कोशी प्रदेश सभा निर्वाचन, २०७४
| ||||||||||||||||||||||||||||
कोशी प्रदेश सभाको सम्पूर्ण ९३ सिट[१] बहुमतको लागि ४७ सिट[२] | ||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | २९,९३,६६९[३] | |||||||||||||||||||||||||||
कुल मतदान | २,०२०,४३५ | |||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||
|
कोशी प्रदेश सभा निर्वाचनको ९३ सदस्य चयनको लागि दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो।[७][८]यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत ३६ र समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत १५ सिट जितेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) सबैभन्दा ठूलो दल बनेको थियो। वि.सं. २०७४ फागुन २ गते यस प्रदेशको प्रदेश प्रमुख गोविन्द सुब्बाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।[९] राईले सोही दिन मुख्यमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए।[१०][११]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]आयोजन
[सम्पादन गर्नुहोस्]खर्च सीमा
[सम्पादन गर्नुहोस्]प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि ३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको थियो।[१२]
निर्वाचन कार्यक्रम
[सम्पादन गर्नुहोस्]वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको थियो।[१३]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन भएको थियो भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको थियो।[१४][१५]प्रदेश नं. १ को १४ जिल्लाहरू मध्ये पहिलो चरणमा ७ जिल्ला र दोस्रो चरण अन्तर्गत ७ जिल्लामा निर्वाचन सम्पन्न भएको थियो।
क्षेत्र | कुल निर्वाचन क्षेत्र | मतदान मिति र निर्वाचन क्षेत्रहरूको सङ्ख्या[१६] | ||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
|
| |||||||||
सोलुखुम्बु | २ | २ | - | |||||||
सङ्खुवासभा | २ | २ | - | |||||||
भोजपुर | २ | २ | - | |||||||
ताप्लेजुङ | २ | २ | - | |||||||
पाँचथर | २ | २ | - | |||||||
ओखलढुङ्गा | २ | २ | - | |||||||
खोटाङ | २ | २ | - | |||||||
धनकुटा | २ | - | २ | |||||||
तेह्रथुम | २ | - | २ | |||||||
इलाम | ४ | - | ४ | |||||||
उदयपुर | ४ | - | ४ | |||||||
सुनसरी | ८ | - | ८ | |||||||
झापा | १० | - | १० | |||||||
मोरङ | १२ | - | १२ | |||||||
निर्वाचन क्षेत्र | ५६ | १४ | ४२ | |||||||
सम्बन्धित चरण समाप्त हुँदा सम्म कुल निर्वाचन क्षेत्र |
१४ | ५६ |
निर्वाचन प्रणाली
[सम्पादन गर्नुहोस्]कोशी प्रदेश सभाका ९३ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ५६ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ३७ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[१७] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[१८]
नतिजाहरू
[सम्पादन गर्नुहोस्]राजनीतिक दल | प्रत्यक्ष | समानुपातिक | जम्मा | |||||
---|---|---|---|---|---|---|---|---|
मत | % | सिट | मत | % | सिट | |||
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) | ७२०,३३९ | ३७.३० | ३६ | ६७३,७०९ | ३८.७९ | १५ | ५१ | |
नेपाली कांग्रेस | ७३९,९३७ | ३८.३१ | ८ | ५८६,२४६ | ३३.७६ | १३ | २१ | |
नेकपा (माओवादी केन्द्र) | २५९,०२५ | १३.४१ | १० | २०६,७८१ | ११.९१ | ५ | १५ | |
सङ्घीय समाजवादी फोरम, नेपाल | ९१,७७१ | ४.७५ | १ | ७०,४७६ | ४.०६ | २ | ३ | |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ४,८६७ | ०.२५ | ० | ५७,३४२ | ३.३० | १ | १ | |
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | २२,४९३ | १.१६ | ० | २६,१२३ | १.५० | १ | १ | |
अन्य | ७८,७४८ | ४.०८ | ० | ११५,९४५ | ६.६८ | ० | ० | |
स्वतन्त्र | १४,२५७ | ०.७४ | १ | – | – | – | १ | |
अमान्य/बदर मत | ८८,९९८ | – | – | २७६,४०९ | – | – | – | |
जम्मा | २,०२०,४३५ | १०० | ५६ | २,०१३,०३१ | १०० | ३७ | ९३ | |
दर्तावाल मतदाता/मतदान | २,९९३,७७४ | ६७.४९ | – | २,९९३,७७४ | ६७.२४ | – | – | |
स्रोत: नेपाल निर्वाचन आयोग |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "माओवादी केन्द्रको प्रदेश १ को संसदीय दलको नेतामा टंक आङबुहाङ", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ बुढाथोकी, किशोर, "प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "काँग्रेसको प्रमुख सचेतकमा कार्की", पहिलो अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७।
- ↑ "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४।
- ↑ "शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, भोलि सपथ", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भाेलि सपथ ग्रहण", देशको न्युज (नेपालीमा), २०१८-०२-१४, अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७।[स्थायी मृत कडी]
- ↑ "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
- ↑ "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७।
- ↑ "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७।[स्थायी मृत कडी]
- ↑ "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४।
- ↑ Article 84 Constitution of Nepal
- ↑ Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "संसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।