बेसीसहर नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेसीशहर नगरपालिका

Besishahar Municipality (अङ्ग्रेजीमा)
बेसीशहर नगरपालिकाको बिहानको दृश्य
बेसीशहर नगरपालिकाको बिहानको दृश्य
देश नेपाल
राज्यगण्डकी प्रदेश
जिल्लालमजुङ जिल्ला
स्थापना२०७१ जेष्ठ १
सरकार
 • मेयरगुमान सिंह अर्याल
 • उप मेयरलक्ष्मी अधिकारी
क्षेत्रफल
 • जम्मा४४.७ किमी (१७.३ वर्ग माइल)
उन्नतांश
७६० मिटर (२,४९० फिट)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
३३६००, ३३६०८(फलियासाँघु, उदीपुर)
क्षेत्रीय सङ्केत(हरू)०६६
वेबसाइटwww.besishaharmun.gov.np

बेसीशहर (अङ्ग्रेजी: Besishahar Municipality) नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एउटा नगरपालिका हो । यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो । बेसीशहर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१] यो नगरपालिका २०७१ बैशाख २५ गते घोषणा भई २०७१ जेष्ठ १ गतेबाट कार्यन्वयनमा आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बेसीशहर,उदीपुर,गाउँशहरचण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकामा १४ वटा ओडाहरू रहेका छन् र यस नगरपालिकामा विभिन्न जात जतिको बसोबास रहेको छ ।[२]

जनसङ्ख्या[सम्पादन गर्ने]

बेसीशहर,उदीपुर,गाउँशहरचण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । त्यसैले एघारौँ राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २६,६४०(१४,७१९ महिला र ११,९२१ पुरुष)रहेको यस नगरपालिकामा ७,२३८ घरधुरी रहेका छन् ।[३][४]

बेसीशहर नगरपालिकाको चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  2. "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ 
  3. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

naruwal