१.०५
६पाल्पा जिल्लातानसेन२६११८०.००५६२७५.००६४३१८.००२४२४२३.००१११९४०.००१३०४८३.००१३७३.००८५.७९३.७७१७७.००-०.७२
७नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लारामग्राम३३१९०४.००७३२६३.००८३८८२.००३८५५१५.००१८८०७६.००१९७४३९.००७३५.००९५.२६४.६०५२५.००१.४४
८रुपन्देही जिल्लासिद्धार्थनगर८८०१९६.००१९५१०३.००२४१४४९.००१११८९७५.००५४७५४५.००५७१४३०.००१३६०.००९५.८२४.६३८२३.००२.३०
९कपिलवस्तु जिल्लातौलिहवा५७१९३६.००१०३७६५.००१२२७१५.००६८६७३९.००३३७६०४.००३४९१३५.००१७३८.००९६.७०५.६०३९५.००१.७६
१०दाङ जिल्लाघोराही५५२५८३.००१४९२६८.००१६५७६१.००६७६२७७.००३२१९०१.००३५४३७६.००२९५५.००९०.८४४.०५२२९.००१.९४
११बाँके जिल्लानेपालगन्ज४९१३१३.००११०१३५.००१३१९२७.००६०३३९३.००२९५११२.००३०८२८१.००२३३७.००९५.७३४.५२२५८.००१.९७
१२बर्दिया जिल्लागुलरिया४२६५७६.००९८९३६.००१०६४४८.००४६०८३१.००२१७८५०.००२४२९८१.००२०२५.००८९.६६४.३३२२८.०००.७४
जम्मा४,४९९,२७२१,००६,४५०१,१५५,५२३५,१२४,२२५२४५७४८४२६६६७४११९७१६९२.१५४.४३२३०१.२५

कर्णाली प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१डोल्पा जिल्लादुनै३६७००.००७९९५.००९४२९.००४२९५९.००२१२७६.००२१६८३.००७८८९.००९५.१२४.५६५.००१.५१
२मुगु जिल्लागमगढी५५२८६.००११७९१.००१२५३५.००६६६५८.००३३४४८.००३३२१०.००३५३५.००१००.७२५१.३२१९.००१.००
३हुम्ला जिल्लासिमिकोट५०८५८.००१०३१३.००११४८४.००५५४९६.००२७९८२.००२७५१४.००५६५५.००१०१.७०४.८३१०.०००.८४
४जुम्ला जिल्लाचन्दननाथ१०८९२१.००२२४०५.००२४५०१.००११९३७७.००५९८३६.००५९५४१.००२५३१.००१००.५०४.८७४७.०००.५८
५कालिकोट जिल्लामान्मा१३६९४८.००२२९२९.००२६९५६.००१४४९१७.००७२२४३.००७२६७४.००१७४१.००९९.४१५.३८८३.०००.५४
६दैलेख जिल्लानारायण२६१७७०.००४८७७६.००५५७०८.००२५३३१९.००१२१६७५.००१३१६४४.००१५०२.००९२.४३४.५५१६९.००-०.३१
७जाजरकोट जिल्लाखलङ्गा१७१३०४.००३४३०९.००३८०५४.००१८९३६५.००९३७९५.००९५५७०.००२२३०.००९८.१४४.९८८५.०००.९६
८पश्चिमी रूकुम जिल्लामुसिकोट१५५३८३.००३४००७.००३७७०८.००१६६३५४.००८१०६३.००८५२९१.००१२१३.००९५.०४४.४११३७.०००.६५
९सल्यान जिल्लासल्यान२४२४४४.००५१९८४.००५५४००.००२३८६६८.००११४९५३.००१२३७१५.००१४६२.००९२.९२४.३११६३.००-०.१५
१०सुर्खेत जिल्लावीरेन्द्रनगर३५०८०४.००८७३१२.००९९३५०.००४१७७७६.००२०२०३६.००२१५७४०.००२४५१.००९३.६५४.२११७०.००१.६८
जम्मा१,५७०,४१८३३१८२१.००३७११२५.००१६९४८८९.००८२८३०७.००८६६५८२.००३०२०९.००९५.५८४.५७६१.०००.७३

सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमी२वृद्धि दर
१बाजुरा जिल्लामार्तडी१३४९१२.००२३८९१.००२८९२२.००१३८९९८.००६७६०८.००७१३९०.००२१८८.००९४.७०४.८०६४.०००.२९
२बझाङ जिल्लाजयपृथ्वी१९५१५९.००३२९१७.००३८३६९.००१८९०९७.००८८९८८.००१००१०९.००३४२२.००८८.८९४.९३५५.००-०.३०
३दार्चुला जिल्लादार्चुला१३३२७४.००२५२००.००२९१८६.००१३५०५६.००६५३४९.००६९७०७.००२६५७.००९३.७५४.६६५१.०००.१३
४बैतडी जिल्लादशरथचन्द२५०८९८.००४२२८८.००५०४७२.००२४४४००.००११५४२६.००१२८९७४.००१५१९.००८९.५०४.८४१६१.००-०.२५
५डडेलधुरा जिल्लाअमरगढी१४२०९४.००२६५०३.००३१६०८.००१३९४२०.००६५९३०.००७३४९०.००१५३८.००८९.७१४.४१९१.००-०.१८
६डोटी जिल्लादिपायल सिलगढी२११७४६.००३६८०६.००४६१००.००२०५६८३.००९५०६६.००११०६१७.००२०२५.००८५.९४४.४६१०२.००-०.२८
७अछाम जिल्लामङ्गलसेन२५७४७७.००३९३७५.००४९९६९.००२२९८१६.००१०६२४०.००१२३५७६.००१६८०.००८५.९७४.६०१३७.००-१.०९
८कैलाली जिल्लागोदावरी७७५७०९.००१८३७०७.००२००५२८.००९१११५५.००४३९७९२.००४७१३६३.००३२३५.००९३.३०४.५४२८२.००१.५४
९कञ्चनपुर जिल्लाभीमदत्त४५१२४८.००१०३३७२.००१११९००.००५१७६४५.००२४३५९८.००२७४०४७.००१६१०.००८८.८९४.६३३२२.००१.३२
जम्मा२५५२५१७.००५१४०५९.००५८७०५४.००२७११२७०.००१२८७९९७.००१४२३२७३.००१९८७४.००९०.४९४.६२१३६.०००.५०

प्राविधिक प्रयोग

[सम्पादन]

राजधानी बाहिर विगतमा जस्तै कागजी प्रश्नावलीबाट जनगणना गरिए पनि काठमाडौँँ महानगरपालिका र छवटा नगरपालिकामा विद्युतीय माध्यमबाट जनगणना गरिएको थियो। कालापानी क्षेत्रमा स्थलगत जनगणना सम्भव नभए स्याटलाइट प्रविधि बाट घर सङ्ख्या गनिने बताइएको थियो।[११] ई-सेन्ससको विधिबाट पहिलो पटक विदेशमा रहेका नेपाली नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण पनि सङ्कलन गरिएको थियो।

विवादहरू

[सम्पादन]

जनगणनामा गणकहरूले सिसाकलमको प्रयोग गरी फारम भरेको आरोप लागेको छ।[१२] बाग्लुङका कायत समुदायले जनगणना वहिष्कार गरेका थिए।[१३]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमाल खबर (नेपालीमा), मूलबाट २०२३-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०३-२५।
  2. ↑ "Jangarana-1.pdf", नेपालको जनगणना २०७८ (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२५।
  3. ↑ "राष्ट्रिय जनगणना, २०७८ : समृद्धिको आधार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
  4. ↑ "कोरोनाको प्रभाव जनगणनामा, नमूना जनगणना असारमा", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
  5. ↑ "बाह्रौं राष्ट्रिय जनगणनाको तयारी पूरा", सेतोपाटी (नेपालीमा), मूलबाट २०२१-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-११-१७।
  6. ↑ "राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने", नागरिक न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
  7. ↑ "बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
  8. ↑ "जनगणना नेपाल २०७८: पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो", बीबीसी नेपाली, २६ जनवरी २०२२, अन्तिम पहुँच २९ जनवरी २०२४।
  9. ↑ "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमालखबर, १० चैत २०७९, मूलबाट २०२३-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२४।
  10. ↑ "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), मूलबाट २७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२२। अभिलेखिकरण २७ जनवरी २०२२ वेब्याक मेसिन
  11. ↑ "राष्ट्रिय जनगणना नेपाल: 'लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइटबाट भए पनि गणना'", बीबीसी नेपाली, ११ नोभेम्बर २०२१, अन्तिम पहुँच २९ जनवरी २०२४।
  12. ↑ "जनगणनाको पहिलो दिन पेन्सिलले लेखेको पाइयो,सहि तथ्यांक आउनेमा आशंका", चिसेफायु, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१। अभिलेखिकरण १७ नोभेम्बर २०२१ वेब्याक मेसिन
  13. ↑ "जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा", शिलापत्र, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१।

बाह्य कडीहरू

[सम्पादन]