अबखाजिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गणतन्त्र अबखाजिया
  • Аҧсны Аҳәынҭқарра
    Apsny Ahwyntkarra

  • Республика Абхазия
    Respublika Abhaziya
झण्डा Emblem
राष्ट्रगान: Аиааира
Aiaaira
Victory

Map centered on the Caucasus indicating Abkhazia (orange) and Georgia proper and South Ossetia (both grey).
Map centered on the Caucasus indicating Abkhazia (orange)
and Georgia proper and South Ossetia (both grey).
राजधानीसुखुमी
ठूलो सहर राजधानी
सरकारी भाषा
नागरिकता
सरकारको प्रकार एकात्मक अर्धराष्ट्रपतीय गणतन्त्र
 -  राष्ट्रपति राउल खाजिम्बा
 -  प्रधानमन्त्री भ्यालेरी ब्गान्बा
व्यवस्थापिका अबखाजियाली जनताकाे सभा
अर्धस्वतन्त्र
 -  सोभियतकालीन कानुन र सन्धि खारेजीको घोषणा १९९० जुन २० 
 -  अबखाजियाली सार्वभौमसत्ताको घोषणा १९९० अगस्ट २५ 
 -  जर्जियाली स्वतन्त्रताको घोषणा १९९१ अप्रिल ९ 
 -  सोभियत संघ विघटन १९९१ डिसेम्बर २६ 
 -  अबखाजियाली स्वतन्त्रता घोषणा १९९२ जुलाई २३ 
 -  राज्यको स्वतन्त्रता ऐन १२ अक्टोबर १९९९ 
 -  अन्तर्राष्ट्रिय मान्यता २००८ अगस्ट २६ 
क्षेत्रफल
 -  जम्मा ८६६६० वर्ग किमी 
३,३४४ वर्ग माइल
जनसङ्ख्या
 -  जनगणना २०११ २४०७०५ 
 -  जनघनत्व २८/वर्ग किमी 
७२/वर्ग माइल
जिडिपी (नाम मात्र) २०१० अनुमान
 -  जम्मा ०.५ अर्ब अमेरिकी डलर 
 -  प्रतिव्यक्ति आय २००० अमेरिकी डलर 
मुद्रा (रसियाली रुबल)
समय क्षेत्र MSK (युटिसी+३)
सडक प्रयोग दायाँ
टेलिफोन कोड +७ ८४० / ९४० र +९९५ ४४

अबखाजिया (अङ्ग्रेजी: Abkhazia)(उच्चारण सहायता /æbˈkeɪʒə/ रूसी: Абха́зия Abhazia) एक स्वघोषित स्वायत्त गणराज्य हो।[१]
यसले आंशिक रुपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसको एक स्वतन्त्र सरकार छ। यो क्षेत्र उत्तर-पश्चिमी जर्जियाको बृहत् ककेसस पहाडहरूको दक्षिण र कालो समुद्रको पूर्वी तटमा रहेको छ। यस राज्यको क्षेत्रफल ८६६० वर्ग किलोमिटर र जनसंख्या २४,००,००० छ। यो जनसंख्यामध्ये ग्रामीण र सहरी झन्डै आधा-आधा छ।[२]

इतिहास[सम्पादन गर्ने]

जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बिन्जान्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्यमातहत हुन पुग्यो ।[३] क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रुपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रुपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत संघ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।[४]

इतिहास[सम्पादन गर्ने]

सन् १९९१ मा जर्जिया सोभियत संघबाट स्वतन्त्र भएपछि अबखाजियाका बासिन्दाले आफ्नो स्वतन्त्रता सकिएको भन्ठानेर १९९२ मा गृहयुद्ध नै सुरु गरे। हुन त यस गृहयुद्धको पृष्ठभूमिमा रुस लगायत शक्तिराष्ट्रको भूराजनीतिक र सामरिक टकराव पनि थियो। साथसाथै, १९९० को दशकको सुरुमा अबखाजियाले सामना गरेको तीनथरी संक्रमणको संयुक्त उपजका रुपमा पनि यहाँको गृहयुद्धलाई लिइएको पाइन्छ । जस्तो कि सोभियत अधिनायकत्वबाट लोकतान्त्रिक राज्यमा संक्रमण, नियन्त्रित अर्थतन्त्रबाट बजार अर्थतन्त्रमा संक्रमण र आबद्ध गणराज्यबाट स्वायत्त राज्यमा संक्रमण। यो तेहरो संक्रमणको मूल्य धेरै राज्यका धेरै क्षेत्रमा चुकाउन बाध्य भयो र अन्तत: सन् १९९२-९३ मा एक विनाशकारी युद्धमा परिणत भयो।[५]
युद्धको सुरुमा जर्जियाले सेनाको तैनाथी बढाएर विद्रोहीलाई राजधानीबाहिर धपाउने कोशिस गरेको थियो । तर, विद्रोहीले पुन: शक्ति आर्जन गरेर अवस्ठा उल्टाइदिए । यस संघर्षमा दसौँ हजार मानिस मारिए। जर्जियाली मूलका २ लाखभन्दा बढी बासिन्दाले अबखाजियाबाट विस्थापित हुनुपर्‍यो। रुसी सेनाले पनि अबखाजियाली विद्रोहीलाई सहयोग गरेको थियो । सन् २००८ मा रुसी सेनाले अबखाजियाका तर्फबाट जर्जियामाथि हमला पनि गरेको थियो। त्यसैले रुससँग अबखाजियाको राम्रो सम्बन्ध भए पनि जर्जियाले आफ्ना नागरिकलाई अबखाजिया जानको लागि कानुन बनाएरै प्रतिबन्ध लगाएको छ ।[६]

सार्वभौमिकताको स्थिति[सम्पादन गर्ने]

जर्जिया–अबखाजिया द्वन्द्व र जर्जिया-रूस सम्बन्ध यस राज्यको केन्द्रीय मुद्दा हो । यसलाई रसिया, भेनेजुएला, निकारागुआ, नउरु र सिरियाले राज्यका रूपमा मान्यता दिएका छन्। जर्जियाली सरकार र संयुक्त राष्ट्रसंघका अधिकांश सदस्यहरूले भने अबखाजियालाई कानुनी रूपमा जर्जियाको अंश मान्दछन् । जर्जियाको संविधानले पनि उक्त क्षेत्रलाई अब्खाजियाको स्वायत्त गणराज्यको रूपमा तोकेको छ ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यहाँको अर्थतन्त्रको मुख्य आधार उद्योग र पर्यटन हो। एकताका औद्योगिक विकासको चुलीमा पुगेको अबखाजियामा ५०० भन्दा बढी ठूला उद्योग तथा कलकारखाना थिए। अहिले मुस्किलले एक सयवटा छन्, तीमध्ये ८७ वटा राज्यको स्वामित्व नभएका छन्। ४० प्रतिशत उद्योग राजधानीमै केन्द्रित छन्। वार्षिक ५.५ करोड अमेरिकी डलरबराबरको ओद्योगिक उत्पादन रहेको सरकारी आकडा छ।[७]
यहाँको वार्षिक बजेटमा राजस्वको एक तिहाई भरथेग पर्यटनले गर्दछ । वर्षमा १० लाख जति पर्यटक अबखाजिया भ्रमणमा जाने गरेको तथ्यांक छ। पर्यटनमा केही ऐतिहासिक स्थलका साथै समुद्र र सूर्य यहाँका पर्यटनका मुख्य आकर्षण मानिन्छन्। सोभियत संघअन्तर्गत छँदा रुसीहरुमाझ अबखाजिया एक आकर्षक गन्तव्य थियो। गृहयुद्धले यहाँको होटल तथा पर्यटन क्षेत्रमा धक्का पुग्यो । त्यसपछि पर्याप्त नयाँ पूर्वाधार निर्माण र विकासका काम हुन सकेनन्।[८] कतिसम्म भने यहाँ बसपार्क समेत सोभियतकालीन छन् । उसो त यहाँको धेरैजसो सम्पत्तिमा रुसीहरुकै कब्जा छ । यहाँ मुद्रा पनि रुसी रुबल नै चल्छ। पर्यटकका नाममा अहिले केही रुसीहरु मात्र यस क्षेत्रमा घुम्न पुग्छन्। निरन्तरका विष्फोटका घटना र तनावपूर्ण परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय उँभो लाग्न सकिरहेको छैन।[९]भएको पर्यटन व्यवसायबाट पनि अबखाजियालीले लाभ पाउन सकिरहेका छैनन् भन्ने यहाँको सरकारको बुझाइ छ। यही कारण सन् २०१९ मा यहाँको सरकारले विदेशी पथप्रदर्शकले पर्यटक घुमाउन नपाउने र कम्तीमा एउटा समूहमा एकजना अबखाजियाली हुनैपर्ने नियम बनाएको छ ।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]