सामग्रीमा जानुहोस्

ताराखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिका बागलुङ जिल्ला-को अवस्थिति
ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिका नेपाल-को अवस्थिति
ताराखोला गाउँपालिका
निर्देशाङ्क: २८°१६′४३″ उत्तर ८३°२६′४२″ पूर्व / २८.२७८५३२° उत्तर ८३.४४४९३४° पूर्व / 28.278532; 83.444934
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधनबहादुर विक (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षभीमबहादुर रोका (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२९.५३ किमी२ (५०.०१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,१२०
 • घनत्व७८/किमी२ (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक अर्गल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ताराखोला गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अमरभूमि, अर्गल, हिल र तारा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ताराखोला गाउँपालिकाको कुल जनसङ्ख्या १०,१२० रहेको छ भने यहाँ २,६११ घरधुरी रहेका छन्।[२]

ताराखोला गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१अमरभूमि१,८८७२०.२२९३.३२
२अर्गल२,१०६१९.५९१०७.५०
३हिल२,०४३२२.०५९२.६५
४तारा (३-५, ९)१,४३८२५.९५५५.४१
५तारा (१, २, ६-८)२,६४६४१.७३६३.४१
जम्मा१०,१२०१२९.५२७८.१३

भौगोलिक अवस्थिति

[सम्पादन]

यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा ढोरपाटन, गल्कोट नगरपालिका र वडिगाड गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा गल्कोट नगरपालिकासम्म फैलिएको छ।[३][४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]