सामग्रीमा जानुहोस्

कास्की जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कास्की
पोखरा को दृश्य
पोखरा को दृश्य
नेपालको नक्शामा कास्की जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा कास्की जिल्ला (रातो)
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
सदरमुकामपोखरा
क्षेत्रफल
  जम्मा२,०१७ किमी (७७९ वर्ग माइल)
उच्चतम उचाई
८,०९१ मिटर (२६५४५ फिट)
न्यूनतम उचाई
४५० मिटर (१४८० फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[][]
  जम्मा४९२,०९८
  घनत्व२४४/किमी (६३०/वर्ग माइल)
जातीयता
  मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, नेवार,कामी
भाषा
  मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६१
गाउँपालिका संख्या
महानगरपालिकापोखरा
वेबसाइटwww.ddckaski.gov.np

कास्की जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।[]

यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणाली अन्तर्गत सेती गण्डकी,मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन् । यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाइन्छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलावट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजिक लगभग ९५० मिटर उचाईमा यस जिल्लाको होचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण शृङ्खला संधै हिउँले ढाकिरहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरो माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।[]

यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहूँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी अक्षांशसम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ[]। कास्की क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ७५ जिल्लाहरूमध्ये क्रमशः सत्ताइसऔ र तेइसऔ स्थानमा पर्छ|[] उत्तर तर्फको मनमोहक हिमाच्छादित शृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।

यस जिल्लामा एक महानगरपालिका, र ३ गाउँपालिका छन। पोखरा गण्डकी प्रदेश र यस जिल्लाको सदरमुकाम हो एवम् यो महानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपालकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।)[][]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

कास्की जिल्लामा ५ स्थानीय तहहरू छन्, जसमध्ये १ महानगरपालिका र ४ गाउँपालिका छन्।[]

कास्की जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग

किमी)

पोखरा महानगरपालिका भरतपोखरी, लामाचौर, भलाम, काँहु, आर्वाविजय, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, सराङकोट, हेम्जा, अर्मला, मौजा, पुरन्चौर, चापाकोट, कास्कीकोट, माझठाना (१,४-९), कालिका (१-५) र भदौरे तमागी (३-९) ३३ पोखरा ५,१३,५०४ ४६४.२४ ११००
रुपा गाउँपालिका थुम्की, सिद्ध, देउराली (५), रूपाकोटहंसपुर (१-४, ६,७,९) रूपाकोट १४,८९१ ९४.८१ १६०
माछापुच्छ्रे गाउँपालिका माछापुच्छ्रे, सर्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुसल्वाङघलेल लाहाचोक २२,८९८ ५४४.५८ ४२
मादी गाउँपालिका पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिका (६-९), सिल्दुजूरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठाना (२,३) र हंसपुर (५,८) १२ थुमाकोडाँडा १६,१४२ ५६३ २९
अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरी, भदौरे तमागी (१,२), सल्यान, लुम्ले, दाङसिङघान्द्रुक ११ माछापोखरी २२,०९९ ४१७.७३ ५३
कास्की जिल्लाका पूर्व गाविसहरूको नक्सा

राष्ट्रिय जनगणना २०७८ अनुसार कास्की जिल्लाको कूल जनसङ्ख्या ६,००,०५१ जना मध्ये २,९२,७९१ जना पुरुष र ३,०७,२६० महिला रहेका छन् । [][]

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमि रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप बाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दबाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[]

भौगोलिक अवस्था

[सम्पादन गर्नुहोस्]
  • अक्षांश: २८ डिग्री ०६ मिनेट उत्तर देखि २८ डिग्री ३६ मिनेट उत्तरी अक्षांश[]
  • देशान्तरमा ८३ डिग्री ४० मिनेट देखि ८४ डिग्री १२ मिनेट पूर्वी देशान्तरमा[]
  • अग्लो भाग: समुद्र सतहबाट ८०९१ मिटर[]
  • होचो भाग: समुद्र सतहबाट ४५० मिटर[]
  • औषत लम्बाई: ६३ कि.मि.
  • औषत चौडाई: ५० कि.मि.
  • जिल्ला सदरमुकामको उचाई : ७५० मिटर[]

कास्की जिल्लाको अवस्थिति पहाडी प्रदेशमा भएको कारण यसको भू–वनावट पनि ज्यादै जटिल छ। यस जिल्लामा दुई भिन्न पर्यावरणीय प्रदेश (पहाडी र उच्च हिमाली)मा पर्ने हुँदा पनि यसमा विषम भू–बनावट पाइन्छ। विषम भू–बनावटको निर्माण हुनुको कारणमा जिल्लामा पर्ने भौगोलिक संरचनाको विशेष भूमिका रहेको छ। भौगोलिक संरचनाको आधारमा जिल्लालाई पाँच प्रमुख क्षेत्रमा विभाजन गर्न सकिन्छ।[][]

उच्च हिमाली पत्रे तथा परिवर्तित चट्टान क्षेत्र

[सम्पादन गर्नुहोस्]

समुद्र सतहदेखि ४,००० मिटरभन्दा माथिको भू–बनोट यस क्षेत्रअन्तर्गत पर्दछ र यस क्षेत्रलाई बाह्रैमास हिउँले ढाकेको पाइन्छ।[]

घनपोखरा समूह

[सम्पादन गर्नुहोस्]

यो क्षेत्र अत्यन्त कमजोर भू–बनोटअन्तर्गत पर्दछ। यसै क्षेत्रमा : भनिने सम्बेदनशील भौगोलिक जोर्निका पेटीले जिल्लाको लगभग १,५०० देखि २,००० मिटरको उचाइ क्षेत्रमा पूर्व–पश्चिम काटेको छ। यो क्षेत्र पहिरो जाने र भूकम्पको केन्द्र विन्दुको लागि अत्यन्त प्रमुख मानिन्छ। त्यसैले ठूला निर्माण कार्यको लागि यस क्षेत्रमा ठूलो सावधानी लिनु पर्ने देखिन्छ।[]

नागडाँडा समूह

[सम्पादन गर्नुहोस्]

यो क्षेत्र घनपोखरा समूहको दक्षिणमा अवस्थित छ। यसमा खासगरी कमजोर चट्टानको वाहुल्यता छ। यो क्षेत्रमा अति वर्षा हुने हुँदा पहिरो जाने बढी सम्भावना रहन्छ।[]

यो क्षेत्र खासगरी पोखरा उपत्यकामा अवस्थित छ। प्राचीन समयमा माछापुच्छ्रे देखि उत्तर तर्फको ठूला बाँध फुटेर अकस्मात पोखरा उपत्यकामा रोडा र गिटी थुप्रिन गई निर्माण भएको समतल नदीका टार क्षेत्र र गण्डकीका गरा यस समूहमा पर्दछन। यसमा पनि निर्माण समयावधिका आधारमा कुनै निकै पुराना छन र त्यहाँ भुङ्कान (भ्वाङ) पर्ने क्रिया देखिन्छ भने कुनै नयाँ र कठोर सिमेन्टेड (गेडुला ढुङ्गाको जमोट) अवस्थामा छन। भू-गर्भ शास्त्रीहरूले यसलाई पनि विभिन्न उप–समूहमा राखेर पोखरा उपत्यकाको बस्ती योजनालाई सुझाव दिएका छन्।[]

यसमा जिल्लाको दक्षिणी भागमा वर साझी मटिखान र पश्चिममा उल्लेरी निर्माण समूह पर्दछन। यी क्षेत्रमा सामान्य फिलाईट समूहका चट्टान छन। अन्य पहाडी क्षेत्रको तुलनामा केही स्थित भू–बनोट छ। जिल्लाको भू–संरचना जटिल भएको कारण यसको भू–सतह पनि उत्तिकै जटिल छ। भू–सतहको आकृतिका आधारमा जिल्लाको भू–क्षेत्रलाई तीन प्रमुख किसिममा विभाजन गर्न सकिन्छ।[]

उच्च हिमाली क्षेत्र

[सम्पादन गर्नुहोस्]

समुद्र सतहबाट लगभग ३,५०० मिटरदेखि माथिको भू–भागलाई यस समूहमा राख्न सकिन्छ। अधिक उचाईको कारण यसभन्दा माथि लामो समय हिउँले ढाकिरहन्छ। जिल्लाको सम्पूर्ण भू–भाग अन्नपूर्ण शृङ्खलाको दक्षिण मोहडामा परेको हुँदा स्थायी हिमरेखा ४,५०० मिटरको उचाइभन्दा माथि रहेको छ। स्थायी हिमरेखा माथि अनवरत हिउँका प्रक्रिया रहेतापनि यस क्षेत्रको तल्लो सीमान्त भू–भागमा अस्थायी हिउँका प्रक्रिया केन्द्रित रहन्छन्। यो क्षेत्रमा मात्र केही अधिक उचाइमा पाइने भोजपत्र, धूपी र काँडे झाडी पाइन्छन् भने धेरै जसो समथर भागमा घाँसे चरन क्षेत्र छ। यस क्षेत्रमा गृष्मकाल (असार–असोज)मा भेडीगोठ राख्ने चलन छ।[]

मध्यवर्ती पहाड तथा डाँडाहरू

[सम्पादन गर्नुहोस्]

जिल्लाको ३,५०० मिटरदेखि तल भिरालो पाखा तथा होचा डाँडाहरू यस क्षेत्रमा पर्दछन्। खासगरी होचो पहाडी पाखा, तथा नदी–निर्मित टार उपत्यकामा आएर समाहित हुने हुँदा यी भिराला पाखाहरू जटिल र सम्वेदनशील छन्। यी पहाडी पाखामा होचा र समथर भागमा मानव बस्ती र खेतीपाती केन्द्रित छन् भने अग्ला भागमा चरन तथा जंगल क्षेत्र छन्। यस क्षेत्रमा प्राचीन कालदेखि मानव बस्तीको लागि उपयुक्त हावापनी पाइने हुँदा पुराना बस्तीहरू केन्द्रित छन। मानिस र मानिसका क्रियाकलापको अधिक चाप परिरहेका यी क्षेत्रहरू भू–बनोटको हिसाबमा कमजोर र भिराला भएकाले पनि निकै सम्वेदनशील छन्।[]

पहाडी फेदी तथा मैदानी उपत्यका

[सम्पादन गर्नुहोस्]

भिराला पाखाहरूको तल्लो भाग तथा नदी र खोलाहरूको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन। खासगरी पोखरा उपत्यका भराभरीदेखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरूको तल्लो भाग ज्यादै विस्तृत छ। त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन। यी क्षेत्रमा प्रायः नदीले थुपारेका बलौटो, पाँगो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उपयुक्त छन। तथापि, यी क्षेत्र नदी कटान र बाढीका लागि ज्यादै सम्बेनदशील छन। पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिराका पदार्थहरूले पुर्ने क्रम ज्यार्दै जटिल छ। मर्दी र इदी खोला, हर्पनखोला, स्याङखुदी र दोभान खोला यसका प्रत्यक्ष उदाहरण हुन। यो भू–भाग पहिला औलो र खहटे(एक प्रकारको क्षयरोग)को ठूलो प्रभावमा रहेको कारण ऐतिहासिक कालमा ज्यादै पातलो बस्ती थियो। तर, हालमा यातायात र शहरी प्रभावको कारण यो क्षेत्रमा जनआवादी ज्यादै घना छ।[][]

कास्कीको पूर्वमा लमजुङ, पश्चिममा स्याङ्गजापर्वत, उत्तरमा मनाङम्याग्दी र दक्षिणमा स्याङ्गजातनहूँ गरी ६ जिल्लासँग सिमाना जोडिएको छ।[]

राजनीतिक तथा प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]
कास्की जिला प्रशासनिक कार्यालय

यस जिल्लालाई ३ गाउँपालिका १ महानगरपालिका तथा ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम पोखरामा रहेको छ।[]

भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्ण देखि शितोष्ण हावापानी रहेको पाइन्छ। हाल सम्ममा पोखरा स्टेसनमा अधिकतम तापक्रम ३७.४ डि. से. ( ८ अप्रील १९७५) र न्युनतम तामक्रम १.८ डि.से. (१३ जनवरी १९७०)मा रहेको तथा अधिकतम कुल ३५७ मिलि लिटर १८ अगष्ट २००१ पानी परेको रेकर्डबाट देखिन्छ। नेपालमा वढी पानी पर्ने ठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र पर्दछ।[]

प्रमुख नदीहरू

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख नदीहरू यस प्रकारका छन्:

  1. सेती गण्डकी
  2. मादी नदी

मुख्य खोलाहरू

[सम्पादन गर्नुहोस्]

कास्की जिल्लाका प्रमुख खोलाहरू यस प्रकारका छन्:

  1. मोदी,
  2. मर्दी,
  3. काली,
  4. विजयपुर, कोत्रे,
  5. सर्दी,
  6. काहुँ खोला
  7. हर्पन खोला
  8. फुस्रे खोला
  9. इंदी खोला, आदि।


कास्की जिल्लाका ताल तथा पोखरीहरू निम्नानुसार छन्:

तालहरू
तालको नामक्षेत्रफल
फेवाताल१५ वर्ग कि.मी.
बेगनास ताल१० वर्ग कि.मी.
रुपा ताल१ वर्ग कि.मी.
दिपाङ्ग ताल-
मैदी ताल-
कमल ताल-
खास्टे ताल-
न्युरेनी ताल-
वुडुवा ताल-
गुदे ताल-

शान्ति कुण्ड

पाताले छाँगो(डेभिज फल)

झोलुङ्गे पुलहरू

[सम्पादन गर्नुहोस्]

कास्की जिल्लामा ५३ वटा झोलुङ्गे पुलहरू छन् जसमध्ये ४ वोटा ले लम्जुङ्ग र कास्की जिल्लालाई जोड्ने काम गर्छन्।

कास्की जिल्लाका केही अग्ला हिमालहरू निम्नानुसार छन्:-

कास्की जिल्लामा पर्ने हिमालहरू
हिमालउचाई (मिटरमा)
अन्नपूर्ण प्रथम८०९१
अन्नपूर्ण दोस्रो७९३७
अन्नपूर्ण तेस्रो७५५५
अन्नपूर्ण चौथो७५२५
अन्नपूर्ण दक्षिण७२१९
माछापुच्छ्रे६९९८

प्रमुख व्यापारिक केन्द्रहरू

[सम्पादन गर्नुहोस्]

यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, लेखनाथ, गगनगौंडा, सिसुवाहेम्जा हुन्।

प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

कास्की जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू यस प्रकार छन्:

प्रमुख धार्मिक स्थलहरू तथा पर्यटकीय स्थलहरू:
प्रमुख धार्मिक स्थलहरूप्रमुख पर्यटकीय स्थलहरू:
विन्ध्यवासिनी, तालबाराही, भद्रकाली, गुप्तेश्वर महादेव (गुफा) नारायणथान मन्दिर, राधाकृष्ण मन्दिर, गीता मन्दिर, भगवती मन्दिर, कास्कीकोट मन्दिर, पञ्चासे राम मन्दिर, वौद्ध गुम्वा, शान्ति स्तुप आदि रहेका छन।[]महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर, तालबाराही, भद्रकाली, वौद्ध गुम्वा, शान्ति स्तुप, पातले छाँगो (डेभीड फल्स), फेवाताल, बेगनास ताल, रूपाताल, सेती नदी, घान्द्रुक, सिक्लेस, धम्पुस,सराङ्गकोट, अन्नपूर्ण वेस क्याम्प, पञ्चासे डाँडा, पुम्दीकोट, काँहूको भ्यु टावर आदि छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html
  2. 1 2 "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१३-०४-१८ वेब्याक मेसिन
  3. 1 2 3 4 5 6 7 8 9 "कास्की जिल्लाको संक्षिप्त परिचय"[स्थायी मृत कडी]
  4. जिल्ला विकास समितिको कार्यालय, कास्की २०७२ हाते पुस्तिका
  5. 1 2 "कास्की जिल्लाको संक्षिप्त परिचय", जिविस कास्की, अन्तिम पहुँच २०११-०७-२३[स्थायी मृत कडी]
  6. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२
  7. 1 2 3 4 5 6 उद्दरण त्रुटी: अवैध <ref>चिनो; जिल्ला विकास समिति, कास्की (जनसांख्यिकीय रिपोर्टहरू, भौगोलिक अवस्थिति र हावापानी) नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. 1 2 3 4 5 6 7 8 "कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू"[स्थायी मृत कडी]
  9. 1 2 "कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू" अभिलेखिकरण २०१५-१०-०८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]