सामग्रीमा जानुहोस्

मध्यनेपाल नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्यनेपाल नगरपालिका
मध्यनेपाल नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
मध्यनेपाल नगरपालिका
गण्डकी प्रदेशको नक्सामा मध्यनेपाल नगरपालिकाको अवस्थिति
मध्यनेपाल नगरपालिका मा पर्दछ नेपाल
मध्यनेपाल नगरपालिका
मध्यनेपाल नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३०′N ८४°०८′E / 28.5°N 84.14°E / 28.5; 84.14
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखरमेशकुमार पाण्डे (नेपाली काङ्ग्रेस)
  उपप्रमुखसीता गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा११३.८६ किमी (४३.९६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,९७१
  घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
केन्द्रसाविक रम्घा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मध्यनेपाल नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपालसमीभञ्ज्याङ गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर मध्यनेपाल नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकका बाँग्रे, भोर्लेटार, इशानेश्वरकरापु गाविसहरू मिलेर बनेको करापुटार नगरपालिकानेटा गाविसलाई पनि यसमा गाभिएको थियो।[] मध्यनेपाल नगरपालिकाको केन्द्र रम्घा गाउँ विकास समितिको दुईपिपल बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मध्यनेपाल नगरपालिकाको कुल जनसङ्ख्या २१,९७१ रहेको छ भने यहाँ ६,४२७ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार मध्यनेपाल नगरपालिकाको कुल जनसङ्ख्या २१,९७१ रहेको छ। यस नगरपालिकालाई १० वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

मध्यनेपाल नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जिता१,६५६११.९८१३८.२३
तान्द्राङ टक्सार१,९९१८.८२२२५.७४
सूर्यपाल१,३७०६.९९१९५.९९
रम्घा४,१४७१२.६९३२६.७९
समीभञ्ज्याङ८६६६.३४१३६.५९
भोर्लेटार४,२७०१३.८०३०९.४२
इशानेश्वर३,३८४११.६७२९०.००
करापु१,६६५२२.६७७३.४४
बाँग्रे१,३७२१०.७६१२७.५१
१०नेटा१,२५०८.१४१५३.५६
जम्मा२१,९७१११३.८६१९२.९७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२
  4. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२
  5. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  6. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]