सामग्रीमा जानुहोस्

ढोरपाटन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिका बागलुङ जिल्ला-को अवस्थिति
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिका गण्डकी प्रदेश-को अवस्थिति
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिका नेपाल-को अवस्थिति
ढोरपाटन नगरपालिका
निर्देशाङ्क: २८°२१′ उत्तर ८३°०९′ पूर्व / २८.३५° उत्तर ८३.१५° पूर्व / 28.35; 83.15
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखदेवकुमार नेपाली (नेकपा (एमाले))
 • उपप्रमुखधनबहादुर कायत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२२२.८५ किमी२ (८६.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,०६८
 • घनत्व१३०/किमी२ (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक बुर्तिबाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ढोरपाटन नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बुर्तिवाङ, खुँगा, अधिकारीचौर र बोवाङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ढोरपाटन नगरपालिकाको कुल जनसङ्ख्या ३०,०६८ रहेको छ भने यहाँ ७,४८५ घरधुरी रहेका छन्।[२]

ढोरपाटन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१बुर्तिबाङ (१)५,८६८३.१५१८६२.८६
२बुर्तिबाङ (२–५)३,७९८१६.३८२३१.८७
३बुर्तिबाङ (६–९)२,४८०१३.४४१८४.५२
४खुँगा३,९७७४९.२७८०.७२
५अधिकारीचौर (१–२, ७–९)२,९७७२१.३२१३९.६३
६अधिकारीचौर (३–६)३,५४५६५.७४५३.९२
७बोवाङ (१–३)२,२२३९.२२४१.६३
८बोवाङ (४–६)१,५९२४.३३७०.२३
९बोवाङ (७–९)३,६०८४०.०५९०.०९
जम्मा३०,०६८२२२.८५१३४.९२

भौगोलिक अवस्थिति

[सम्पादन]

यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा तमानखोला गाउँपालिका र म्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन शिकार आरक्ष र निसीखोला गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा वडिगाड र निसीखोला गाउँपालिकासम्म फैलिएको छ।[३][४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]