पालाकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:पालाकोट दरवार.png
पालाकोट दरवार रहेको स्थान अहिले दरवार भग्नावशेषमाथि मन्दिर निमार्ण गरिएको छ।

पालाकोट[सम्पादन गर्नुहोस्]

पालाकोट हाल रुकुम जिललाको पिपल गा बि स लागिम(अहिले ६ न. प्रदेशको बाँफिकोट गाउँपालिकाको पालाकोट वडापालिका नामकरण भएको छ) भन्ने ठाँउमा पर्दछ । उक्त ठाँउमा रुकुमकोटबाट राज्य अंश भाग मागी राजा नरसिंग मल्लले पहिलो पटक पालाकोटमा आइ राज गरेको किम्बदन्ती छ। सुरुमा पोखरा गाविसको पाँगा भन्ने ठाँउमा आइ बसेपनि विभिन्न सुविधा र कठिनाइका कारण हालको लागिमको माइकाथान भन्ने स्थानमा आइ बसेका थिए । पछि बहादुर शाहको नेपाल एकिकरण पश्चात पालाकोट विशाल नेपालमा गाभिन पुग्यो ।

पालाकोट नामाकरण[सम्पादन गर्नुहोस्]

हालको लागिमको माइकाथान भन्ने स्थानमा राजा नरसिंग मल्लले दरबार बनाएकै स्थानमा रहेको जमिनको आकृति पाला आकारको भएकोले राजाले स्वच्छिक नाम पालाकोट नाम रहेको किम्बदन्ती छ ।

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

रुकुम जिल्लको मध्यभाग तथा सदरमुकामबाट करिब ९ किलोमीटर उत्तरपुर्व तथा रुकुमकोट देखि ५ किलोमीटर पश्चिम क्षेत्रमा अवस्थीत हाल पीपल गाविस वडा नं.१र२ लागिम भन्ने गाँउमा पर्दछ। पुर्वमा पोखरा गाविस,रेवत खोला ,पश्चिममा पुमाखोला,जिपु पीपल गाविसकै ३ र ४ वडा,दक्षिणमा सानिभेरी नदी तथा स्यालपाखा गाविस र उत्तरमा स्यालाखदी,प्वाँङ्ग र सिस्नेहिमाल,करिव ७००मीटर देखि३००० मीटर सम्म फैलियको छ । यस क्षेत्रको बस्ती भन्दा धेरै जंगल,अग्ला अग्ला पहाड पर्वत,चुचरा आदि छन । सिस्ने हिमालको काखमा अवस्थित डल्सीङ्गे लेक जिल्लकै अग्लो स्थान मध्यको एक हो जहाँबाट दाङ्ग,नेपालगञ्ज,वुटवल,पोखरा,बाग्लुङ्ग लगाएतका स्थानहरु देख्न सकिन्छ । यसै ठाँउमा पालाकोटका राजाको सिकार तथा भ्रमणको मुख्य क्षेत्र हो । सिकारको लागि मृग,बाघ,भालु,बन्यौेल,कालीज,डाँफे लगाएतका जनाबरहरु तथा पंक्षीहरु पाइन्छन । जहाँ माथिल्लो पुमा नामको अति सुन्दर रमणिय फाँट छ,यो पुमाखोलाको मुहान पनि भनिन्छ यहाँबाट पुमाखोलाको उत्पती भएर बग्छ । यसैको नामबाट पुमाखोला नामाकरण रहन गएको हो । भिरालो जमिन भएकै कारण उत्तर तिर वस्ती बस्न सकेको छैन । केहि गोठालो हरूको गोठ बाहेक सबै जंगल क्षेत्र भएकोले पर्यटकीय दृष्टिकोणले महत्त्वपुर्ण गन्तव्य स्थल मानिन्छ । माथिल्लो पुमामा फाँट भएपनि भौगोलीक विकटताका कारण वस्ती वसाउन सकिएको छैन,मेलचौरको भाग देखि दानिपीपल सम्मको दक्षिणको भाग सिंचाइयोग्य जमिन छ भने बाँँकी सवै भुभाग पाखो बारी छ जहाँ सिंचाइको संभाबना हुदाहुदै पनि सिंचाइ पुग्न सकेको छैन । २०४५ सालमा तात्कालिन राजा विरेन्द्र शाहले पुमाखोला जलविधत तथा सिंचाइ आयोजना गरी काम सुरु गरेका थिए ,करिब ७० प्रतिशत काम सम्पन्न भै सकेको छ ,देशको बदलिदो राजनिती अवस्थाले गर्दा बहुदल पश्चात यो काम राकियो पछि जनयुद्घ सुरु भयो,अव त यो योजनाको सम्भावना झन पर सर्‍यो २०५८ सालमा राजा विरेन्द्रको दरवारहत्याकाण्ड संगै राजाको योजना अधुरै रहृयो राजा मरे जसरि यो योजना र पालकोटका जनताको सपना पनि शहिद बन्न पुग्यो । आज हामी राजाको चिनो भनेर सम्झन्छौ यो योजनालाइ,त्यसपछिको जुन सरकार आएपनि यो योजनाको वास्ता भएको छैन ।

वस्तुगत अवस्था[सम्पादन गर्नुहोस्]

हाल सम्म विकासको नाममा के के भएको छ त पालाकोटमा भनेर कसैले सोध्यो भने लाजमर्दो अवस्था छ । अहिले सम्म एक ओटा निमावि,एक प्रावि,३ मन्दिर-जिर्ण एक बाटो,नभ भिजन सहकारी,एक विधुत पावरहाउस-गाँउकै लगानी र प्रयासमा निर्माण गरेको र खेलकूद मैदान निर्माण हुदै छ ३०० घरधुरी र खानेपानी,१ बाख्रापालन समुह मौरीपालन,३ ओटा सामुदाइक बन र अन्य सहकारी समुहहरू रहेका छन।

धार्मिक,साँस्कृतिक तथा पर्यटकिय सम्भावना र अवस्था[सम्पादन गर्नुहोस्]

पालाकोट एक आफैमा एैतिहसिक स्थल भएकोले यो स्थल आफैमा पर्यटकिय गन्तव्य हो । जहाँ पश्चिमा स्यार्पु ताल,पुर्वमा कमल दह,देउराली गुफा,तातोपानीर उत्तरमा सिस्नेहिमालको केन्द्रविन्दु भएकोले यो क्षेत्र अति महत्त्वपुर्ण र छ । हाल सिस्ने हिमाल चढ्ने हिमाल आरोहिहरुका लागि छोटो र सटिक बाटो यहि पालाकोट हुँदै जान सकिन्छ भनेर र्सर्वे भएको छ । पालाकोटको सिरानको डाँडा तासुकाँडा भन्ने ठाउमा एउटा मन्दिर रहेको छ। पौरानिक कालमा र्स्वर्गद्वारि प्रभु देवि-हाल प्युठान र्स्वर्गद्वारि)कि माहिली बहिनी मुसीकोटको डिक्रेशाहिकुमारीमा र कान्छी बहिनी यहि पालकोटको तासुकाँडा भन्ने ठाँउमा आइ तपस्या गरेको भन्ने किम्बदन्ति छ । यसको एउटा छुट्टै धार्मिक महत्त्व पनि छ । जहाँ पुसमाघको जाडो समायमा मेला लाग्ने गर्दछ ,उक्त मेलाको पनि फरक विशेष्ता छ यो मन्दिरमा पुजाआजा गर्न आउने भक्तालुहरूले रातभरि आगोको अगुल्ठोले अँधेरो भागतिर हिर्काउन चलन छ । जसको अर्थ हो अँधेरो कालो मैलो हटाउनु, वा अँधेरोलाइ हिर्काएपछि मनभित्रको कालो मैलो डर त्रास विहिन सफा मन हुन्छ,अन्धाकारलाइ सराप्नु भन्दा एक्लै भएपनि उज्यालो फैलाउने कोसिस गर्नु भन्ने हुन्छ । जब विहान हुन्छ युवयुवतीहरु जम्मा भएर सिस्नोले हानाहान खेलिन्छ र मनोरञ्जन गर्ने चलन छ ।

भाइटिकाको ५ दिन पछि पालाकोटकै मेलचौर भन्ने स्थानमा भव्य मेला लाग्ने गर्दछ । यो मेलाको पनि वेग्लै स्थान र विशेष्ता छ । मेलचौर मेला लाग्ने नजिकै एउटा मन्दिर छ -जिर्ण मन्दिरमा अरु मन्दिरमा जस्तै पुजारि भने हुदैन किनकी यसको छुट्टै इतिहास छ ,यहाँ जो पुजा गर्न जान्छ त्यो व्यक्ति नै पुजारि हो , संसारमा यस्तो मन्दिर छैन जो आफू स्वतन्त्र होस यहाँ कसैको कर र बाध्यता छैन सम्पुर्ण अधिकार आफैमा छ, दमाइ कामी, बादी गायन जो गएपनि आफै पुजारि भएर मन्दिरको पुजा गरिन्छ । यस्तो किसीमको विशेष्ता भएको मन्दिर संसारमा यो बाहेक अर्को भेटाउनुहुने छैन । किनकी इतिहासमा राजा नरसिंह मल्लका पुत्र बहादुर मल्लले गाइले धान खाएको विषयमा (हाल जिपु) धमलाकि छोरि साउनीमाला र लाटिमाला नामकि दुइ युवतीलाइ सजाय स्वरुप कपडा खोलेर बाजा बजाएर पालाकोट राज्यका सारा जनाता माँझ नाङ्गै घुमाएकोले पिडा सहन नसकि विष खाएर आत्महत्या गरे,त्यसको पाँचौ दिनमा राजा सिकारबाट घर र्फकदा उनका सवै परिवारको लास भएको भेटाए , यस्तो घटना कसरि भयो भन्ने सवालमा रहस्यमय भयो राजाले छानविनको लागि तथा दैविक शक्ति अध्ययनको लागि रुकुमकोटबाट बाहुन बोलाएर हेर्न लगाए ,बाहुनले लाटिमाला र साहुनीमाला रिसाएर यस्तो घटना घटेको यसको लागि राजाले माफि स्वरुप उनीहरूको सालिक वनाइ राजकिय सम्मान दिनुपर्ने हरेक वर्षपुजा तथा मेला लगाउनु पर्ने नत्र ‌‌‍‍‍‍......जस्ता सल्लाह दिएपछि राजाले सोहिअनुरुप यो मन्दिरमा जो माफी माग्न लायक छन तथा सम्मान गर्न चाहान्छन ती सवैले जतिवेला पनि जहिले पनि पुजा गर्न सक्छन भनि पुजारि विहिन मन्दिर वनाएका थिए १, त्यो भन्दा पहिले उक्त स्थानमा बुध्दमष्टका एक ऋषि आई होमजग्य गरि त्यो पवित्र स्थानलाई चोखिनिति गरेको भन्ने भनाई छ बुध्द मष्ट एक मष्टकै भाइ हुन उनको धर्म बुध्द धर्म संग मिल्दोजुल्दो थियो तेसैले यो पुण्य भुमिमा बलि दिने वा रगत देखाउन समेत पाईदैन। त्यसै दिन देखि स्वतन्त्र मन्दिर बन्न गयो अनि आज सम्म त्यहाका दलित हरूले समेत हामीले पनि बाजा बजाउदै गाँउभरि घुमाएर गल्ती गर्‍यौ भनेर मेलाकैदिन सवै बाजाहरु मन्दिरमा चढाएर पुजा गर्ने माफी माग्ने र मलाइ रक्षा गर भनि फुल पाथी समाएर हात जोडि पुजा गरिन्छ । यस्तो स्वतन्त्र मन्दिर छ त केवल यो मात्र छ संसारमा कतै गएर पनि हामी यस्तो मन्दिर खोजेर पनि पाउन सकिदैन । तर प्रचारप्रसारको कमीका काराण यो मन्दिरले चर्चा पाउन सकेको छैन । दलितहरूको पुजा गर्न पाउने कुराको आन्दोलन चर्किरहेको बेला यो मन्दिर अपबादको रूपमा खडा छ र इतिहसमा साँछी बनेर बसेको छ । यदि कसैले विभेदको सृजना मल्ल राजाले गरे भनेर आरोप लगाउछ भने यो मन्दिर मल्ल इतिहासकै साँछी र प्रमाण हो । राजनितिक,सामाजिक तथा आर्थिक अवस्थाः प्राकृतिक दृष्टिकोणले गाविसकै धनी छ भने राजनीतिक आर्थिक र शैक्षिक दृष्टिकोणले भने पालाकोट खुम्चीनुपर्ने अवस्था छ । प्रयाप्त प्राकृतिक श्रोत साधन हुँदा हुँदै पनि राज्यको वेवास्ताका कारण वा फितलो कार्यान्वयनका कारणले गर्दा यसको विकास हुन सकेको छैन । समाजको गलत धारणा तथा गलत दृष्टिकोणकै कारण पालाकोटको इतिहास मेटिदै छ । यसको संरक्षण तथा विकास गर्न राज्यको एक सुक्का पनि लगानी भएको छैन । राजाको दरबार भएको स्थानमा वल्ल वल्ल स्थानिय हरूको पहलमा जिर्ण मन्दिरको पुर्ण निर्माण भएको छ । दरबार रहेको स्थान अहिले स्वार्थि मानिस हरूले कुरुप बनाइदिएका छन । जसको संरक्षण गर्ने पक्षमा कोहि पनि अग्रसर देखिएको छैन । इतिहास राज्यका अमुल्य सम्पति हुन ,गहना हुन यो राज्यलाइ राम्रो ज्ञान छ तर यसको संरक्षण र प्रचार प्रसार गर्नमा किन हिचकिचाउछ.....?

                         आर्थिक श्रोतको रूपमा जंगल मुख्य श्रोत हो जहाँबाट घाँस, दाउरा, स्याउला, काठ तथा जडिबुटीको मुख्य श्रोत हो । अर्को महत्त्वपुर्ण कुरा चिउरी Diploknema butyracea को जंगल प्रशस्तै भएकोले मौरी महको र बनस्पति घ्युको मुख्य आर्थिक श्रोत बनेको छ । भख्खरै मात्र -२०७२ मा) ११०किलो वाट को विधुत दिपेन्द्र बहादुर मल्ल(तत्कालीन नबभिजन सहकारि संस्थाका अध्यक्ष) पहल तथा स्थानियहरुकै लगानिमा निर्माण भएको छ यो पनि आर्थिक श्रोतको रूपमा विकास भएको छ । यहाँको राजनीतिक अवस्था भने दयनिय अवस्था छ,राज्यको प्रत्यक्ष पहुच पुगैकै छैन,नत यहाँको प्रतिनिधिलाइ अगाडि सारिएको छ । सरकारि कर्मचारिको हकमा यो गाँउ सुन्य जस्तै छ । सदरमुकाममा विकासका योजनाहरूको प्रताव गर्न जाँदा त्यो त भैसी गोठालाहरूको अस्थायी गोठको सुचीमा भएकोले विकासका कुनै योजना नमिल्ने र नबाएको भनेर ब्याङ्गयात्मक उत्तर पाइयो । यो राज्यको गम्भीर कम्जोरि हो । विकासका अत्यावस्यक आधारहरु जस्तै स्वस्थ्य,शिक्षा,रोजगार,सञ्चार जस्ता आधुनिक जिवनशैलि भन्दा पर छ पालाकोट । स्वास्थ्यचौकि र उच्चशिक्षा हासील गर्नलाइ करिब १,२ घण्टाको पैदल यात्रा गरेपछि मात्र पुगिन्छ । 

यहाँको सामाजिक अवस्था भने सुदृढ छ ,सारा वस्ती परम्परागत जिवन शैलीमा मिलेर बसेको छ,अनुशाषित छ, यहाँका मानिसहरु आन्तरिक विकासमा भने एकजुट छन । सामाजिक दायित्व जस्तै जन्म मृत्यु विवाह पुजा पाठ तथा सामुहिक काममा अग्रसर छ । समाजमा बसेपछि अैचो पैचो गरेर जिवन निर्वाह गर्न अरुलाइ परेका वेला सहयोग गर्न सवैजना लागिपर्नु पालाकोटको अर्को विशेषता हो ।

हस्त बहादुर मल्ल म जन्मेको ठाउँ
म हुर्केको गाउँ ।
रुकुम जिल्लामा पर्छ पालाकोट गाउँ।
सम्झाइ रहन्छ सधैं भरी त्यो प्यारो ठाउँ।।
बिहानी पख लुइछे कालीज नाच्छन पाखामा।
गाउँछन् गित लगाइ मित्र सुरीलो भाषामा ।।
दानी पिपल लागिम खेत खोली खेत सम्म।
धानको फाँट रमीत हेर्छिन माइदेवी डम्म।।
पुर्व पाङ्गा पोखरा पश्चिम जिपु उत्तर रानीवन।
दक्षिणतिर सानीभेरी सलल बग्छिन छोइ मन।।
यहि गाउँमा पुमा खोली मिठो गित गाउँछिन।
पहाडदेखि बग्दै सानीभेरी दानीपिपल आउँछिन्।।
लागिमखेत दानीचौर खोलीखेत धानले झुलेकी।
वर्ष भरीका सपना सारा त्यसैमा भुलेकी।।
भेरी खोला गाउँदा गित डोप्टेखोला सारङ्गी।
खेतबारीमा दुबै मीली भर्ने गर्छन् नौरङ्गि।।
हरियो वन गाउँलेको मन सितल्ता छाएको।
बाह्रै महिना दाउरा र घाँसमा पिरती लाएको।।
अन्न बालीको खानी छ तासुकाँडा बस्ती।
उकालीओराली खेती किसान हाम्रै हो मस्ती।।
धान गहुँ मकै फल्ने राम्रो रमाइलो यो ठाँउ ।
बयान गरी साध्यै छैन यो पालाकोटको गाउँ।।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]