त्रिभुवन विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिभुवन विश्वविद्यालय
आदर्श वाक्य
  • नेपालको समग्र विकासको निम्ति दक्ष मानवशक्ति उत्पादन गर्नु
  • देशको सांस्कृतिक विरासतको रक्षा गर्नु
  • सञ्चित, उन्नत र ज्ञान प्रसार
  • कलाको निम्ति प्रोत्साहित गर्नु,
  • विज्ञानको क्षेत्रमा अनुसंधानलाई बढावा दिनु,
  • व्यावसायिक क्षेत्र एवं प्रौद्योगिकीको निम्ति प्रोत्साहित गर्नु
प्रकारपब्लिक सहशिक्षा
स्थापना२०१६ साल
कुलपतिनेपालको प्रधानमन्त्री
उप-कुलपतिप्रा.डा केशरजङ्ग बराल
शैक्षिक कर्मचारी
७,०४९ प्राध्यापकीय संकाय
५६०७ अन्य संकाय [१]
विद्यार्थीहरू६,०४,४३७ [२]
स्थान,
क्याम्पसकीर्तिपुर
वेबसाइटत्रिभुवन-युनिभर्सिटी.इडीयु.एनपी

त्रिभुवन विश्वविद्यालय वा त्रिवि (अङ्ग्रेजी : Tribhuvan University वा TU) नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ ।

यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् । यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ । यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।

सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहररु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरी यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय

इतिहास[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालयको स्थापना राजा त्रिभुवनको नाममा नामकरण गरिएको छ । यस विश्वविद्यालयको स्थापना वि.स.२०१६ सालमा भएको हो । यो नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । [३]

अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

इन्जिनियरिङ अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

चिकित्सा शास्त्र अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

विज्ञान तथा प्रविधि अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

वन विज्ञान अध्ययन संस्थान[सम्पादन गर्नुहोस्]

संकाय[सम्पादन गर्नुहोस्]

कानुन संकाय

मानविकी तथा सामाजिकशास्त्र संकाय

व्यवस्थापन संकाय

शिक्षाशास्त्र संकाय

संक्षिप्तमा त्रि. वि. ऐन, नियम[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९[सम्पादन गर्नुहोस्]

वि. सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई नेपालको सर्वाङ्गीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने क्रममा त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउन वाञ्छनीय भएकोले संसदले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बनाएको हो।[४]

  • त्रिभुवन विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हो। यसले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्दछ। विश्वविद्यालयले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र विश्वविद्यालय उपर पनि सोही नामबाट नालिस उजुरसमेत गर्न सक्दछ। [५]
  • विश्वविद्यालयको संंगठन

विश्वविद्यालयको सङ्गठन देहाय बमोजिम हुनेछ । यिनीहरूको सामुहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ । (क) विश्वविद्यालय सभा, (ख) प्राज्ञिक परिषद्, (ग) कार्यकारी परिषद्, (घ) सेवा आयोग, (ङ) अध्ययन संस्थान, (च) सङ्काय, (छ) विभाग, (ज) आङ्गिक क्याम्पस,(आङ्गिक महाविद्यालय) (झ) सम्बन्धन प्राप्त क्याम्पस, (सम्बन्धन प्राप्त महाविद्यालय) (ञ) अनुसन्धान केन्द्र र (ट) अन्य निकायहरू । [६]

  • कार्यकारी परिषद्को गठन

विश्वविद्यालयको कार्यकारी निकायको रूपमा काम गर्न देहायका सदस्यहरू रहेको कार्यकारी परिषद्् गठन गरिएको हुन्छ। (क) उप-कुलपति (अध्यक्ष) (ख) शिक्षाध्यक्ष (सदस्य) (ग) अध्ययन संस्थानका डीनहरू मध्येबाट एकजना (सदस्य) (घ) संकायका डीनहरू मध्येबाट एकजना (सदस्य) (ङ) रजिष्ट्रार (सदस्य-सचिव) [७]

त्रिभुवन विश्वविद्यालय नियम[सम्पादन गर्नुहोस्]

शिक्षक कर्मचारी सेवा संबन्धी नियम, २०५०[सम्पादन गर्नुहोस्]

(क) शिक्षकतर्फ: १. प्राध्यापक २. सहप्राध्यापक ३. उपप्राध्यापक ४. सहायकप्राध्यापक ५. शिक्षण सहायक [शिक्षण सहायक पद अस्थायी हुन्छ। यस पदमा करार सेवामा मात्र पदपुर्ति गरिन्छ। शिक्षण सहायक संबन्धि अन्य व्यवस्था तोकिए अनुसार हुन्छ।]

(ख) अधिकृत स्तरका कर्मचारीतर्फ: १. प्रशासक वा सो सरह (विशिष्ट श्रेणी) २. सहप्रशासक वा सो सरह (प्रथमश्रेणी) ३. उपप्रशासक वा सो सरह (द्वितीयश्रेणी) ४. सहायकप्रशासक वा सो सरह (तृतीय श्रेणी) [८]

यस बाहेक कार्यकारी परिषदले आवश्यकता अनुसार ती पद र श्रेणी भन्दा मुनिको श्रेणीसहित वा विहीनका पदहरू तोक्न सक्दछ। [९]

सङ्गठन तथा शैक्षिक प्रशासन संबन्धी नियम, २०५०[सम्पादन गर्नुहोस्]

  • विद्या परिषद्को गठन:

अध्ययन संस्थान र संकायको प्राज्ञिक निकायको रूपमा काम गर्न प्रत्येक अध्ययन संस्थान र प्रत्येक संकायमा बेग्लाबेग्लै एक विद्या परिषद् रहनेछ, जसको गठन देहाय अनुसार हुन्छ। (क) डीन (अध्यक्ष) (ख) विभिन्न विषय समितिका अध्यक्ष (सदस्य) (ग) संबन्धित अध्ययन संस्थान वा संकायमा कार्यरत प्राध्यापकहरु वा कम्तिमा १० वर्ष स्थायी सेवा पुर्याइसकेका शिक्षकहरू मध्येबाट ५ जना (सदस्य) (घ) अनुसन्धान केन्द्रका संबन्धित विषयका कार्यकारी निर्देशकहरू मध्येबाट १ जना (सदस्य) (ङ) परीक्षा नियन्त्रक (सदस्य) (च) पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक (सदस्य) (छ) आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसको प्रमुखहरू मध्येबाट ५ जना (सदस्य) (ज) तयार भएको जनशक्ति प्रयोग गर्ने निकाय समेत प्रतिनिधित्व हुने गरी बढीमा ५ जना (सदस्य) [१०]

विकेन्द्रीकरण नियम, २०५५[सम्पादन गर्नुहोस्]

  • व्यवस्थापन तथा विकास परिषद्

आर्थिक स्थिति, प्राज्ञिक दक्षता तथा संस्थागत क्षमताको आधारमा कार्यकारी परिषद्ले तोकेको अध्ययन संस्थान वा संकाय वा अनुसन्धान केन्द्रको लागि व्यवस्थापन तथा विकास परिषद् गठन गरिन्छ। त्यस्तो परिषद् सम्बन्धित अध्ययन संस्थान वा संकाय वा अनुसन्धान केन्द्रको नाम अन्तर्गत प्रचलित हुनेछ। [११]

उप कुलपति[सम्पादन गर्नुहोस्]

उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी । हालसम्म निम्न उप–कुलपति रहेका थिए ।

क्र स नाम देखी सम्म
सुवर्णशम्शेर राणा
शारदाप्रसाद उपाध्याय
रुद्रराज पाण्डे
त्रैलोक्यनाथ उप्रेती
सूर्यबहादुर शाक्य
जगतमोहन अधिकारी
डा. महेन्द्र प्रसाद
वी.सी. मल्ल
केदारभक्त माथेमा
१० कमलकृष्ण जोशी
११ नवीनप्रकाश जंग शाह
१२ गोविन्दप्रसाद शर्मा
१३ माधवप्रसाद शर्मा
१४
१५
१६
१७
१८
१९
२०

शैक्षिक[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Tribhuvan University = Archive.today अभिलेखिकरण २००७-१०-०६ मिति
  2. "Tribhuvan university"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०३ मिति
  3. "Tribhuvan university - About us"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०३ मिति
  4. प्रस्तावना, त्रि. वि. ऐन २०४९
  5. त्रि. वि. ऐन २०४९ को दफा ४
  6. त्रि. वि. ऐन २०४९ को दफा ६
  7. त्रि. वि. ऐन २०४९ को दफा १३ को उपदफा १
  8. त्रि. वि. शिक्षक कर्मचारी सेवा संबन्धी नियम, २०५० को नियम ५ को उपनियम १
  9. त्रि. वि. शिक्षक कर्मचारी सेवा संबन्धी नियम, २०५० को नियम ५ को उपनियम २
  10. त्रि. वि. सङ्गठन तथा शैक्षिक प्रशासन संबन्धी नियम, २०५० को नियम १३५ को उपनियम १
  11. त्रि. वि. विकेन्द्रीकरण नियम, २०५५ को नियम ३ को उपनियम १

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालयको वेवसाइट