नेपालमा निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्वाचन निश्चित कार्यका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो। साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात् संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य निर्वाचन हो। विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन्। नेपालमा बालिग (१८ वर्ष उमेर पुगेका) मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था छ।

इतिहास[सम्पादन गर्नुहोस्]

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले वि.सं. २००४ जेठ ३ गते गराएका थिए।[१] यस अगाडि कुनै निर्वाचनको अनुभव नगरेको यस निर्वाचनमा महिला लाई मताधिकार थिएन। उपस्थित भएका पुरुष हरूले मत दिएर प्रतिनिधि छानिएको थियो। [२]

बालिग मताधिकारको आधारमा नेपालमा भएको पहिलो निर्वाचन . २०१५ फागुन ७ मा भएको आम निर्वाचन हो। [३][४][५] वि.सं. २००७ सालमा राणा शासन अन्त्य भएपछि वि.सं. २०१० भदौ १७ मा भएको काठमाडौ नगरपालिकाको निर्वाचनमा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका थिए।[२] सो निर्वाचनमा दुई तिहाई मत पाएर जनकमान श्रेष्ठ मेयर निर्वाचित भएका थिए।

वि.सं. २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ। बालिग मताधिकारको आधारमा नेपालमा हालसम्म निम्नानुसारका निर्वाचनहरू भएका छन्।उद्दरण त्रुटी: Closing </ref> missing for <ref> tag

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग नेपाल, २०७४, पृ: ८७१। 
  2. २.० २.१ "यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास", अनलाइन खबर, अन्तिम पहुँच ११ जुन २०१८ 
  3. मैनाली, गोपीनाथ, "लोकतन्त्र र निर्वाचन", गोरखापत्र, अन्तिम पहुँच ११ जुन २०१८ 
  4. "नेपालमा संसदीय ईतिहास", Parliament Watch Nepal, अन्तिम पहुँच ११ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१८ मिति
  5. नेपाल, जगत, पहिलो संसद बीपी–महेन्द्र टकराव 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]