सामग्रीमा जानुहोस्

भकुण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भकुण्डे
पूर्व गाविस
भकुण्डे मा पर्दछ गण्डकी प्रदेश
भकुण्डे
नेपालको नक्सामा भकुण्डेको अवस्थिति
भकुण्डे मा पर्दछ नेपाल
भकुण्डे
भकुण्डे (नेपाल)
निर्देशाङ्क: २८°२५′४८″उ ८३°७′१२″पू / 28.43000°N 83.12000°E / 28.43000; 83.12000
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
क्षेत्रफल
  जम्मा१०.७८ किमी (४.१६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३,४८३
  घनत्व३२०/किमी (८४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भकुण्डे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३४८३ रहेको थियो जसमध्ये १५२० पुरुष र १९६३ महिला रहेका थिए भने यहाँ ८६७ घरधुरी रहेको थियो।[] यो हाल बागलुङ नगरपालिकामा पर्दछ।

यो बागलुङ नगरपालिकाको वडा नम्बर १० हो।

सदरमुकाम बाग्लुङ बजारबाट करिब ४ कोसको दुरिमा अवस्थित एक गाउँ विकास समितीको नाम हो भकुण्डे। बाग्लुङ बजारबाट दक्षिण तिर फर्केर हेर्दा झट्ट देखिन्छ यो गाउ विकास समिती। यो गाउँ विकास समितीको पुर्बमा बलेवा पश्चिममा तित्याङ उत्तरमा कालिगण्डकि र बाग्लुङ नगर पालिका दक्षिणमा रायडाँडा अवस्थित छन्। यो गाउँ विकास समिती सानो भएपनि घना बस्तीले सजिएको छ। यहाँ बिधिध जात जाति, धर्म तथा पेशाका मान्छेहरूको बसोबास रहेको छ।मुख्य गरी मगर,बाहुन,क्षेत्रि,ठकुरि,कामि(विश्व कर्मा),दमाई र सार्की जातको बसोबास छ। कृषिको क्षेत्रमा हेर्दा यहाँ अमिला जातका फलफुल प्रसस्त मात्रामा पाइन्छ भने आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेति गर्ने गरिन्छ। यो क्षेत्र माहुरि पालन, भेडा-बाख्रा, गाइ-बस्तु, हाँस-कुखुरा आदि पशु-पन्छिको लागिपनि उपयुक्त मानिन्छ। पर्यतकिय सम्भावना बोकेको यो गाँउबाट चारवटा ठूला हिमश्रिङ्खला देख्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग