केदार कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केदार कार्की
कोशी प्रदेशको मुख्यमन्त्री
पद बहाली
१५ अक्टोबर २०२३
राष्ट्रपतिरामचन्द्र पौडेल
राज्य प्रमुखपर्शुराम खापुङ
पूर्वाधिकारीहिक्मतकुमार कार्की
निर्वाचन क्षेत्रमोरङ ६ (ख)
व्यक्तिगत विवरण
जन्म (1974-12-22) २२ डिसेम्बर १९७४ (उमेर ४९)
विराटनगर महानगरपालिका, मोरङ
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

केदार कार्की एक नेपाली राजनीतिज्ञप्रदेश सभाका सदस्य हुन्।[१] कार्की १५ अक्टोबर २०२३ गतेदेखि कोशी प्रदेशको वर्तमान मुख्यमन्त्री हुन्। उनी मोरङ ६ (ख) बाट निर्वाचित कोशी प्रदेश सभा सदस्यको रूपमा पनि काम गरिरहेका छन्।[२]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

कार्कीले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी सङ्घको अध्यक्षका रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। नेपालको प्रादेशिक निर्वाचन २०७४ बाट पहिलो पटक प्रदेश सभा सदस्य निर्वाचित बने। कार्कीले प्रदेश सभाको पहिलो कार्यकालमा नेपाली कांग्रेसको प्रमुख सचेतकको रुपमा काम गरेका थिए। उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री समेत भइसकेका छन्।[३]

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

प्रदेश सभा निर्वाचन, २०७९[सम्पादन गर्नुहोस्]

मोरङ ६ (ख)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस केदार कार्की १०,४४८
नेकपा एमाले परशुराम बस्नेत ९,२६८
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेशकुमार मास्के २,१०३
परिणाम कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

मोरङ ६ (ख)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस केदार कार्की ११,२९८
नेकपा एमाले रमेशप्रसाद पोखरेल ८,१२०
सङ्घीय समाजवादी फोरम, नेपाल श्यामकुमार कामत ४,९२१
राष्ट्रिय प्रजातन्त्र पार्टी यदुवंश शाह हलुवाई १,२०३
अरू १,५९६
अवैध मतदान १,५३२
परिणाम कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रदेश सभा सदस्यहरू – प्रदेश सभा सचिवालय" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-३१ 
  2. Subedi, Binod, "NC’s Karki wins in Morang-6 (B)", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-१४ 
  3. "आन्तरिक मामिला तथा कानून मन्त्रालय", moial.p1.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३१