सामग्रीमा जानुहोस्

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस

निर्देशाङ्क: २६°२६′४४.४″ उत्तर ८७°१६′२५.७″ पूर्व / २६.४४५६६७° उत्तर ८७.२७३८०६° पूर्व
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Mahendra Morang Adarsh Multiple Campus
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
त्रिभुवन विश्वविद्यालयको लोगो
प्रकारपब्लिक सहशिक्षा
स्थापना१९५५ (वि.सं. २०१२)[१]
सम्बन्धनत्रिभुवन विश्वविद्यालय
PrincipalDr. Ramavatar Sharan
एकेडमिक कमचारीहरू
१६५
विद्यार्थीहरू३२३४[२]
Address,
भाषानेपाली, अङ्ग्रेजी
वेबसाइटwww.mmamc.edu.np

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (English:  Mahendra Morang Adarsh Multiple Campus) बिराटनगरमा स्थित त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । १९५५ मा स्थापित महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस, जिल्लामा त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आङ्गिक क्याम्पस हो ।[३] यस क्याम्पसमा १६५ शैक्षिक कर्मचारीहरू र ३२३४ विद्यार्थीहरु छन् ।[४] १५ अप्रिल २०१८ मा, त्रिभुवन विश्वविद्यालयले कलेज प्रशासनमा बाबु राम तिमल्सिना को नेतृत्वमा निर्वाचित गर्यो जसलाइ प्रायः "क्याम्पस प्रमुख"भन्ने गरिन्छ ।[५]

इतिहास

[सम्पादन]

प्रदेश न. एकमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पस हो । यस क्याम्पसको स्थापना वि.सं. २०१२ मा मोरङ्ग इंटरमीडिएट कलेजको नाममा भएको थियो । स्थापनाको पहिलो वर्षमा नै मानविकी संकायमा शत प्रतिशत परिणाम ल्याउन सफल भयो ।[६] परिसर भवनको निर्माण वि.सं. २०१८ मा सम्पन्न भयो । महेन्द्र वीर विक्रम शाहद्वरा वि.सं. २०२० मा भवन उद्घाटन भएपछी मोरङ कलेज अगाडी महेन्द्र नाम थप्न कलेज प्रशाशनले राजा महेन्द्रलाई बिन्ती पत्र पठाएपछि वि. सं. २०२२ माघ ३ गतेका दिन स्विकृति प्राप्त गरी "महेन्द्र" क्याम्पसको नाममा थपिएको थियो । यसरी वि. सं. २०२४ चैत्र ६ गते महेन्द्र मोरङ कलेज नाम राखिएको थियो। २०२८ मा नयाँ शिक्षा लागू भएपछि त्रिभुवन विश्वविद्यालयले यसलाई आङ्गिक क्याम्पसको रूपमा परिणत गर्यो । त्रिभुवन विश्वविद्यालय को केन्द्रीय कार्यालय समेत यहाँ भएको हुनाले यसको पूरा नाम २०३३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पस रखिएको थियो। डीनको कार्यालय काठमाडौँ सरेपछि यसलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस भनिन्छ ।[७]

उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू

[सम्पादन]

क्याम्पसका केही प्रख्यात स्नातकहरू निम्न हुन्:

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "History of Mahendra Morang Adarsh Multiple Campus", मूलबाट २९ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१८।
  2. ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", मूलबाट २०१८-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१८।
  3. ↑ "महेन्द्र मोरङ अदर्श बहुमुखी क्याम्पस को इतिहास", मूलबाट २०१८-०७-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१८।
  4. ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", मूलबाट २०१८-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१८।
  5. ↑ "मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ" (Nepaliमा), १६ जुलाई २०१८, मूलबाट २३ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१८।
  6. ↑ "History of Mahendra Morang Adarsh Multiple Campus", मूलबाट २९ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१९।
  7. ↑ "महेन्द्र मोरङ क्याम्पस: प्राज्ञिक उत्कृष्टता केन्द्रको सम्भावना", मूलबाट २०१८-११-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१९।
  8. ↑ "Global Influence Of Women In Politics", मूलबाट २० अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
  9. ↑ "आफ्नै क्याम्पसमा राष्ट्रपति भण्डारीको अभिनन्दन हुने", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
  10. ↑ "आफैं पढेको क्याम्पसबाट सम्मानित हुँदै राष्ट्रपति भण्डारी", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
  11. ↑ "राजनीति सुरु गरेको क्याम्पस आउँदै राष्ट्रपति भण्डारी", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
  12. ↑ "राष्ट्रपति आज विराटनगर आउँदै", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।
  13. ↑ "Biography of Bidhya Devi Bhandari: First Female President of Nepal", अन्तिम पहुँच ७ फेब्रुअरी २०१९।[स्थायी मृत कडी]

यो पनि हेर्नुहोस्

[सम्पादन]