कर्णाली प्रदेश
कर्णाली प्रदेश | |
|---|---|
माथिबाट घडीको दिशामा:फोक्सुण्डो ताल, कान्जिरोवा हिमाल, सिंजा उपत्यका,सुर्खेत स्थित काँक्रे बिहार, सिमिकोट, रारा ताल, भुर्ती देवल र कर्णाली नदी | |
कर्णाली प्रदेशका जिल्लाहरू | |
| निर्देशाङ्क: २९°१६′N ८२°११′E / 29.27°N 82.18°E | |
| देश | |
| स्थापना | ३ असोज २०७२ |
| कर्णालीको रूपमा नामकरण | २०७४ फागुन १३ |
| नामकरण | कर्णाली नदी |
| राजधानी | वीरेन्द्रनगर |
| सबैभन्दा ठुलो सहर | वीरेन्द्रनगर |
| जिल्ला | १० |
| सरकार | |
| • अङ्ग | कर्णाली प्रदेश सरकार |
| • प्रदेश प्रमुख | यज्ञराज जोशी |
| • मुख्यमन्त्री | यामलाल कँडेल |
| • उच्च न्यायालय | सुर्खेत उच्च अदातल |
| • प्रदेश सभा | एकसदन (४० सिट) |
| • निर्वाचन क्षेत्रहरू | प्रतिनिधि सभा १२ राष्ट्रिय सभा ८ |
| क्षेत्रफल | |
| • जम्मा | २७,९८४ किमी२ (१०८०५ वर्ग माइल) |
| • क्रम | प्रथम |
| उच्चतम उचाई (चुरेन हिमाल[१]) | ७,३४८ मिटर (२४१०८ फिट) |
| न्यूनतम उचाई (जामु कुइने) | १८० मिटर (५९० फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | १,६८८,४१२ |
| • क्रम | सातौँ |
| • घनत्व | ६०/किमी२ (१६०/वर्ग माइल) |
| • क्रम | सातौँ |
| वासिन्दा(हरू) | कर्णाली वासी, मध्यपश्चिमेली |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| आधिकारिक भाषा | नेपाली |
| अन्य आधिकारिक भाषाहरू | जुम्ली मगर |
| मानव विकास सूचकाङ्क (वि.सं २०७९) | ०.५७५ |
| क्रम | सातौँ |
| साक्षरता | |
| लैडङ्गिक अनुपात | ९५.२७ ♂ /१०० ♀ (वि.सं २०७८) |
| कुल ग्राहस्थ उत्पादन | १.४२ खर्ब |
| क्रम | सातौँ |
| वेबसाइट | कर्णाली प्रदेश |
कर्णाली प्रदेश ३ असोज २०७२ मा अपनाइएको नयाँ संविधानद्वारा गठित नेपालको सात सङ्घीय प्रदेशहरू मध्ये एक हो।[२] यस प्रदेशको कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) छ, जसले गर्दा यो देशको १८.९७% क्षेत्रफल भएको नेपालको सबैभन्दा ठुलो प्रदेश हो। राष्ट्रिय जनगणना २०७८ अनुसार, यस प्रदेशको जनसङ्ख्या १६,८८,४१२ थियो।[३] यो नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश पनि हो। यो प्रदेश उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र दक्षिणमा लुम्बिनी प्रदेशसँग सिमाना जोडिएको छ। १,५३,८६३ जनसङ्ख्या भएको वीरेन्द्रनगर यस प्रदेशको राजधानी र सबैभन्दा ठुलो सहर दुवै हो।[४]
यस प्रदेशमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी कुल ७९ स्थानीय तहका जम्मा ७१८ वडाहरू रहेका छन्।
शब्दोत्पत्ति
[सम्पादन गर्नुहोस्]यस प्रदेशको नाम कर्णाली नदीबाट आएको हो, जुन यस प्रदेशबाट बग्छ। २०७४ फागुन १३ मा भएको प्रदेश सभाको बैठकले प्रदेशको नाम कर्णाली राखेको थियो।[५][६]
इतिहास
[सम्पादन गर्नुहोस्]कर्णाली कर्णाली नदीसँग जोडिएको पुरानो सभ्यता हो।[७] जुम्ला, सुर्खेत र दैलेखमा पाइने पुरातात्विक स्थलहरूले यो क्षेत्र ११औँ शताब्दीमा स्थापित पुरानो खस राज्यको भाग भएको अनुमान गर्छन्। खस राज्यको राजधानी हालको जुम्ला जिल्लाको सिंजा थियो। १३औँ र १४औँ शताब्दीमा यो राज्य धेरै हदसम्म विस्तार भएको थियो। राज्य पश्चिममा गढवाल, उत्तरमा तिब्बतको मानसरोवर र गुगे क्षेत्र, पूर्वमा गोरखा-नुवाकोट क्षेत्र र दक्षिणमा तराईको ठुलो क्षेत्र सहित कपिलवस्तुसम्म फैलिएको थियो। १४औँ शताब्दीको अन्त्य पछि, खस साम्राज्यको पतन भएको थियो र कर्णाली-भेरी क्षेत्रमा बाइसे राज्यहरूमा विभाजित भएको थियो।[८]
आधुनिक नेपालको एकीकरण हुनुभन्दा पहिले, कर्णालीको एक भाग (कर्णाली नदीदेखि भेरी नदीसम्म) बाइसे राज्यमा विभाजित थियो। वि.सं १८०१ देखि १८६६ सम्म आधुनिक नेपालको एकीकरणको क्रममा विलय नभएसम्म यी राज्यहरू सार्वभौम थिए तर समय-समयमा एकअर्कासँग सम्बन्धित थिए।
भूगोल
[सम्पादन गर्नुहोस्]कर्णाली २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) क्षेत्रफल भएको नेपालको सबैभन्दा ठुलो प्रदेश हो। यो प्रदेश पूर्वमा गण्डकी प्रदेश, दक्षिण-पूर्व र दक्षिणमा लुम्बिनी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्रले घेरिएको छ। यो प्रदेश २८ डिग्री १० मिनेट ७ सेकेन्ड उत्तरी आक्षांसदेखि ३० डिग्री २६ मिनेट ५० सेकेन्ड उत्तरसम्म र ८० डिग्री ५८ मिनेट ५८ सेकेन्ड पूर्वी देशान्तरदेखि ८३ डिग्री ४० मिनेट ५७ सेकेन्ड पूर्वसम्म फैलिएको छ। यस प्रदेशमा समुद्र सतहबाट सबैभन्दा होचो भू-भाग कर्णाली र भेरीको दोभान जामु कुइने १८० मिटर उचाइमा रहेको छ भने सबैभन्दा उच्च भू-भाग डोल्पा जिल्लाको चुरेन हिमाल ७,३४८ मिटर उचाइमा रहेको छ। उत्तर दक्षिण २५० कि.मी. र पूर्व पश्चिम २६५ कि.मी.सम्म फैलिएको यो प्रदेशमा विविध हावापानीका साथै धरातलीय तथा जैविक विविधता रहेको पाइन्छ।
यो प्रदेशले नेपालको उत्तर र मध्य-पहाडका उच्च पहाडी भूभाग ओगटेको छ। यसमा उत्तरमा कुबी गाङ्ग्री, चाङ्ला र कान्जिरोबा हिमालहरू छन्। फोक्सुण्डो ताल भएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो र रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो जुन कर्णाली प्रदेशमा अवस्थित छन्।[९] कर्णाली नदी प्रदेशको सबैभन्दा ठुलो नदी हो जुन नेपालको सबैभन्दा लामो नदी मानिन्छ। सेती नदी र भेरी नदी कर्णालीका सहायक नदीहरू हुन्, र कुपिन्डे दह कर्णालीको ताल हो।
| स्थान | अगस्ट
(°फ) |
अगस्ट
(°से) |
जनवरी
(°फ) |
जनवरी
(°से) |
वार्षिक
वर्षा (मिमी/इन्च) |
|---|---|---|---|---|---|
| खार्पुनाथ | ४८ | ८.९ | ९.५ | −१२.५ | २०९.५/८.२ |
| सिमिकोट | ५४.९ | १२.७ | १७.६ | −८ | ३०४.२/१२ |
| चन्दननाथ | ६०.८ | १६ | २९.७ | −१.३ | ७२८.९/२८.७ |
| नारायण | ७१.८ | २२.१ | ४५.३ | ७.४ | १२५२.३/४९.३ |
| वीरेन्द्रनगर | ७८.४ | २५.८ | ५३.२ | ११.८ | १६५१/६५ |
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८ अनुसार, कर्णाली प्रदेशको जनसङ्ख्या १,६८८,४१२ छ जसमा ८६४,६५१ महिला र ८२३,७६१ पुरुष छन्।[११] यो प्रदेशमा देशकै सबैभन्दा कम जनसङ्ख्या छ, जहाँ १९.७४% भूमि क्षेत्रमा ५.९३% जनसङ्ख्या छ। यस प्रदेशको जनसङ्ख्या घनत्व प्रति वर्ग किलोमिटर ५६ जना रहेको छ। जनसङ्ख्याको १०.००% ५ वर्ष मुनिका छन्। यसको साक्षरता दर ७६.१% छ।[१२]
जातीय समूहहरू
[सम्पादन गर्नुहोस्]७२% जनसङ्ख्या सहित यस प्रदेशमा खस जातिले बहुमत ओगटेका छन्। क्षेत्री सबैभन्दा ठुलो एकल जाती हो। खस समूह भित्र खस दलितहरूले २३% जनसङ्ख्या ओगटेका छन्, जसमध्ये कामी सबैभन्दा ठुलो जाति (१६%) हो। पहाडी जनजातिहरूले जनसङ्ख्याको १३% ओगटेका छन्, जसमध्ये लगभग सबै मगरहरू छन् जसको जनसङ्ख्या १०% छ। उच्च पहाडहरूमा बस्ने केही तिब्बती समूहहरू पनि यस प्रदेशमा बसोबास गर्दछन्।[१३]
भाषाहरू
[सम्पादन गर्नुहोस्]जनसङ्ख्याको ८८.८५% जनसङ्ख्याले नेपाली बोल्दछन्। ६.३४% खस र १.६०% ले मगरलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्। यस प्रदेशमा सबैभन्दा बढी बोलिने नेपाली भाषालाई खस वा स्थानीय नामले चिनिन्छ।[१४]
नेपालको भाषा आयोगले २१ भदौ २०७८ मगरलाई प्रदेशमा थप आधिकारिक भाषाको रूपमा सिफारिस गरेको थियो।[१५] सबैभन्दा बढी बोलिने भाषा नेपाली हो, जुन यहाँ यसको मूल नाम खस भाषाले चिनिन्छ।[१६]
धर्म
[सम्पादन गर्नुहोस्]यस प्रदेशमा हिन्दु धर्म सबैभन्दा बढी मानिन्छ, ९५.३४% मानिसहरूले हिन्दु धर्म मान्दछन्। बौद्ध धर्म सबैभन्दा ठुलो अल्पसङ्ख्यक धर्म हो, जसलाई ३.०९% ले मान्दछन्, र इसाई धर्म दोस्रो ठुलो अल्पसङ्ख्यक धर्म हो, जसलाई जनसङ्ख्याको १.३०% ले मान्दछन्।[१७]
सरकार र प्रशासन
[सम्पादन गर्नुहोस्]राज्यपालले प्रदेश प्रमुखको रूपमा काम गर्छन् भने मुख्यमन्त्री प्रदेश सरकारको प्रमुख हुन्छन्। सुर्खेत उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायपालिकाको प्रमुख हुन्। वर्तमान प्रदेश प्रमुख, मुख्यमन्त्री र मुख्य न्यायाधीश क्रमशः यज्ञराज जोशी, यामलाल कँडेल र गुणराज ढुङ्गेल हुन्। यस प्रदेशमा ४० वटा प्रदेश सभा निर्वाचन क्षेत्र, १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र आठ वटा राष्ट्रिय सभा सिटहरू छन्।[१८]
नेपालका अन्य सबै प्रदेशहरू जस्तै कर्णालीमा एक सदनात्मक व्यवस्थापिका छ। प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ। कर्णाली प्रदेशको प्रदेश सभा अस्थायी रूपमा वीरेन्द्रनगर स्थित सिँचाइ डिभिजन कार्यालयमा राखिएको छ।[१९]
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]कर्णाली प्रदेश १० वटा जिल्लाहरूमा विभाजित छ।
| क्रम | जिल्लाहरू | सदरमुकाम | जनसङ्ख्या (वि.सं २०७८)[२०] | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व | स्थानीय तह सङ्ख्या |
|---|---|---|---|---|---|---|
| १ | पश्चिम रुकुम जिल्ला | खलङ्गा | १,६६,७४० | १,२१३.४९ | १४० | ६ |
| २ | सल्यान जिल्ला | खलङ्गा | २,३८,५१५ | १,४६२ | १७० | १० |
| ३ | डोल्पा जिल्ला | दुनै | ४२,७७४ | ७८८९ | ५.४ | ८ |
| ४ | हुम्ला जिल्ला | सिमिकोट | ५५,३९४ | ५,६५५ | ९.८ | ७ |
| ५ | जुम्ला जिल्ला | खलङ्गा | १,१८,३४९ | २,५३१ | ४७ | ८ |
| ६ | कालिकोट जिल्ला | मान्म | १,४५,२९२ | २,५३१ | ५७ | ९ |
| ७ | मुगु जिल्ला | गमगढी | ६४,५४९ | ३,५३५ | १८ | ४ |
| ८ | सुर्खेत जिल्ला | वीरेन्द्रनगर | ४,१५,१२६ | २,४५१ | १७० | ९ |
| ९ | दैलेख जिल्ला | दैलेख बजार | २,५२,३१३ | १,४८५.५७ | १७० | ११ |
| १० | जाजरकोट जिल्ला | खलङ्गा | १,८९,३६० | २,२३० | ८५ | ७ |
जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला प्रशासन अधिकारीद्वारा प्रशासित हुन्छ। जिल्लाहरूलाई थप नगरपालिका वा गाउँपालिकाहरूमा विभाजन गरिएको छ जुन थप वडाहरूमा विभाजित छन्। प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिकाहरू छन्। प्रदेशको राजधानी र सबैभन्दा ठुलो सहर वीरेन्द्रनगर हो।[२१] यो प्रदेशको ५०,००० भन्दा बढी जनसङ्ख्या भएको एक मात्र सहर हो।
| क्रम | जिल्ला | ||||||||
|---|---|---|---|---|---|---|---|---|---|
| १ | वीरेन्द्रनगर नगरपालिका | सुर्खेत | १,५३,८६३ | ||||||
| २ | गुर्भाकोट नगरपालिका | सुर्खेत | ४८,२१६ | ||||||
| ३ | भेरीगङ्गा नगरपालिका | सुर्खेत | ४८,२०३ | ||||||
| ४ | दुल्लु नगरपालिका | दैलेख | ३९,१४३ | ||||||
| ५ | छेडागाड नगरपालिका | जाजरकोट | ३७,८७७ | ||||||
| ६ | भेरी नगरपालिका | जाजरकोट | ३७,८९२ | ||||||
| ७ | आठबिसकोट नगरपालिका | पश्चिम रुकुम | ३५,९१७ | ||||||
| ८ | पञ्चपुरी नगरपालिका | सुर्खेत | ३५,८३९ | ||||||
| ९ | शारदा नगरपालिका | सल्यान | ३४,६६३ | ||||||
| १० | बागचौर नगरपालिका | सल्यान | ३४,०२१ | ||||||
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]कर्णाली प्रदेशको वार्षिक आर्थिक वृद्धिदर ५.७% रहेको छ र यसले कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा कम योगदान ४.१% पुर्याएको छ। यो प्रदेश नेपालको गरिब प्रदेश मध्ये एक हो जहाँ अनुमानित २८.९% मानिसहरू निरपेक्ष गरिबीमा बाँचिरहेका छन् (देशमा दोस्रो उच्चतम) र ५१.७% मानिसहरू बहुआयामिक रूपमा गरिब छन् (देशमा उच्चतम)। यस प्रदेशमा बेरोजगारी दर ९.७% रहेको छ जुन देशमा तेस्रो सबैभन्दा कम हो।[२२]
कर्णाली देशको सबैभन्दा ठुलो जौ उत्पादक हो र २०७५/७६ मा देशको कुल जौ उत्पादनको ४३% भाग यस जिल्लाले ओगटेको थियो।[२२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://nepaloutlook.com/karnali-province/#:~:text=The%20highest%20peak%20point%20of,capital%20of%20the%20Karnali%20Province[स्थायी मृत कडी].
- ↑ "Nepal Provinces", statoids.com, मूलबाट २०१७-०७-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०३-२१।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २६ असोज २०८२।
- ↑ "प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत", १२ फागुन २०७४, अन्तिम पहुँच २६ असोज २०८२।
- ↑ "Province 6 named Karnali; Surkhet capital", kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), मूलबाट २०१९-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०७।
- ↑ Times, Nepali (१३ जुलाई २०१८), "Naming new provinces" (en-USमा), मूलबाट २०१८-०९-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०३-०७।
- ↑ "कर्णाली प्रदेश एक चिनारी", www.ocmcm.karnali.gov.np, The office of chief minister and cabinet of Karnali Province, मूलबाट ९ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१८।
- ↑ "Nepal in the Medieval Period", www.telegraphnepal.com, २ फेब्रुअरी २०१५, मूलबाट २६ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण २६ फेब्रुअरी २०१८ मिति
- ↑ "तस्वीर : नेपालको सबैभन्दा ठुलो ताल रारा", अभियान दैनिक, अन्तिम पहुँच २६ असोज २०८२।
- ↑ "Nepal Travel Weather Averages (Weatherbase)", Weatherbase, मूलबाट २०२०-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२८।
- ↑ "तथ्याङ्कमा कर्णाली प्रदेश.pdf", Google Docs (नेपालीमा), Central Bureau of Statistics, Nepal, पृ: ३४, मूलबाट २०२३-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२४।
- ↑ "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
- ↑ १३.० १३.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ १४.० १४.१ "Table 5: Mother tongue and sex", Census Nepal 2021, राष्ट्रिय तथ्याङ्क कार्यालय।
- ↑ "सरकारी कामका लागि कर्णालीमा मगर भाषा सिफारिस", न्युज कारोबार, २१ भदौ २०७८, अन्तिम पहुँच २६ असोज २०८२।
- ↑ "सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू (पञ्चवर्षीय प्रतिवेदन- साराांश) २०७८", भाषा आयोग, मूलबाट ६ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२१। वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २०२१ मिति
- ↑ १७.० १७.१ "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ "CDC creates 495 constituencies", The Himalayan Times (en-USमा), २०१७-०८-३१, मूलबाट २०१८-०४-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७।
- ↑ "First Provincial Assembly meeting begins in 4 provinces" (अङ्ग्रेजीमा), मूलबाट २०१८-०४-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७।
- ↑ 2011 Census District Level Detail Report वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति, Central Bureau of Statistics.
- ↑ "स्थानिय तह", 103.69.124.141, मूलबाट २०१८-०८-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७।
- ↑ २२.० २२.१ Khatiwada, Dr. Yuba Raj, "Economic survey 2018/19, Government of Nepal, Ministry of Finance", Government of Nepal, Ministry of Finance: 14।
