उप-कुलपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपकुलपति

(१) विश्वविद्यालयको उपकुलपति पदमा सभाद्वारा गठित तीन सदस्यीय समितिले सिफारिश गरेको व्यक्तिलाई कुलपतिबाट चार वर्षको लागि नियुक्ति गरिनेछ ।

(२) उपकुलपति विश्वविद्यालयको प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।

(३) उपकुलपति पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ । निजको पारिश्रमिक र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछन् ।

(४) कुलपति तथा सहकुलपतिको अनुपस्थितिमा विश्वविद्यालय सभामा उपकुलपतिले अध्यक्षता गर्नेछ ।

(५) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको पालना गर्नु गराउनु उपकुलपतिको कर्तव्य हुनेछ र यसको प्रयोजनको निमित्त उपकुलपतिको विचारमा तत्काल कुनै काम कारवाही नगरी नहुने आकस्मिक अवस्था आइपरेको छ भन्ने लागेमा निजले उचित र आवश्यक देखेको काम कारवाही गर्न सक्नेछ र त्यसको सूचना सकभर चाँडो सम्बन्धित पदाधिकारी वा निकायलाई दिनेछ ।

(६) उपकुलपतिले सभाको निर्णय वा आदेशलाई कार्यान्वयन गर्नेछ ।

(७) विश्वविद्यालयको सबै शैक्षिक र प्राज्ञिक काम कारवाही उपर उपकुलपतिको सामान्य नियन्त्रण रहनेछ ।

(८) सभामा पेश हुने सबै विषयहरू उपकुलपति मार्फत पेश हुनेछन् ।

(९) विश्वविद्यालयका सबै कार्यहरू सभाको निर्देशनमा उपकुलपतिले कार्यान्वयन गर्नेछ । कुलपति (शिक्षा)