वरेङ गाउँपालिका
वरेङ
Wareng | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | बागलुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | कृष्णप्रसाद शर्मा (राष्ट्रिय जनमोर्चा) |
• उपाध्यक्ष | दिलमाया पुन (राष्ट्रिय जनमोर्चा) |
• कार्यकारी | तमबहादुर खत्री |
क्षेत्रफल | |
• जम्मा | ७५.२८ किमी२ (२९.०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,४९२ |
• घनत्व | १९०/किमी२ (५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६८ |
केन्द्र | साविकको हुग्दीशिर गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका धुल्लुवास्कोट, हुग्दीशिर, सल्यान, बाटाकाचौर र सुखौरा गाउँ विकास समितिहरूलाई समेटेर वरेङ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या १४,४९२ रहेको छ । यसको क्षेत्रफल ७५.२८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हुग्दीशिर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्ला उत्तरमा गल्कोट नगरपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।[२][३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।