रुस-जर्जिया युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रुस-जर्जिया युद्ध
मूल भाग: अबखाज–जर्जियाली द्वन्द, पूर्व-सोभियत द्वन्दजर्जियाली–ओसेसियाली द्वन्द
2008 South Ossetia war en.svg
जर्जियाको क्षेत्र (अबखाजिया र दक्षिण-ओसेसिया सहित ) र रुसी उत्तर ककेसस
मिति१-१२ अगस्ट २००८
(१२ दिन)
स्थान
परिणाम

रुस, दक्षिण-ओसेसिया र अबखाज विजय

  • दक्षिण ओसेसिया र अबखाजियाको कोदोरी उपत्यकाबाट जातीय जर्जियालीहरू विस्थापित [१][२]
  • अबखाजिया र दक्षिण-ओसेसियालाई रुसद्वारा मान्यता प्रदान [३]
  • अबखाजिया र दक्षिण-ओसेसिया रुसी सैन्य शिविर स्थापना[४]
  • जर्जिया-रुस सम्बन्ध खराब
भौगोलिक
परिवर्तन
जर्जियाले अबखाजिया र दक्षिण-ओसेसियाको नियन्त्रण गुमायो
योद्धा
 रुस
ढाँचा:Country data दक्षिण ओसेसिया[note १]
 अबखाजिया[note २]
ढाँचा:Country data जर्जिया

रुस-जर्जिया युद्ध [note ३] जर्जिया, रुस र रुसी समर्थित स्वयं घोषित गणतन्त्रहरू सहित दक्षिण ओसेसिया र अबखाजिया बीचको एक युद्ध थियो। रुस र जर्जियाको बिग्रँदो सम्बन्धपछिको तनावग्रस्त अवस्थामा सन् २००८ को अगस्टमा यस युद्धको सुुरुवात भएको थियो। सन् १९९१ मा सोभियत बिखण्डन अगाडि रुस र जर्जिया, दुवै पूर्व सोभियत सङ्घको एक अंश थियो। लडाइँ रणनीतिक रूपमा महत्वपूर्ण दक्षिण ककेसस क्षेत्रमा भएको थियो। यसलाई २१औँ शताब्दीको पहिलो युरोपेली युद्धको रूपमा लिइन्छ।

पृष्ठभुमि[सम्पादन गर्ने]

सन् १९९१ को प्रारम्भमा सोभियत सङ्घ ढल्न लाग्दा जर्जियाले आफ्नो स्वतन्त्रता घोषणा गरेको थियो। यस पृष्ठभूमिका बीच जर्जिया र रुस समर्थित दक्षिण ओसेसियाली स्वायत्त क्षेत्रको पृथकतावादीहरू बीच युद्ध भएको थियो। युद्ध पछि जर्जियाली, रुसी, र ओसेसियाली सेनाको एक संयुक्त शान्ति सेना बल क्षेत्रमा तैनाथ गरिएको थियो। यस्तै यथास्थिति सन् १९९२-१९९३ को अबखाजिया पृथकतावादी युद्धमा भएको थियो। सन् २००० मा रुसमा भ्लादिमिर पुतिनको विजय पश्चात् र सन् २००३ मा जर्जियामा पश्चिमी समर्थक शक्तिको उदयपछि रुस र जर्जियाबीचको सम्बन्ध बिग्रन थालेको थियो भने यो सम्बन्ध सन् २००८ को अप्रिलसम्म पूर्ण कूटनीतिक सङ्कटको स्थितिमा पुगेको थियो।

लडाइँ[सम्पादन गर्ने]

सन् २००८ को जुलाई ३ का दिन पृथकतावादी सैन्य सेवाका नेता नोदार बिबिलोभको बम विस्फोटबाट मृत्यु हुँदा स्थिति झनै खराब भएको थियो। त्यसको मात्र केही घण्टापछि दक्षिण ओसेसियाको अस्थायी प्रशासनका प्रमुख दिमित्री सानाकोएभको रिमोटद्वारा सञ्चालित भूमिगत बम विस्फोटमा पर्दा तीन जर्जियाली विशेष प्रहरी बलका अधिकारीहरू घाइते भएका थिए। [५] घटना पश्चात् दुवै पक्षले हमलाको लागि एक अर्कालाई दोष दिएका थिए भने त्यसको प्रतिक्रियामा जर्जियाली सेनाले रणनीतिक साराबुकी हाइट कब्जा गरेका थिए। [५] जर्जियालीहरूलाई हटाउने एक ओसेसियाली प्रयास धेरै लडाकुहरूको क्षतिसँगै असफल हुन पुगेको थियो। [५] सन् २००८ अगस्ट १ सम्ममा तानाव झनै बढ्दैै जानुको प्रमुख कारण एक जर्जियाली प्रहरी सवारीसाधनलाई अर्को रिमोटद्वारा सञ्चालित विस्फोटक उपकरणले ठक्कर दिएपछि घटनामा ५ प्रहरी अधिकारीहरू घाइते भएका थिए। [५] यो घटना पछि १-२, २-३ र ३-४ अगस्टको रातभरि व्यापक गोली हानाहान भएको थियो। त्यस घटनापश्चात् पृथकतावादीहरूले ३ अगस्टदेखि ख्रिनवाली खाली गर्न थालेका थिए।[५] दुई जर्जियाली शान्ति सेना १०० मिमी र १५० मिमी सेल प्रहार हुँदा १४:०० बजे मारिएका थिए। [५] त्यसपछि दिनको समयमा जर्जियाली शान्ति सेनाले ख्रिनवालीमा संयुक्त शान्ति सेना बल मुख्यालय छोडेका थिए। [५][५] [६] [७] दुबै पक्षबाट उच्च स्तरीय शान्ति वार्ता सुरु गर्न कूटनीतिक प्रयास असफल भएको थियो।

प्रतिक्रिया[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू[सम्पादन गर्ने]

कयौं पश्चिमी देशहरूद्वारा युद्ध दौरानका रुसी कदमको कडा आलोचना भयो:

  • स्वीडेन – २००८ अगस्ट ८, मा स्वीडिस विदेश मन्त्री कार्ल बिल्ड्टले दक्षिणी ओसेसियाली पक्षको उक्साहटमा युद्ध सुरु भएको र जर्जियाली बलले संवैधानिक व्यवस्था कायम गर्ने प्रयास गरेको बताए।[८] अगस्ट ९ मा, बिल्ड्टले जर्जिया युद्धमा सहभागी हुने रुसी कारणलाई एडल्फ हिटलरको कदमसँग तुलना गरे, "कुनै पनि देशले आफूले जारी गरेको राहदानी बोकेका व्यक्ति अर्को देशमा छ भनेर त्यो देशमा आक्रमण गर्ने अधिकार हुँदैन। यस्तो सिद्धान्त लागू गर्ने प्रयासले विगतमा युरोपलाई युद्धमा धकेल्यो...[९]
  • संयुक्त अधिराज्य – बेलायती विदेश सचिव डेभिड मिलिब्यान्ड ले ९ अगस्टमा बताए, "रसियाली आज लडाइँलाई दक्षिण ओसेसिया भन्दा परसम्म तन्कायो। म यसमा दु:ख प्रकट गर्छु।"[१०]
  • संयुक्त राज्य – अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अगस्ट ११ को उत्तरार्धमा बताए, "रसियाले सार्वभौम छिमेकी राज्यमाथि हमला गरेको छ र जनताद्वारा निर्वाचित प्रजातान्त्रिक सरकारलाई धम्काएको छ। २१ औं शताब्दीमा यस्तो कदम स्वीकार्य छैन।" बुसले यो पनि बताए कि "रुसी बलले चाँडै राजधानीको नागरिक विमानस्थलमा बम हमला गर्ने प्रमाण छ।" बुसले रसियालाई इयुले मध्यस्थता गरेको युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अनुरोध गरे, अन्यथा रसियाको वजन मुस्किलमा पर्छ। बताए।[११] बुस प्रशासनले सैन्य प्रतिक्रियाको जर्जियाको प्रतिरक्षा गरेपनि, उसले रसियासँगको तनाव नबढाउने निर्णय गर्यो। त्यसको साटो, अमेरिकाले सैन्य विमानमा जर्जियालाई मानवीय सहायता पठायो। [१२]
  • पोल्यान्ड – पोल्यान्ड, लिथुआनिया, इस्टोनिया, युक्रेनका राष्ट्रपति र लाटभियाका प्रधानमन्त्रीले २००८ अगस्ट १२ मा जर्जियाका राष्ट्रपति सँग भेटे र त्बिलिसी संसद अगाडि भएको र्यालीमा सहभागी भए। त्यो र्यालीमा करिब १,५०,००० मानिसहरू थिए। भीडले पोलिस राष्ट्रपतिको भाषणमा "पोल्यान्ड" "पोल्यान्ड", "दोस्ती दोस्ती", र "जर्जिया जर्जिया"को नारा लगायो।[१३]
  • हङ्गेरी – हंगेरीका विपक्षी नेता भिक्टर ओर्बानले रुसी [१४]
  • युक्रेन – राष्ट्र्पति भिक्टर युसेन्कोले युक्रेन र रसिया बीचको क्रिमिया सेवास्तापुलमा नौसेना शिविर राख्ने सम्बन्धि करार सम्झौता २०१७ पछि लम्बाउन नहुने सुझाव दिए। युक्रेनीहरूले रुस समर्थक क्रिमिया रुसद्वारा हुने सैन्य हस्तक्षेपको कारण बन्ने शंका गर्थे।[१५]

फ्रान्स र जर्मनीले दोषी पक्षको नाम उल्लेख नगरीकन मध्यवर्ती बाटो रोजे।[१६]

  • युरोपेली युनियन – अगस्ट ८ मा, फ्रान्स (जसले युरोपेली संघको अध्यक्षता गरिरहेको थियो)ले घोषणा गर्यो कि इयु र संयुक्त राज्यले युद्धविराम वार्ताको लागि संयुक्त प्रतिनिधि पठाउनेछन्।[१७]
  • जर्मनी – जर्मन चान्सलर एन्जेला मर्केल जर्जियाको मानवीय संकटको सरोकारको आफ्नो सन्देश पठाइन् र युद्ध बन्द गर्न अनुरोध गरिन्। [१८]

केही नेताहरूले रुसी कित्ताको समर्थन गरे:

  • इटाली – इटालीका विदेशमन्त्री फ्रान्को फ्रातिनीले भने,"हामी युरोपमा रुस बिरोधी गठबन्धन बनाउन सक्दैनौं, र यो बिन्दुमा हामी पुटोनको कित्तासँग नजिक छौ।" उनले भ्लादिमिर पुटिन र इटालीका प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी नजिकको साझेदार रहेको कुरामा जोड दिए।[१६]
  • बेलारुस – अगस्ट १९ मा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बताए, "रसियाले शान्तपूर्ण, बुद्धिमानीपूर्वक र सुन्दर तरिकाले कदम चाल्यो।"[१९]

युद्ध रोक्न कुनै जिम्मेवारी नलिएकोमा २००८ अगस्ट १२ मा जर्जि याले कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्सबाट बाहिरिने घोषणा गर्यो। जर्जियाको बहिर्गमन २००९ अगस्टबाट प्रभावमा आयो। [२०]

प्राज्ञिक मार्टिन मलेकका अनुसार, पश्चिमा देशहरूले "सानो र महत्त्वहिन" जर्जियाको लागि रसियासँग उत्तेजनापूर्ण तनाव गर्न आवश्यक ठानेनन्। "ककेसियन रिभ्यु अफ इन्टरनेसनल अफेयर्स" मा उनले लेखेका छन् कि पश्चिमा नीति निर्माताले रसियालाई एक्लाउन चाहेनन् किनभने "अन्तरास्ट्रिय समस्याहरू"को समाधानको लागि रसियाको सहयोग आवश्यक हुन्छ। [२१] युरोपेली संसदको विदेश मामिलाको समितिको २०१५ मे को प्रतिवेदनमा भनिएको थियो,"रुसी आक्रमकता र २००८ मा जर्जियाको क्षेत्रीय एकताको उल्लङ्घनमा इयुको प्रतिक्रियाले रसियालाई युक्रेनलाई समान व्यवहार गर्न प्रोत्साहित गरेको हुनसक्छ।[२२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hider, James (२७ अगस्ट २००८), "Russian-backed paramilitaries 'ethnically cleansing villages'", The Times, मूलबाट २७ अगस्ट २००८-मा सङ्ग्रहित। 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named iwpr_limbo
  3. "Statement by President of Russia Dmitry Medvedev", The Kremlin, २६ अगस्ट २००८, मूलबाट २ सेप्टेम्बर २००८-मा सङ्ग्रहित। 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named troops_to_stay
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ Volume II 2009.
  6. Eka Tsamalashvili; Brian Whitmore (१४ नोभेम्बर २००८), "Eyewitness Accounts Confirm Shelling Of Georgian Villages", Radio Free Europe / Radio Liberty, मूलबाट २३ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  7. Håkan Karlsson (१२ सेप्टेम्बर २०१६), "Competing Powers: U.S.-Russian Relations, 2006–2016", Swedish Defence University, पृ: ५०, मूलबाट २२ जनवरी २०१७-मा सङ्ग्रहित। 
  8. "Carl Bildt oroad över utvecklingen", Aftonbladet (स्विडेनीमा), ८ अगस्ट २००८, मूलबाट ९ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  9. "Sweden evokes Hitler in condemning Russian assault", The Local, ९ अगस्ट २००८, मूलबाट १० अगस्ट २००८-मा सङ्ग्रहित। 
  10. "Foreign Secretary deplores continued fighting in Georgia (09/08/2008)", Foreign and Commonwealth Office, मूलबाट २८ अगस्ट २००८-मा सङ्ग्रहित। 
  11. "Moscow threatens Georgia regime, says Bush", Financial Times, १२ अगस्ट २००८, मूलबाट २२ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१६ 
  12. Ben Smith (२ मार्च २०१०), "U.S. pondered military use in Georgia", Politico.com, मूलबाट ६ फेब्रुअरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१० 
  13. "Lech Kaczyński: jesteśmy tu po to, by podjąć walkę", Rzeczpospolita (पोल्यान्डेलीमा), १२ अगस्ट २००८, मूलबाट ११ जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१२ 
  14. "Orbánnak 56 jutott eszébe az orosz hadmûveletekrõl" (हङ्गेरियालीमा), index.hu, १४ अगस्ट २००८, मूलबाट २३ डिसेम्बर २०१०-मा सङ्ग्रहित। 
  15. Bridget Kendall (२१ अगस्ट २००८), "Russia's Neighbours Go Their Own Way", BBC News, मूलबाट ६ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  16. १६.० १६.१ Bennhold, Katrin (१२ अगस्ट २००८), "Differences emerge in Europe of a response to Georgia conflict", International Herald Tribune, मूलबाट २१ अगस्ट २००८-मा सङ्ग्रहित। 
  17. "La Géorgie et la Russie s'affrontent pour le contrôle de l'Ossétie du Sud", Le Monde (फ्रान्सेलीमा), ८ अगस्ट २००८, मूलबाट ९ अगस्ट २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २००८ 
  18. "Angela Merkel calls for immediate ceasefire", Bundeskanzlerin, ११ अगस्ट २००८, मूलबाट ३१ अगस्ट २००८-मा सङ्ग्रहित। 
  19. "Belarus leader applauds Russian response to South Ossetia crisis", RIA Novosti, १९ अगस्ट २००८, मूलबाट ३ सेप्टेम्बर २००८-मा सङ्ग्रहित। 
  20. "Georgia Finalizes Withdrawal From CIS", RFE/RL, १८ अगस्ट २००९, मूलबाट १५ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  21. Martin Malek (मार्च २००९), "Georgia & Russia: The 'Unknown' Prelude to the 'Five Day War'", Caucasian Review of International Affairs 3 (2): 227–232, मूलबाट १५ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१४ 
  22. Committee on Foreign Affairs (२१ मे २०१५), "REPORT on the strategic military situation in the Black Sea Basin following the illegal annexation of Crimea by Russia (2015/2036(INI))", European Parliament, मूलबाट ७ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अप्रिल २०१९ 

टिप्पणीहरू[सम्पादन गर्ने]

  1. South Ossetia's status is disputed. It considers itself to be an independent state, but this is recognised by only a few other countries. The Georgian government and most of the world's other states consider South Ossetia de jure a part of Georgia's territory.
  2. ढाँचा:Abkhazia-note
  3. यस युद्धलाई पाँच दिने युद्ध, अगस्ट युद्धरूसको जर्जियाा माथि हमलाको नामले समेत चिनिन्छ

थप पठन[सम्पादन गर्ने]

  •  9780230102286
  •  9780765625090
  •  9780199590636
  • जोन्स, स्टिफन एफ । आधुनिक जर्जियाको मेकिंग, सन् १९१८-२०१२: पहिलो जर्जियाली गणतन्त्र र यसको उत्तराधिकारी (सन् २०१४)
  • मन्कोफ, जेफ्री।रुसी विदेश नीति: महान शक्ति राजनीतिको वापसी (दोस्रो संस्करण। सन् २०११)।
  • स्टेन्ट, एन्जेला ई । साझेदारीको सीमाहरू: बीस-पहिलो शताब्दीमा अमेरिका-रुसी सम्बन्ध (सन् २०१५)

बाह्य कडीहरू[सम्पादन गर्ने]

जर्जिया

रुस

अन्तर्राष्ट्रिय

सञ्चार माध्यम

वृत्तचित्र