काठेखोला गाउँपालिका
काठेखोला
Kathekhola | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | बागलुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | अमरबहादुर थापा (एमाले) |
• उपाध्यक्ष | अर्जुन बहादुर खत्री (राष्ट्रिय जनमोर्चा) |
• कार्यकारी | चुर्ण बहादुर कार्की |
क्षेत्रफल | |
• जम्मा | ८२.८८ किमी२ (३२�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६०८२ |
• घनत्व | ३१०/किमी२ (८२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६८ |
केन्द्र | अक्षेते सुलडाँडा |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका पालाको (१-५) वडा, सिँगानाको वडा नं. ६, भिमपोखरा, धम्जा, तमान, बिहुँकोट, रेश र लेखानी गाउँ विकास समितिहरूलाई समेटेर काठेखोला गाउँपालिका बनाइएको हो ।[१] यसको कूल जनसङ्ख्या २२,८६५ रहेको छ । यसको क्षेत्रफल ८२.८८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बिहुँकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बागलुङ नगरपालिका, पश्चिममा ताराखोला गाउँपालिका र गल्कोट नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा गल्कोट नगरपालिका र जैमिनी नगरपालिकासम्म फैलिएको छ ।[२][३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।