सामग्रीमा जानुहोस्

सुन्दरबजार नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दरबजार नगरपालिका
सुन्दरबजार नगरपालिका गण्डकी प्रदेश मा अवस्थित छ
सुन्दरबजार नगरपालिका
गण्डकी प्रदेशको नक्सामा सुन्दरबजार नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E / 28.5; 84.14
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखकृष्‍णप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)
  उपप्रमुखभवानी केसी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७२.०५ किमी (२७.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२७,०४३
  घनत्व३८०/किमी (९७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक सुन्दरबजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुन्दरबजार नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा लमजुङ जिल्लामा सुन्दरबजार, भोटेओडार, तार्कु, परेवाडाँडाकुन्छा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर सुन्दरबजार नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा चन्द्रेश्वर, दुराडाँडा, धुसेनीसिन्दुरे गाविसहरू यसमा गाभिएका थिए।[] सुन्दरबजार नगरपालिकाको केन्द्र भने साविकको सुन्दरबजार गाविसको भवन रहेको छ।[] लमजुङ जिल्लाको दोस्रो प्रमुख बजार सुन्दरबजारमा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको लमजुङ क्याम्पस रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुन्दरबजार नगरपालिकाको कुल जनसङ्ख्या २७,०४३ रहेको छ भने यहाँ ७,८२९ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार सुन्दरबजार नगरपालिकाको कुल जनसङ्ख्या २७,०४३ रहेको छ। यस नगरपालिकालाई ११ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

सुन्दरबजार नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कुन्छा१,४३८७.२३१९८.८९
परेवाडाँडा२,५८४१०.२२२५२.८४
चन्द्रेश्वर१,५७८८.४११८७.६३
दुराडाँडा१,५२२५.८४२६०.६२
तार्कु१,६६२९.५२१७४.५८
सुन्दरबजार (१-३,५-७)४,३३०४.६९९२३.२४
सुन्दरबजार (४,८-९)३,८६६३.२११,२०४.३६
भोटेओडार (१-७)१,६३७५.०५३२४.१६
भोटेओडार (८-९)६,४८६३.४२१,८९६.४९
१०धुसेनी९१६५.४३१६८.७०
११सिन्दुरे१,०२४९.०२११३.५३
जम्मा / औसत२७,०४३७२.०४३७५.३९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मंसिर २०७१
  4. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मङ्सिर २०७१, अन्तिम पहुँच १६ मङ्सिर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]