चीन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनवादी गणतन्त्र चीन
中华人民共和国
Zhōnghuá Rénmín Gònghéguó
जनवादी गणतन्त्र चीनको झन्डा
झन्डा
जनवादी गणतन्त्र चीनको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: 

"March of the Volunteers"
《义勇军进行曲》 (Pinyin: "Yìyǒngjūn Jìnxíngqǔ")
चीन अधीनमा क्षेत्र रातो छ। दावी तर अनियन्त्रित क्षेत्रहरूको स्ट्राइप छन्।
चीन अधीनमा क्षेत्र रातो छ।
दावी तर अनियन्त्रित क्षेत्रहरूको स्ट्राइप छन्।
सबैभन्दा ठुलो सहरसाङ्घाई[१][२]
आधिकारिक भाषाहरूMandarin[३]
मान्यता प्राप्त आञ्चलिक भाषाहरूMongolian, तिब्बती, Uyghur, Zhuang, and various others
Official written languageVernacular Chinese
आधिकारीक लिपीSimplified Chinese[३]
जातिगत समूहहरू
९१.५१% Han;[४] ५५ recognised minorities
राजधानी = बेइजिङ (पेकिङ)
रैथाने(हरू)चिनियाँ
सदस्यताUN, WTO, ब्रिक्स, SCO, G4 nations, Group of Five, G8+5, G20
सरकारNominally socialist market economy, single-party state[५][a]
सि जिङ्ग पिङ्ग
ली खस्याङ्ग
Wu Bangguo
Jia Qinglin
व्यवस्थापिकाराष्ट्रिय जनकांग्रेस
पुनर्गठन
• चीनको एकिकरण under the Qin Dynasty
ई पू २२१
१ जनवरी १९१२
१ अक्टुबर १९४९
क्षेत्रफल
• जम्मा
९६,४०,८२१ किमी (३७,२२,३४२ वर्ग माइल)[c] or 9,671,018 km² [c] (3rd/4th)
• पानी (%)
२.८[d]
जनसङ्ख्या
• २०११ अनुमानित
१,३४७,३५०,०००[४] (प्रथम)
• २०१० जनगणना
१,३३९,७२४,८५२[६] (पहिलो)
• घनत्व
१३९.६ /किमी2 (३६१.६ /वर्ग माइल) (८१ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$११.२९९ trillion[७] (२ औँ)
• प्रति व्यक्ति
$८,३८२[७] (९१औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$7.298 trillion[७] (२ औँ)
• प्रति व्यक्ति
$५,४१३[७] (९० औँ)
गिनी (२०१८)Negative increase 46.7[८]
उच्च
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.761[९]
उच्च · ८५औँ
मुद्राRenminbi (yuan) (¥) (CNY)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (China Standard Time)
मिति ढाँचाyyyy-mm-dd
or yyyymd
(CE; CE-1949)
सडक प्रयोगदायाँ, except for Hong Kong & Macau
टेलिफोन कोड+८६
आइएसओ ३१६६ सङ्केतसीएन
इन्टरनेट डोमेन.cn[c] .中國[१०] .中国
a. ^ Simple characterizations of the political structure since the 1980s are no longer possible.[११]

b. ^ As paramount leader, Hu Jintao holds four concurrent positions: General Secretary of the Communist Party of China, President of the People's Republic of China, and Chairman of the Central Military Commission for both state and party.[१२]

c. ^ ९५,९८,०८६ किमी (३७,०५,८४२ वर्ग माइल) excludes all disputed territories.
९६,४०,८२१ किमी (३७,२२,३४२ वर्ग माइल) Includes Chinese-administered area (Aksai Chin and Trans-Karakoram Tract, both territories claimed by India), Taiwan is not included.[१३]

d. ^ Information for mainland China only. Hong Kong, Macau, and territories under the jurisdiction of the Republic of China (Taiwan) are excluded.

चीन (चीनियाँ: 中国) अधिकारिक नाम जनवादी गणतन्त्र चीन (PRC) पूर्वी एसियामा अवस्थित देश हो। १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसङ्ख्या भएको देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो यस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भुटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन।

राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो। यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ। तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ। आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ। जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको जनसङ्ख्या एक अर्व ३० करोड जती रहेको छ। जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ। चीनको राजधानी बेजीगं हो। १९४९ मा मावत्सेतुंगको नेतृत्वमा भएको चिनिया जनवादी क्रान्ती पछि हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाई रहेको छ। तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ। यिनिहरूसँग चिनले लामो समयदेखि विवादको सामना गरी रहनुपरेको छ।

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ति संपन्न राष्ट्र हो। चीन साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स जी-२०, इन्टरनेसनल इन्भेस्टमेन्ट बैङ्क (IIB) र विश्व व्यापार संघटन (WTO)को सदस्य पनि हो। अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाई उदयमान माहशक्ती मानीन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिशत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ। द्रुत आर्थिक विकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ। यस देशले सन २००६ मा इटालीलाई नाघेर ६ नं तथा सन २००७ मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाई विश्वको ४ नं.र हाल (सन् २०१०) जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चिन संसारकै फलाम, कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो।

इतिहास[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

एक अर्व ३० करोडको हाराहारीमा जनसङ्ख्या पुगेको विशाल राष्ट्र चीनले जनसङ्ख्या नियन्त्रणमा कडाइ गरेको छ। हामी दुई हाम्रो एक भन्ने सिदान्तलाई अङ्गिकार गरी दम्पतिलाई एकमात्र बच्चा पाउन प्रोत्साहन गरिएको छ। एक मात्र बच्चाको दायित्व राष्ट्रले लिने व्यवस्था गरिएको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

प्रशासनिक विभाग[सम्पादन गर्नुहोस्]

चीन सरकारको के नियन्त्रणमा जम्मा ३३ प्रशासनिक विभाग छ, र यस बाहेक यसले ताइवानलाई आफ्नो एउटा प्रान्त मानेको छ, तर यसमाथि उसको नियन्त्रण छैन।

  • प्रान्त

चीनको जम्मा २३ प्रान्त वटा छ। तिनिहरूको नाम यस प्रकार छ :- अनहुइ, फुजियान, ग्वागंसु, ग्वागंडुगं,ग्वीझिउ, हुवेइ, हाइनान, हेलीज्यंग, हेनान, हेवेइ, हुनान, ज्यागंसु, जिलीन, लियानिंग, कांगाहाइ, साहंगसी, सांनडोग, सिचुवान, साय्यांसी, ताइवान, युनानझियाझिगं

  • स्वायत्त क्षेत्र

तिब्बत,ग्वागंसी, निंगस्या, सिगंज्याग, भित्री मंगोलीया

  • केन्द्रीय महानगरपालिका

बेजीगं, सघांइ, चुगंकिंग, तिनजिन

  • विशेष प्रशासनिक क्षेत्र

हङकङ ,मकाउ

सि जिनपिङ जनवादी गणतन्त्र चीनका राष्ट्रपति हुन।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

चीनको अर्थतन्त्र राज्य नियन्त्रीत अर्थतन्त्र नै हो। तर १९८२ तिर देखि देगं स्याव पिगंले सुरू गर्नुभएको आर्थिक उदारिकरणले चीनमा जमीन खरीद बिक्री साना तथा मध्यम उद्योगको विकास तथा द्रुततर आर्थिक विकास का साथै बहुराष्ट्रिय कंपनीहरूको अथाह संम्पति चीन भित्रयाउन तथा त्यसको प्रतिफल लिन स्थायी सुरक्षा ब्यावस्था र राजनीतिक स्थायित्व भएको देश चिन सफल भएको छ।

यातायात र पुर्वाधार[सम्पादन गर्नुहोस्]

पुर्वाधार धेरै क्षेत्रमा चिनले चामत्कारीक प्रगती गरेको छ । यातायातको क्षेत्रमा असम्भव जस्ता लाग्ने सडक,पुल,सुरुङ,बाँध अादी बनाएर अाफ्नो निमार्ण क्षमताको अब्बलता प्रदर्शन गरेको छ । जस्मा उच्च गति रेल एक उदाहरण हो । चिन संसारमा सबैभन्दा धेरै उच्च गति रेल संजाल भएको र सबै भन्दा छिटो यो यातायात प्रणाली विस्तार गर्ने मुलुक हो । अाज बेलायत,अमेरिका जस्ता विश्वका ठुला ठुला शक्ति राष्ट्रहरु पनि चिनको प्रविधिमा अाँफ्नो देशको उच्च गति रेल सेवा प्रणाली निर्माण गर्न लालायीत देखिन्छन ।

धर्म[सम्पादन गर्नुहोस्]

बुद्ध,कन्फुसियसतावो चीनका मुख्य धर्म हुन र पश्क्षिमी थोरै क्षेत्र तथा पूर्वको हाइनान टापुमा समेत केही मुसलमान हरूको बसोबास पाइन्छ।

जीवनशैली[सम्पादन गर्नुहोस्]

चिनिया हरू सांस्कृतीय रूपमा अत्यान्त संपन्न छन हाल बढदैगएको बजारीकरणको प्रभाव चिनिया समाजमा पनि पाइन्छ।

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्नुहोस्]

नेपाल चीन संबध

नेपाल र चीन वीच प्राग-ऐतिहासीक काल देखि रहेको पाइन्छ। जनस्तरमा १५०० वर्ष भन्दा अगाडि देखि एक अर्काको सिमाना नाघेको भेटीन्छ। ४०६ एडीमा लुम्बिनी भ्रमण गर्ने बुद्ध भिछु फाहियानलाई विर्सन हुदैन। त्यस्तै बेला तिर नेपाली भिछु बुद्धभद्रले पनि चीनको भ्रमण गरे। हु वान स्यागंको जो एक चिनीया यात्री थिए जसले लुम्बिनी तथा काठमाडौँ उपत्यकाको समेत भ्रमण गरेका थिए उनको यत्रावर्णन नेपालको इतिहासका कालखण्डको बयान गर्ने एक आधार भएको छ।

नेपाली राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको चिनीया राजा स्रंग चंग गम्पो सँग गरिएको थियो। उनले तिब्बतमा बुद्ध धर्मको प्रचारमा निकै ठूलो योगदान गरिन त्यसपछी नेपाली कलाकार अरनिकोले पहिले तिब्बत र पछि बेजीग सम्म मन्दिर बनाउन पुगेका थिए बेजीगंमा हाल सम्म रहेको सेतो प्यागोडा अरनिकोले बनाएका थिए। जुन नेपाल र चिन संबधको कोशेढुगो भएर बसीरहेको छ।

पञ्चशिलका आधारमा १९५५ को अगस्ट एकमा नेपाल र चीन वीच औपचारिक दौत्यसंबधको स्थापना पछि नेपाल र संबधमा नया आयाम थिपियो। जनस्तरमा विकसीत संबधका साथै उच्च स्तरमा भएका अनगिन्ति भ्रमण भए राजा महेन्द्र, राजा बीरेन्द्र तथा राजा ज्ञानेन्द्र राष्ट्रप्रमुखको रूपमा तथा प्रधानमन्त्रीहरू टंक प्रसाद आर्चाय, विश्वेश्वर प्रसाद कोइराला, कृतीनिधी विष्ट, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी तथा शेरबहादुर देउबाले चीनको औपचारीक भ्रमण गर्नुभएको छ भने अझै नेपालका राजा बीरेन्द्रले त तिब्बत भ्रमण गर्ने पहिलो र एकमात्र विदेशी राष्ट्र प्रमुख समते हुनुभएको थियो। उहाको कार्यकाललाई नेपाल चीन संबधलाई स्वर्ण युगको रूपमा नेपाल चीन संबधका जानकारहरू संझन्छन्। राजा बीरेन्द्रले चीनको १० पटक भ्रमण गर्नुभएको थियो। त्यसै गरी चिनीया प्रधानमन्त्री चाउ एन लाईले सन १९५७ र १९६० मा गरी २ चोटी नेपाल भ्रमण गर्नुभएको थियो भने। त्यसैगरी चिनका प्रधानमन्त्री हरू झु झियागं, लिपेगं, झुरोगंजीले विभिन्न खण्डमा नेपाल भ्रमण गर्नु भएको छ। त्यसैगरी चिनिया राष्ट्रपतिहरू लि सिनान तथा जियाग जेमीनले नेपालको भ्रमण गर्नुभएको थियो। चर्चित चिनिया नेता देंग स्यावपिंगले पनि सन १९७८ मा उपप्रधानमन्त्रीको रूपमा नेपालको भ्रमण गर्नुभएको थियो। साथै दुई देशको सिमा समस्या आधुनिक र सर्बमान्य प्रविधि अन्तर्गत १९७८ मा समाधान गरियो। त्यसैगरी नेपालको विकासमा चिनीया आर्थिक सहयोगले महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो। त्यसै गरी संयुक्त राष्ट्र सङ्घमा दुवै देशले खेलेको सन्तुलीत र मैत्रीपूर्ण भूमिकाले दुबै देशलाई अझ नजिकल्यायो। नेपालले सधै भरी एक चीन नीतिलाई मान्दै आएको छ। नेपाल जनवादी गणतन्त्र चीनलाई मान्यता दिनुपर्छ भन्ने पहिलो पंत्तिका राष्ट्रहरूमध्ये एक हो। त्यसै गरी चीनलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा सदस्यता दिनुपर्छ भनेर लविगं गर्न एक प्रमुख राष्ट्र पनि नेपाल हो। साथै नेपालले कहिले पनि चीन विरोधी गतिबिधी आफ्नो माटोबाट हुन नदिने प्रतिबद्धता पनि जनाएको र व्यवाहरमा लागु पनि गरी रहेको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Chan, Kam Wing (२००७), "Misconceptions and Complexities in the Study of China's Cities: Definitions, Statistics, and Implications", Eurasian Geography and Economics 48 (4): 383–412, डिओआई:10.2747/1538-7216.48.4.383, अन्तिम पहुँच ७ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति p. 395
  2. "What are China's largest and richest cities?" वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०९ मिति University of Southern California – US-China Institute, 2007. Retrieved 15 January 2012.
  3. ३.० ३.१ "Law of the People's Republic of China on the Standard Spoken and Written Chinese Language (Order of the President No.37)", Gov.cn, अन्तिम पहुँच २७ अप्रिल २०१०, "For purposes of this Law, the standard spoken and written Chinese language means Putonghua (a common speech with pronunciation based on the Beijing dialect) and the standardized Chinese characters."  वेब्याक मेसिन अभिलेखिकरण २४ जुलाई २०१३ मिति
  4. ४.० ४.१ "China's Total Population and Structural Changes in 2011", Stats.gov.cn, अन्तिम पहुँच १४ अगस्ट २०१२ 
  5. "China", Encyclopædia Britannica, अन्तिम पहुँच १५ मार्च २०१०, "Form of government: single-party people's republic with one legislative house" 
  6. "Communiqué of the National Bureau of Statistics of People's Republic of China on Major Figures of the 2010 Population Census", Stats.gov.cn, अन्तिम पहुँच १ नोभेम्बर २०११ 
  7. ७.० ७.१ ७.२ ७.३ "China", International Monetary Fund, अन्तिम पहुँच १८ अप्रिल २०१२ 
  8. "China Economic Update, December 2019 : Cyclical Risks and Structural Imperatives", openknowledge.worldbank.org, World Bank, पृ: २१, अन्तिम पहुँच ३ जनवरी २०२०, "The Gini coefficient, a measure of overall income inequality, declined to 0.462 in 2015, and has since risen to 0.467 in 2018 (Figure 27). Higher income inequality is partly driven by unequal regional income distribution. The eastern coastal regions have been the driver of China's rapid growth, due to its geographic location and the early introduction of reforms. As a result, the eastern coastal region is now home to 38% of the population, and its per capita GDP was 77% higher than that of the central, western, and northeastern regions in 2018. This gap widened further in the first three quarters of 2019. This is in part due to a disproportionate slowdown in interior provinces, which are more dependent on commodities and heavy industry. The slowdown has been negatively affected by structural shifts, especially necessary cuts in overcapacity (Figure 28)." 
  9. "Human Development Report 2020", United Nations Development Programme, १५ डिसेम्बर २०२०, अन्तिम पहुँच १५ डिसेम्बर २०२० 
  10. "ICANN Board Meeting Minutes", ICANN, अन्तिम पहुँच २५ जुन २०१० 
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named notsimple
  12. "Communist Party of China in Brief". China Daily, 10 July 2007. Retrieved 1 February 2012.
  13. "GDP expands 11.4 percent, fastest in 13 years", Chinadaily.net, २४ जनवरी २००८, अन्तिम पहुँच १५ जुन २००९ 
"https://ne.wikipedia.org/w/index.php?title=चीन&oldid=1204007" बाट अनुप्रेषित