नेपालको पूर्व प्रशासनिक विभाजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल अधिराज्यको समयमा नेपालका पूर्व प्रशासनिक एकाइहरू नेपालको प्रशासनिक विभाजनको रूपमा रहेका थिए। २०७२ असोज ३ गते नयाँ संविधान अङ्गीकृत भएपछि नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गरिएको थियो र पुराना प्रशासनिक एकाइहरूको कार्यान्वयन खारेज गरिएको थियो। [१]

यसअघि नेपाललाई ५ विकास क्षेत्र, १४ अञ्चल , ७५ जिल्ला, ५८ नगरपालिका (२०७१ अघि) र ३१५७ गाउँ विकास समितिमा विभाजन गरिएको थियो।[२][३][४][५]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्य नेपालको एकीकरणद्वारा वि.सं १८२४ मा स्थापना भएको थियो। [६]

वि.सं १८७०–७२ मा सुगौली सन्धि अघि नेपालको नियन्त्रणमा रहेका क्षेत्रहरूमा दक्षिण-पूर्वमा दार्जिलिङ, पूर्वमा सिक्किमको, दक्षिण–पश्चिममा नैनीताल र कुमाऊँ अधिराज्य र गढवाल अधिराज्य देखि पश्चिमसम्म फैलिएको थियो।[७]

वि.सं १८७०-१७ मा भएको सुगौली सन्धिको कार्यान्वयनले नेपाल हालको अवस्थामा फर्किएको थियो जहाँ नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। राजा राजेन्द्र विक्रम शाह र तात्कालिक प्रधानमन्त्री भीमसेन थापाको समयमा नेपाललाई १० जिल्लामा विभाजन गरिएको थियो।[८]

प्रधानमन्त्री वीर शमशेर जङ्गबहादुर राणाको पालामा (१८८५-१९०१) नेपाललाई ३२ जिल्लामा विभाजन गरिएको थियो भने डोटी, पाल्पा र धनकुटा ३ गौँडा थिए। त्यतिबेला पहाडी क्षेत्रमा २० जिल्ला र तराईमा १२ जिल्ला थिए।[८]


वीर शमशेर जङ्गबहादुर राणापछि वि.सं २००७ मा नेपालमा राणा शासनको अन्त्य र वि.सं २०१८ मा नेपाल अधिराज्यको नयाँ संविधान घोषणा नहुञ्जेलसम्म नेपाल ३२ जिल्लामा विभाजित रहेको थियो। प्रत्येक जिल्लाको सदरमुकाम थियो र बडा हकीम (जिल्ला प्रशासक) यसको प्रमुखको रूपमा रहेका थिए। २००७ देखि २०१८ सम्म ३२ जिल्लाको नाम देखाउने थुप्रै ऐन र संविधान पारित गरिएको थियो।[९][१०][११]

वि.सं २०१८ मा परम्परागत ३५ जिल्लालाई १४ अञ्चल र ७५ जिल्लामा पुनर्संरचना गरिएको थियो।[१२]


वि.सं. २०२९ सालमा चर्चित विद्वान स्वर्गीय डा. हर्क गुरुङको सहयोगमा स्वर्गीय राजा वीरेन्द्रले मुलुकका सबै क्षेत्रको सुमधुर विकासका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएका थिए। तत्पश्चात उनले वि.सं २०२८ मा नेपाललाई ४ वटा विकास क्षेत्रमा विभाजन गरेका थिए, जसलाई पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नामकरण गरिएको थिए।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्र आकारमा निकै ठूलो भएकाले वि.सं २०२७ मा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र बनाएर यसलाई थप विभाजन गरिएको थियो। मध्यपश्चिमाञ्चल विकास क्षेत्र कर्णाली, राप्ती र भेरी क्षेत्रबाट बनाइएको थियो। मुलुकमा सन्तुलित, प्रभावकारी र द्रुत विकासका कार्यक्रमहरू हासिल गर्ने उद्देश्यका साथ सो कार्य गरिएको थियो। [१३]

विकास क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

२०७२ असोज ३ सम्म, नेपाल पाँच विकास क्षेत्रमा विभाजित थियो। विकास क्षेत्र नेपालको प्रथम श्रेणीको प्रशासनिक एकाइ थियो। [१४]

नेपालका विकास क्षेत्रहरू
नेपालका विकास क्षेत्रहरू
क्र.सं. विकास क्षेत्र सदरमुकाम क्षेत्र (वर्ग किलोमिटर) जनसङ्ख्या (२०६८)
पूर्वाञ्चल विकास क्षेत्र धनकुटा २८,४५६ ५८,११,५५५
मध्यमाञ्चल विकास क्षेत्र काठमाडौँ २७,४१० ९६,५६,९८५
पश्चिमाञ्चल विकास क्षेत्र पोखरा २९,२९८ ४९,२६,७६५
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र वीरेन्द्रनगर ४२,३७८ ३५,४६,६८२
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र दिपायल १९,५३९ २५,५२,५१७
नेपाल काठमाडौँ १४७,१८१ २,६४,९४,५०४

अञ्चल[सम्पादन गर्नुहोस्]

पाँच विकास क्षेत्रमा विभाजित नेपालमा १४ अञ्चलहरू रहेका थिए। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र बाहेक नेपालका प्रत्येक विकास क्षेत्रमा ३ वटा अञ्चलहरू रहेका थिए भने सुदूरपश्चिमाञ्चलमा भने २ वटा अञ्चलहरू रहेका थिए।

नेपालका अञ्चलहरू
नेपालका अञ्चलहरू
क्र.सं विकास क्षेत्र अञ्चल सदरमुकाम क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या (२०६८)
पूर्वाञ्चल मेची अञ्चल इलाम ८,१९६ १४,२२,१८२
कोशी अञ्चल वीरेन्द्रनगर ९,६६९ २३,३५,०४७
सगरमाथा अञ्चल राजविराज १०,५९१ २०,५४,३२६
मध्यमाञ्चल जनकपुर अञ्चल जलेश्वर ९,६६९ २८,३७,४८१
बागमती अञ्चल काठमाडौँ ९,४२८ ३८,४३,५९६
नारायणी अञ्चल वीरगञ्ज ८,३१३ २९,७५,९०८
पश्चिमाञ्चल गण्डकी अञ्चल पोखरा १२,२७५ १५,४९,८५७
लुम्बिनी अञ्चल बुटवल ८,९७५ २८,३४,६१२
धौलागिरी अञ्चल बागलुङ ८,१४८ ५,४२,२९६
१० मध्य-पश्चिमाञ्चल राप्ती अञ्चल तुलसीपुर १०,४८१ १४,५६,२०२
११ कर्णाली अञ्चल चन्दननाथ २१,३५१ ३,८८,७३१
१२ भेरी अञ्चल नेपालगञ्ज १०,५४५ १७,०१,७६७
१२ सुदूर-पश्चिमाञ्चल सेती अञ्चल धनगढी १२,५५० १५,७५,००३
१४ महाकाली अञ्चल भीमदत्त ६,९८९ ९,७७,५१४
नेपाल १४ अञ्चल काठमाडौँ १४७,१८१ २६,४९४,५०४

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

वि.सं २०७२ साल भन्दा अगाडि नेपालमा ७५ वटा जिल्ला रहेका थिए। जिल्ला जिल्ला मिलेर अञ्चल बन्छन्। पूर्वी रुकुमनवलपुर थप भएपछि नेपालमा ७७ वटा जिल्ला भएको थियो। जिल्ला विकास समिति एक जिल्लाका सबै प्रशासनिक कार्यहरू गर्न स्थापित गरिएको थियो।

नेपालका अञ्चलहरू

जिल्लाहरूको सूची (अञ्चल अनुसार):

पूर्वाञ्चल विकास क्षेत्र[सम्पादन गर्नुहोस्]

मेची अञ्चल[सम्पादन गर्नुहोस्]

मेचीका जिल्लाहरू
तराई
झापा जिल्ला (चन्द्रगढी)
पहाड
इलाम जिल्ला (इलाम)
पाँचथर जिल्ला (फिदिम)
हिमाल
ताप्लेजुङ जिल्ला (फुङलिङ)

कोशी अञ्चल[सम्पादन गर्नुहोस्]

कोशीका जिल्ला
तराई
मोरङ जिल्ला (विराटनगर)
सुनसरी जिल्ला (इनरूवा)
पहाड
भोजपुर (भोजपुर)
धनकुटा जिल्ला (धनकुटा)
तेह्रथुम जिल्ला (म्याङ्लुङ)
हिमाल
सङ्खुवासभा जिल्ला (खाँदवारी)

सगरमाथा अञ्चल[सम्पादन गर्नुहोस्]

सगरमाथाका जिल्लाहरू
तराई
सप्तरी जिल्ला (राजविराज)
सिराहा जिल्ला (सिराहा)
तराई
उदयपुर जिल्ला (गाईघाट)
पहाड
खोटाङ जिल्ला (दिक्तेल)
ओखलढुङ्गा जिल्ला (ओखलढुङ्गा)
हिमाल
सोलुखुम्बु जिल्ला (सल्लेरी)

मध्यमाञ्चल विकास क्षेत्र[सम्पादन गर्नुहोस्]

जनकपुर अञ्चल[सम्पादन गर्नुहोस्]

जनकपुरका जिल्लाहरू
तराई
धनुषा जिल्ला (जनकपुर)
महोत्तरी जिल्ला (जलेश्वर)
सर्लाही जिल्ला (मलङ्गवा)
तराई
सिन्धुली जिल्ला (कमलामाई)
हिमाल
रामेछाप जिल्ला (मन्थली)
हिमनल
दोलखा जिल्ला (चरिकोट)

बागमती अञ्चल[सम्पादन गर्नुहोस्]

बागमतीका जिल्लाहरू
पहाड
भक्तपुर जिल्ला (भक्तपुर)
धादिङ जिल्ला (धादिङवेसी)
काठमाडौँ जिल्ला (काठमाडौँ)
काभ्रेपलान्चोक जिल्ला (धुलिखेल)
ललितपुर जिल्ला (ललितपुर)
नुवाकोट जिल्ला (विदुर)
हिमाल
रसुवा जिल्ला (धुन्चे)
सिन्धुपाल्चोक जिल्ला (चौतारा)

नारायणी अञ्चल[सम्पादन गर्नुहोस्]

नारायणीका जिल्लाहरू
तराई
बारा जिल्ला (कलैया)
पर्सा जिल्ला (वीरगञ्ज)
रौतहट जिल्ला (गौर)
तराई
चितवन जिल्ला (भरतपुर)
मकवानपुर जिल्ला (हेटौँडा)

पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्नुहोस्]

गण्डकी अञ्चल[सम्पादन गर्नुहोस्]

गण्डकीका जिल्लाहरू
हिमाल
गोरखा जिल्ला (गोरखम)
कास्की जिल्ला (पोखरा)
लमजुङ जिल्ला (वेसीसहर)
स्याङ्जा जिल्ला (पुतलीबजार)
तनहुँ जिल्ला (व्यास)
हिमाल
मनाङ जिल्ला (चामे)

लुम्बिनी अञ्चल[सम्पादन गर्नुहोस्]

लुम्बिनीका जिल्लाहरू
तराई
कपिलवस्तु जिल्ला (कपिलवस्तु)
नवलपरासी जिल्ला (परासी)
रुपन्देही जिल्ला (सिद्धार्थनगर)
हिमाल
अर्घाखाँची जिल्ला (सन्धिखर्क)
गुल्मी जिल्ला (तम्घास)
पाल्पा जिल्ला (तानसेन)

धौलागिरी अञ्चल[सम्पादन गर्नुहोस्]

धौलागिरीका जिल्लाहरू
पहाड
बाग्लुङ जिल्ला (बाग्लुङ)
म्याग्दी जिल्ला (बेनी)
पर्वत जिल्ला (कुस्मा)
हिमाल
मुस्ताङ जिल्ला (जोमसोम)

मध्य-पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्नुहोस्]

राप्ती अञ्चल[सम्पादन गर्नुहोस्]

राप्तीका जिल्लाहरू
तराई
दाङ जिल्ला (घोराही)
हिमाल
प्युठान जिल्ला (खलङ्गा)
रोल्पा जिल्ला (लिवाङ)
रुकुम जिल्ला (मुसिकोट)
सल्यान जिल्ला (खलङ्गा)

कर्णाली अञ्चल[सम्पादन गर्नुहोस्]

कर्णालीका जिल्लाहरू
हिमाल
डोल्पा जिल्ला (दुनै)
हुम्ला जिल्ला (सिमिकोट)
जुम्ला जिल्ला (चन्दननाथ)
कालिकोट जिल्ला (मान्मा)
मुगु जिल्ला (गमगढी)

भेरी अञ्चल[सम्पादन गर्नुहोस्]

भेरीका जिल्लाहरू
तराई
बाँके जिल्ला (नेपालगञ्ज)
बर्दिया जिल्ला (गुलरिया)
तराई
सुर्खेत जिल्ला (वीरेन्द्रनगर)
हिमाल
दैलेख जिल्ला (नारायण)
जाजरकोट जिल्ला (खलङ्गा)

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र[सम्पादन गर्नुहोस्]

सेती अञ्चल[सम्पादन गर्नुहोस्]

सेतीका जिल्लाहरू
तराई
कैलाली जिल्ला (धनगढी)
पहाड
अछाम जिल्ला (मङ्गलसेन)
डोटी जिल्ला (दिपायल)
हिमाल
बझाङ जिल्ला (चैनपुर)
बाजुरा जिल्ला (मार्तडी)

महाकाली अञ्चल[सम्पादन गर्नुहोस्]

महाकालीका जिल्लाहरू
तराई
कञ्चनपुर जिल्ला (भीमदत्त)
मित्री तराईहिमाल
डडेल्धुरा जिल्ला (अमरगढी)
हिमाल
बैतडी जिल्ला (दशरथचन्द)
हिमाल
दार्चुला जिल्ला (खलङ्गा)

नगरपालिकाहरू[सम्पादन गर्नुहोस्]

नगरपालिका सहरी क्षेत्रमा काम गर्ने प्रशासनिक एकाइ हो। २०७१ भन्दा अघि नेपालमा ५८ वटा मात्र नगरपालिकाहरू रहेका थिए। [१५]

गाउँ विकास समिति[सम्पादन गर्नुहोस्]

औपचारिक रुपमा गाउँ विकास समिति नेपालका गाउँहरूलाई व्यवस्थापन गरेका थिए। २०७२ असोज ३ गते जारी भएको नयाँ संविधान पछि ती विघटन भएका थिए र गाउँपालिका गठन भएका थिए।

नेपालको राष्ट्रिय गाउँ विकास समिति नेपालको ३९१५ गाविसको प्रतिनिधित्व र समर्थन प्रदान गर्ने छाता सङ्गठनको रूपमा वि.सं २०५२ मा स्थापना भएको थियो। आफ्नो उत्पत्तिको छोटो अवधिमा नै उक्त सङ्गठनले आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रूपमा स्थापित गरेको थियो। यसले गाविसहरूको एक प्रतिनिधि सङ्गठनको रूपमा आफूलाई स्थापित गरेक‍ छ र नेपालमा विकेन्द्रीकरण र लोकतान्त्रीकरण प्रक्रियाका लागि अग्रगामी साझेदार संस्थाको रूपमा आफूलाई स्थापित गरेको थियो।[१६] २०७४ सालमा गाविसलाई प्रतिस्थापन गर्दै गाउँपालिका अगाडि ल्याइएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालयहरू खारेज"सगरमाथा टिभी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१ 
  2. "Administratively Nepal is divided into 5 Regions, 14 Zones and 75 Districts. Population figure", digitallibrary.usc.edu, International Mission Photography Archive (IMPA), अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  3. "75 Districts 14 Zones and 5 Development Regions", www.weallnepali.com, अन्तिम पहुँच ३१ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ जनवरी २०१८ मिति
  4. "Village Development Committees (VDCs) in Nepal - list and details", www.weallnepali.com, अन्तिम पहुँच ३१ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१८ मिति
  5. "New Municipalities: A Decision Without Vision", nepaliheadlines.com, अन्तिम पहुँच ३१ जनवरी २०१८ 
  6. "TIMELINE: Milestones in political history of Nepal", www.reuters.com, २८ मे २००८, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..." "" 
  7. "Gorkhas Unrest in India and Their Nepal Connections", southasiajournal.net, १६ जुलाई २०१७, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१८ मिति
  8. ८.० ८.१ "संक्षिप्त परिचय" [Short Intro], ddcdhankuta.gov.np (Nepaliमा), नेपाल सरकार, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..."श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो।"" 
  9. "Government of Nepal Act 1948" 
  10. "ne:प्रशासकीय पुनर्गठन समिति (बुच कमिशन) को प्रतिवेदन, २००९" 
  11. "नेपालको जिल्ला प्रशासन पुनर्गठनको रिपोर्ट, २०१३" 
  12. "राजा महेन्द्र र गणतन्त्र नेपाल" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  13. "Where is Nepal?", www.expeditionsnepal.com, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २१ डिसेम्बर २०१६ मिति
  14. "Nepal population statistics", GeoHive.com, मूलबाट २०१५-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०६-०२ 
  15. "Municipalities and VDCs", www.geocities.ws/, अन्तिम पहुँच २८ मे २०१८ 
  16. "National Association of VDCs in Nepal", Navin.org.np, अन्तिम पहुँच २०१५-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


नेपालको झण्डा नेपालका अञ्चलहरू नेपालको झण्डा

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली