सामग्रीमा जानुहोस्

जिल्ला समन्वय समिति (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जिल्ला समन्वय समितिबाट अनुप्रेषित)

नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी ७४४ स्थानीय तह (गाउँपालिका र नगरपालिका) पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वयन समितिले समन्वय र अनुगमन मात्र गर्ने छ ।[१] स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले सपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरू हुनेछ ।[२] जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ ।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, मूलबाट २०१७-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० फाल्गुन २०७३।
  2. ↑ "अब यसरी गठन हुन्छ जिल्ला समन्वय समिति", OnlineKhabar, २०७४ जेठ ७, अन्तिम पहुँच २०७४ जेठ ७।
  3. ↑ "जिल्ला समन्वय समितिको नेतृत्व उपसचिवले गर्ने", OnlineKhabar, २०७३ माघ १४, अन्तिम पहुँच २०७३ माघ १४।

यो पनि हेर्नुहोस्

[सम्पादन]