सरकार प्रमुख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सरकर प्रमुख कुनै पनि राष्ट्र वा स्वशासित क्षेत्रको सरकारको मुखिया, अर्थात कार्यपालिका प्रमुख, जसको निर्देशन अनुसार सरकार काम गर्छ,लाई बुझिन्छ।

अधिकांश संसदीय देशहरूमा, र विशेषतः, वेस्टमिनिस्टर प्रणालीबाट प्रभावित व्यवस्थाहरूमा, सरकार प्रमुख र राष्ट्रप्रमुख पदको अधिकार, काम र कर्तव्य पूर्णत अलग राखिन्छ र सरकार प्रमुखलाई आमरुपमा "प्रधानमन्त्री "वा चान्सलर भनिन्छ। भने , राष्ट्र अध्यक्षीय देशहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुख , दुवैको कार्यभार एक व्यक्तिलाई नै दिइन्छ, जसलाई "राष्ट्रपति" भनिन्छ । केहि देशहरूमा, राष्ट्रपतिको मातहतमा एक अतिरिक्त पदाधिकारी हुन्छ, तथा कार्यकारी शक्ति दुवै जनामा विभिन्न मात्रा निहित हुन्छ। यस्तो व्यवस्थालाई अर्ध राष्ट्रपतीय (अर्ध-अध्यक्षीय) प्रणाली भनिन्छ। यस्तो व्यवस्था श्रीलंका, रुस, चीन र फ्रान्समा देख्न सकिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]