बुर्तिबाङ
बुर्तिबाङ | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°२५′४८″उ ८३°७′१२″पू / 28.43000°N 83.12000°E | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | बागलुङ जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ३२.९७ किमी२ (१२.७३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,११७ |
• घनत्व | २५०/किमी२ (६४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
बुर्तिबाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८७७१ रहेको थियो जसमध्ये २९७६ पुरुष र ४७९५ महिला रहेका थिए भने यहाँ १९९८ घरधुरी रहेको थियो।[१]
यसको साविकको १ नम्बर वडा ढोरपाटन नगरपालिकाको वडा नम्बर १ हो भने २-५ वडाहरू नम्बर २ र ६-९ वडाहरू वडा नम्बर ३ हो।
गण्डकी प्रदेश बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका केन्द्रको रूपमा रहेको छ। बुर्तिबाङ निसि, भुजी र तमान खोलाको संगम स्थल सङ्गै वडिगाड खोलाको उद्गम स्थल पनि बुर्तिबाङ हो। वडिगाड खोलाको किनार, धौलागिरी हिमालको छाया र ढोरपाटनको काखमा अबस्थी ग्रामिण शहर बुर्तिबाङसुन्दर र रमणीय छ। नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र अति नै महत्त्व बोकेको धार्मिक स्थल उत्तारगंगाको प्रवेशद्वार बुर्तिबाङ, मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तरगत नेपाल सरकारले अगाडि सारेको नयाँ शहर विकास आयोजनाको १० शहरहरु मध्य बुर्तिबाङ पनि एक हो। मध्य पहाडी लोकमार्ग र ढोरपाटन -सालझन्डी -लुम्बिनी जस्ता राजमार्ग तथा राष्ट्रिय सडक सञ्जालले छोएको बुर्तिबाङ उदाउँदो ग्रामीण शहर र ब्यापारिक हबका रूपमा विकास भैरहेको छ। बुर्तिबाङ भगवती मन्दिर यहाको प्रमुख धार्मिक स्थल हो भने अन्य पर्यटकीय र धार्मिक स्थानहरूमा बुर्तिबाङ नजिकै पर्ने अर्नाकोट बराह मन्दिर तथा अर्नाकोट, नरसिंहकोट नगरपालिका भित्रै पने ढोरबराह मन्दिर, उत्तरगंगा, नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र ढोरपाटनमा रहेका स-साना हिमशिखरहरु यो क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।