बलेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


धौलागिरी हिमालको काखमा अवस्थित बाग्लुङ जिल्ला र त्यसको दक्षिण पार्श्वमा रहेको बलेवा क्षेत्र भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक इत्यादि सबै दृष्‍टिबाट महत्त्वपूर्ण मानिन्छ। भौगोलिक दृष्‍टिले विचार गर्दा बाग्लुङ सदरमुकामको दक्षिण-पार्श्व, पर्वत जिल्ला र कृष्णगन्डकीको पश्चिमोत्तर दिशामा अवस्थित यो क्षेत्र नाङ्गा आँखाले दृष्‍टिपात गर्दा जति सुरम्य र आकर्षक देखिन्छ, यसको महत्त्व अन्य दृष्‍टिबाट समेत रहेको पाइन्छ।kusma balewa yantrik pul has made life easier to balewali people as it takes only 4 minutes to balewa from kusma.

परिचय[सम्पादन गर्नुहोस्]

पहिला उत्तर कांठेखोलदेखि दक्षिण ठेउलेखोलासम्मको भू-भागलाई बलेवा मौजा भनिन्थ्यो भने २००८ सालमा अहिले ६ गबिसमा बिभाजित भएको एउटै "बलेवा ग्राम पञ्चायत्" भएको थियो। हाल यस क्षेत्रअन्तर्गत भकुन्डे, पैयुँपाटा, नारायणस्थान, अमलाचौर, कुश्मिशेरा र रायडाँडा गरी ६ गाबिस पर्दछन तापनि पैयुँपाटा, नारायणस्थान र अमलाचौरलाई नै 'बलेवा' भन्ने गरिन्छ। यो क्षेत्र ७०० बलेवाका नामले समेत प्रसिद्ध छ। यसको ऐतिहासिक सन्दर्भ आगामी अंकमा प्रस्तुत गरिनेछ। [१]

भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]

भौगोलिक दृष्‍टिले अत्यन्त सुगम, सुन्दर र पहाडी क्षेत्रको प्राय: समथर चौडा भूमिका रूपमा देख्न सकिने यो क्षेत्रको बलेवाचौरमा २०१७ सालबाट बिमानस्थलको निर्माण कार्य आरम्भ भई २०४८मा पोखरा बाग्लुङ मोटर बाटो निर्माण नहुँदासम्म निरन्तर बिमान सञ्चालन भईरहेको थियो। २०२२/०२३ सालमा बलेवा पाग्जाबाट टुनिबोटसम्मको मोटारबाटो निर्माण भएपनि यसमा मोटर गूड्ने कार्य भने हालै मात्र आरम्भ भएको छ।Kusma balewa yamtrt

शिक्षा[सम्पादन गर्नुहोस्]

शैक्षिक दृष्‍टिकोणबाट हेर्ने हो भने २००७/१०/१ गते बलेवा पैयुँपाटामा स्थापित संस्कृत पाठशाला २०१४मा प्रा बि, २०१७मा त्रिभुवन निमा बि, २०१९मा त्रिमा बि का रूपमा विकसितहुँदै आएकोमा २०४७मा यसकै कम्पाउन्डभित्र 'बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस'को स्थापना भएको र हाल उक्त क्याम्पसमा प्रमाणपत्र तह, दश जोड दुई (+२) र स्नातक तहका कक्षाहरू सन्चालित भईरहेका छन। हाल नारायणस्थान, अमलाचौर र कुश्मिशेरामा सन्चालित तिनवटा उच्चमा बि पनि क्रमश: जनता प्रा बि, पृथ्वी प्रा बि, र शान्ती प्रा बि का विकसित रूप हुन। शिक्षाको पर्याप्त सुविद्या प्राप्त भएको यस् क्षेत्रमा प्राय: घर घर मोटर बाटो पुग्ने क्रममा छ भने २०१९मा आयुर्वेद औषधालय र २०१७मा पैयुँपाटा शाहकारी हुलाक आइसकेका थिए।

समाज[सम्पादन गर्नुहोस्]

प्राय: ब्रम्हाण, छेत्री र मगर समुदायको बाहुल्य भएको यस् क्षेत्रमा हरिजन, परियार, गन्धर्ब, विश्वकर्मा र कतिपय मुस्लिम धर्मलम्बीहरू पनि रहेका पाइन्छन्। यसप्रकार धार्मिक सांस्कृतिक दृष्‍टिले विभिन्न जाती, धर्म र सम्प्रदायका मनिसहरूको बसोबास भएको बलेवा शैक्षिक र राजनीतिक दृष्‍टिबाट समेत जिल्ला भरी नै अग्रणी छ भन्न सकिन्छ। हालसम्म राष्ट्रिय स्तरका राजनीतिक नेता, बुद्धिजिबी, वकील, प्रध्यापक, ब्यापारी, कर्मचारी, र समाजसेबीहरूलाई जन्माउन सफल बाग्लुङ बलेवा उत्तरोत्तर प्रगतिपथमा लम्की रहेछ।

स्रोत[सम्पादन गर्नुहोस्]