नेपालको मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय होर प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।[१]

स्थापना[सम्पादन गर्नुहोस्]

नेपालको संविधान अनुसार प्रधानमन्त्री नेपालको राष्ट्रपतिबाट नियुक्त भएका हुन्छ। नेपालको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले समावेशीकरणको सिद्धान्तका आधारमा सङ्घीय संसद्का सदस्य मध्येबाट पच्चीस जनाभन्दा बढी सदस्य नरहने गरि मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ।[२]

हटाइने आधार[सम्पादन गर्नुहोस्]

नेपालको संविधान अनुसार मन्त्रीले पद धारण गर्न छाड्छन् यदि:[३]

  • लिखित राजिनामा दिएमा,
  • प्रधानमन्त्रीले पदमुक्त गरिदिएमा,
  • प्रधानमन्त्रीको कार्यालय खाली भएमा,
  • मन्त्रिको निधन भएमा।

मन्त्रीहरू[सम्पादन गर्नुहोस्]

२९ असार २०७८ निम्नानुसार मन्त्रिपरिषद् गठन भएको थियो:

क्र.स. पद मन्त्रीहरू राजनीतिक दल पदभार ग्रहण पद छोडेको वेबसाइट
मन्त्रीहरू
नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा[४] नेपाली काङ्ग्रेस २९ असार २०७८ आधिकारिक वेबसाइट
गृह मन्त्री बालकृष्ण खाँड[५] नेपाली काङ्ग्रेस २९ असार २०७८ आधिकारिक वेबसाइट
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २९ असार २०७८ आधिकारिक वेबसाइट
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ जनता समाजवादी पार्टी, नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री विरोध खतिवडा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट
अर्थ मन्त्री जनार्दन शर्मा माओवादी केन्द्र २९ असार २०७८ आधिकारिक वेबसाइट
रक्षा मन्त्री मिनेन्द्रप्रसाद रिजाल नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
१० परराष्ट्र मन्त्री नारायण खड्का नेपाली काङ्ग्रेस ६ असोज २०७८ आधिकारिक वेबसाइट
११ भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादव जनता समाजवादी पार्टी २२ असोज २०७८ आधिकारिक वेबसाइट
१२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवाद २२ असोज २०७८ आधिकारिक वेबसाइट
१३ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली काङ्ग्रेस २९ असार २०७८ २२ असोज २०७८ आधिकारिक वेबसाइट
दिलेन्द्र प्रसाद बडू २२ असोज २०७८
१४ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट
१५ कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव जसपा नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
१६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
१७ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट
१८ सहरी विकास मन्त्री रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट
२९ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काङ्ग्रेस २२ असोज २०७८ २४ असोज २०७८ आधिकारिक वेबसाइट
२० वन तथा वातावरण मन्त्री रामसहाय यादव जसपा नेपाल २२ असोज २०७८ आधिकारिक वेबसाइट
२१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८ आधिकारिक वेबसाइट
२२ युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज नेकपा माओवादी केन्द्र २२ असोज २०७८ आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
२३ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काङ्ग्रेस २२ असोज २०७८ आधिकारिक वेबसाइट
२४ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री ३१ असार २०७८ २२ असोज २०७८ आधिकारिक वेबसाइट
भवानीप्रसाद खापुङ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी) २२ असोज २०७८
२५ शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव नेकपा माओवादी केन्द्र २२ असोज २०७९ आधिकारिक वेबसाइट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शेरबहादुर देउवा: राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ, चारजना मन्त्री नियुक्त" ((नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति १४ डिसेम्बर २०२१ 
  2. "नेपालको संविधान", कानुन आयोग, अन्तिम पहुँच ७ जुन २०१७ 
  3. http://www.lawcommission.gov.np/en/archives/971
  4. "देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी", सेतोपाटी, अन्तिम पहुँच २०२१-०७-१३ 
  5. "प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन"सगरमाथा टिभी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ जुलाई २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]