दूधपोखरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दूधपोखरी
दूधपोखरी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
दूधपोखरी गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लालमजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षछुपी माया गुरुङ (नेपाली काँग्रेस)
 • उपाध्यक्षकमल प्रसाद धिताल (नेपाली काँग्रेस)
 • कार्यकारीविष्णुकुमारी न्यौपाने
क्षेत्रफल
 • जम्मा१५३.३३ किमी (५९.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,९७५
 • घनत्व७२/किमी (१९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५२
केन्द्रसाविकको गौँडा गाविसको कार्यालय

दूधपोखरी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्कीगौँडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५३.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १०,९७५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिकागोरखा जिल्ला रहेका छन् ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]