बोरिस येल्तसिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बोरिस येल्तसिन
Борис Ельцин
Борис Николаевич Ельцин-1 (cropped).jpg
प्रथम रसियाका राष्ट्रपति
कार्यकाल
10 July 1991 – 31 December 1999
Prime Minister Ivan Silayev
Oleg Lobov (Acting)
Yegor Gaidar (Acting)
Viktor Chernomyrdin
Sergey Kiriyenko
Yevgeny Primakov
Sergei Stepashin
भ्लादिमिर पुटिन
अग्रज Inaugural holder (or Boris Yeltsin as the Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR)
उतराधिकारी भ्लादिमिर पुटिन
Head of Government of Russia
कार्यकाल
6 November 1991 – 15 May 1992
अग्रज Oleg Lobov (Acting)
(Chairman of the Council of Ministers — Government of the Russian SFSR)
उतराधिकारी Yegor Gaidar (Acting)
(Prime Minister of the Russian Federation)
Chairman of the Presidium of the Supreme Soviet of the Russian SFSR
कार्यकाल
29 May 1990 – 10 July 1991
राष्ट्रपति मिखाइल गोर्बाचोभ
अग्रज Vitaly Vorotnikov
उतराधिकारी Ruslan Khasbulatov (Acting)
First Secretary of the Moscow City Committee of the सोवियत संघको कम्युनिस्ट पार्टी
कार्यकाल
23 December 1985 – 11 November 1987
नेता मिखाइल गोर्बाचोभ
(सोवियत संघको कम्युनिस्ट पार्टीको महासचिव )
अग्रज Viktor Grishin
उतराधिकारी Lev Zaykov
व्यक्तिगत विवरण
जन्म बोरिस निकोलयविच येल्तसिन
(१९३१-०२-०१)१ फेब्रुअरी १९३१
Butka, Ural Oblast, Russian SFSR, Soviet Union
मृत्यु २३ अप्रिल २००७(२००७-०४-२३) (७६ वर्ष)
Moscow, Russia
ठेगाना Novodevichy Cemetery
राष्ट्रियता Russian
राजनीतिक पार्टी Independent (after 1990)
अन्य राजनीतिक
संलग्नता
सोवियत संघको कम्युनिस्ट पार्टीको महासचिव (1961–1990)
जीवन साथी(हरू) Naina Yeltsina
सन्तान(हरू) 2, ताच्याना दीईचेन्को
निवास मस्को क्रेमलिन
अल्मा माटर Ural State Technical University
सहीछाप

बोरिस निकोलयविच येल्तसिन (रसियन: Бори́с Никола́евич Е́льцин, IPA: [bɐˈrʲis nʲɪkɐˈlaɪvʲɪtɕ ˈjelʲtsɨn] ( ); १ फेब्रुअरी १९३१ – २३ अप्रिल२००७) सोभियत युनियन र रूस राजनीतिज्ञ र रूसको पहिलो राष्ट्रपति १९९९ देखि १९९९ सम्मको सेवा गरिरहेका थिए।

रूसी महासंघका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्छन्, यो सम्झना प्राय: रुस बाहिर गरिन्छ। तर, उनलाई महाशक्ति राष्ट्र सोभियत संघको बिघटन एवम् बिसर्जन गराउने खलनायकका रुपमा लिने मानिसहरूको पनि रुस लगायत पूर्वसोभियत गणराज्यहरूमा कमि छैन।

आलोच्य कामहरू[सम्पादन गर्ने]

रूसी महासंघको नेतृत्वमा स्थापित भएपछि येल्तसिनले धेरै आलोच्य कामहरू गरे। ती मध्ये केही उदाहरण मात्र पनि उनको प्रवृति हेर्न प्रयाप्त हुनेछन्।

येल्त्सिन अवसरलाई आफ्नो पक्षमा राम्रोसँग उपयोग गर्न जान्ने नेता हुन्। सोभियत कम्युनिस्ट पार्टीमा प्रवेश गरेर सबै सुविधाहरू लिँदै पार्टीको पोलिटब्युरो सदस्यसम्म पुगीसकेपछि रूसमा आउन लागेको परिवर्तनको छनक पाउनासाथ उनले कम्युनिस्ट पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गर्दै आफूलाई प्रजातान्त्रिक खेमाको नेताको रूपमा उभ्याउन पुग्नु सिद्धान्तत: गलत मानिए पनि उनको लागि यो फलिफापको बिषय बन्यो।

साइबेरियाको एकाटेरिनबर्ग सहरमा कम्युनिस्ट पार्टी प्रमुख हुँदा अन्तिम रुसी सम्राट निकोलस द्वितीय र उनको परिवारका सदस्यहरूलाई निर्ममतापूर्वक हत्या गरिएको प्रख्यात “ईपाटेभ हाउस”लाई येल्तसिनले ध्वस्त पारिदिएका थिए। (यद्यपि उनले आफ्नो आत्मवृतान्त “ईस्पोभेद ना ज़ादान्नुयू तेमु” मा यस कार्यप्रति आफूलाई जीवनपर्यन्त पश्चाताप लागेको कुरा उल्लेख गरेका छन्)। जार शाहीको हत्या भएको पचास बर्ष नाघिसक्दा पनि सर्वसाधारण रूसीहरू श्रद्दापूर्वक त्यस घरमा फूल चढाउन आउने क्रम नरोकिएपछि क्रेमलिन र सोभियत शासकहरू हैरान हुन पुगेका थिए। “नरहे बाँस, नबजे बाँसुरी” भने झैँ घर नै नस्ट गर्न सके श्रद्धापूर्वक मानिसहरू त्यहाँ आउने क्रम रोकिनेछ भन्ने सोचले “ईपाटेभ हाउस” ध्वस्त पारिएको थियो।

साम्यवादी व्यवस्थाको पतनपछि भने सन् १९९३ मा निकोलस द्वितीय र शाही परिवारका सदस्यहरूको हत्या गरिएको ७५ बर्षपछि सेन्ट पिटर्सवर्गमा राजकीय सम्मानका साथ उनीहरुको अन्त्येस्टि गर्ने काम पनि येल्तसिनले नै गराएका थिए।

बेलाभेजा सन्धी[सम्पादन गर्ने]

दायाँ बाट: लियोनिद क्राभ्चुक , स्टानिस्लाव सुस्केविच र बरिस येल्तसिन, बेलाभेजा सन्धीमा हस्ताक्षर गरेपछि

उनले गरेको अर्को अदूरदर्शी निर्णय बेलारूसको बेलाभेजस्काया पुस्चा राष्ट्रिय निकुन्जको एक रिसोर्टमा युक्रेन र बेलारुसका तत्कालीन राष्ट्रपतिहरूसँग गरिएको बेलाभेजा सन्धी हो। बेलाभेज्स्कमा सन् १९९१ को अक्टोबर महिनामा बरिस येल्तसिन, लियोनिद क्राभ्चुक र स्टानिस्लाव सुस्केविचले बेलाभेजा सन्धी गरेको दुई महिनापछि बिधिवत सोभियत संघ विघटन हुन पुगेको थियो। सोभियत राष्ट्रपति मिखाइल गोर्वाचोभलाई जानकारी नै नदिई गरिएको यो सन्धि सबैभन्दा पहिला अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस (प्रथम) लाई फोनबाट जानकारी गराइएको थियो। यसबाट पनि उनको राष्ट्रबादिता र बफादारिताको बिन्दु सजिलै थाहा पाउन सकिन्छ।

असीमित अधिकार निहित पार्ने प्रयास[सम्पादन गर्ने]

सन् १९९३ मा येल्तसिनले रूसको संविधान परिवर्तन गरी राष्ट्रपतिमा असीमित अधिकार निहित पार्ने प्रयास गरे। रुसको संसद स्टेट ड्युमाका तत्कालीन सभामुख रुस्लान हज्बुल्लातोभ लगायत उपराष्ट्रपति अलेक्सान्द्र रुत्स्कोई सहित केही दर्जन सांसदहरूले यसको प्रतिकार गरे। स्थिति निकै गम्भीर बन्दै गयो। केही सांसद सहित सभामुख र उपराष्ट्रपतिले संसद भवनमा धर्ना दिए। येल्तसिनले संसद भवन ड्युमाभित्र बिरोधीहरूलाई निर्द्यतापूर्वक ट्यांक र गोला बारुद प्रयोग गरी दमन गर्न दिएको निर्देशनलाई प्रजातान्त्रिक आचरण भनेर कसरी ब्याख्या गर्ने? धन्न विरोधीहरुले छिट्टै आत्मसमर्पण गरेकाले त्यस घटनामा मानवीय क्षति भने हुन पाएन। त्यस घटनापछि रुसको संसद भवन “सेतोघर” भने ट्यांक र गोलाबारुदले क्षतविक्षत हुन पुगेको थियो।

कौडीको मूल्यमा निजीकरण[सम्पादन गर्ने]

सन् १९९० को मध्यतिर अमेरिकाविश्व बैंकको दबाबमा ७५ बर्षदेखि स्थापित ठूला-ठूला ग्यास, तेल कम्पनी, कलकारखाना र उद्योगधन्दाहरू मात्र नभई राष्ट्रिय संचार माध्यम समेत कौडीको मूल्यमा निजीकरणका नाममा केही व्यक्तिहरूको स्वामित्वमा आयो। पश्चिमी अर्थशास्त्रीहरूले “सक थेरापी ईन इकोनोमिक्स” नाम दिएको यो निजीकरण अभियानले राज्यको अधिकतम् अर्थतन्त्र केही कुलीन युवा (ओलिगार्ख) हरुको नियन्त्रणमा पर्न गयो।

चेचेन बिद्रोहीहरूलाई दबाउन नसक्नु / चेचेन युद्ध[सम्पादन गर्ने]

रूसी सेनाको ठूलो शक्ति प्रयोग गर्दा पनि प्रथम चेचेन युद्धमा बिद्रोहीहरूलाई दबाउन नसक्नु उनको ठूलो असफलता थियो। तत्कालीन रक्षामन्त्री जर्नेल पावेल ग्राचेवले २४ घण्टाभित्र सजिलै चेच्न्याको राजधानी ग्रोज्नी शहर कब्जामा लिन सकिन्छ भनेर सुरु गरेको चेचेन विद्रोहीसँगको त्यो युद्ध पुटिन राष्ट्रपति भएपछि मात्रै टुंगिएको थियो।

चरम भ्रस्टाचार र अराजकता[सम्पादन गर्ने]

येल्तसिनको शासनकालभरि रुसमा चरम भ्रस्टाचार र अराजकता ब्याप्त रह्यो। नागरिकहरूले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्दैनथे। देश संगठित आपराधिक समुहको नियन्त्रणमा थियो। कानुनी राज्यको कल्पना धेरैपरको बिषय थियो।बिहान घरबाट निस्केको व्यक्ति साँझ सकुशल घर फर्केला कि नफर्केला भन्नेमा परिवारका सदस्य चिन्तित रहन्थे।

रुसको राष्ट्रिय मुद्रा रुबलप्रति आमनागरिकहरुको यति अविस्वास थियो कि आफ्नो रास्ट्रिय मुद्रालाई रुसी जनता देरेभ्यान्नी रुबल (काठको मुद्रा) भनी व्यंग्य गर्थे। आफूसँग केही रकम बचत हुनासाथ नागरिकहरु बैंकमा बिदेशी मुद्रा सटही गरी सुरक्षित हुन चाहन्थे। हुँदाहुँदा यस्तो दिन पनि आयो, जब राष्ट्रिय मुद्रा रुबल एकै रातमा कैयौं गुणाले अवमूल्यन हुनपुग्यो। रुबलले बिश्वास गुमाएको सन् १९९८ अगस्त १७ को त्यो रातलाई ब्ल्याक ट्युस्डेको रुपमा रुसी जनताहरु अझै पनि सम्झने गर्छन्। एकै रातमा मानिसहरु आर्थिक रुपले टाकुराबाट बालुवामा पछारिएका थिए, करोडपतिबाट टाट पल्टिएका थिए। चरम मुद्रास्फीतिका कारण दैनिक उपभोग्य बस्तुको बजार मूल्य धान्नै नसकिने गरी आकासिएको थियो। पुटिन सत्तामा आएपछि छोटो समयमै मुद्रास्फीति केही हदसम्म नियन्त्रणमा आयो। संगठित आपराधिक समुहलाई पुटिनले तह लगाए पनि भ्रस्टाचारको बिषवृक्ष भने रुसमा अझै मौलाउँदो छ।

असहिष्णु प्रजातान्त्रिक आचरण[सम्पादन गर्ने]

बिपक्षीसँग सहिष्णु हुनुपर्ने प्रजातान्त्रिक आचरण उनमा कमै देखिन्थ्यो। येल्तसिनले आफ्नो शासनकालभर राजनीतिक आस्थाका आधारमा कसैलाई बन्दी नबनाए पनि रुसको प्रतिपक्षी पार्टीलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए। रुसको संबैधानिक अदालतको निर्णयपछि मात्रै बिपक्षी पार्टीलाई लगाएको प्रतिबन्ध हटेको थियो।

उपराष्ट्रपति गेन्नाडी येनायेभ, केजीबी प्रमुख भ्लादिमिर क्र्युचकोभ आदि ७जना उच्च पदमा आसिन व्यक्तिहरुले सन् १९९१ को अगस्त १९ मा राज्य विप्लव (पुत्च) गरी सोभियत राष्ट्रपति मिखाइल गोर्बचोभलाई अपदस्थ गर्ने प्रयास गरेका थिए। सो कदम असफल पार्न येल्तसिनले गरेको प्रयास निक्कै प्रसंशनीय छ तर सो घटनापछि उनले राष्ट्रपति गोर्बचोभलाई गरेको ब्यबहार भने निन्दनीय थियो।

मदिरा प्रेमी[सम्पादन गर्ने]

येल्तसिन मदिरा प्रेमी थिए। रुसमा धेरथोर मादक पदार्थ अधिकांश मानिसहरु सेवन गर्छन्। मदिराप्रेमका कारण सार्वजनिक पद धारण गरेका कतिपय व्यक्तिहरु समेत यदाकदा बिबादमा परिरहन्छन। तर राष्ट्रप्रमुखका रुपमा येल्तसिनले देश भित्र र बाहिर केही सार्वजनिक समारोहमा मातिने गरी मादक पदार्थ सेवन गरेको घटना राष्ट्रपति जस्तो मर्यादित पदको लागि पटक्कै सोभनीय मानिदैन।

अवसर[सम्पादन गर्ने]

बाँकी रह्यो सोभियत साम्राज्यको पतन गराई रुसलाई प्रजातन्त्र र खुला बजार अर्थतन्त्रमा प्रवेश गराउने नेताको रुपमा उनको छविको कुरा। बाहिर देख्दा महाशक्ति जस्तो देखिने सोभियत साम्राज्य जरैदेखि पूरै मक्किसकेको थियो। त्यो साम्राज्य जो कोहीको सानो प्रहारले पनि ढल्ने निश्चित थियो। येल्तसिनलाई त्यो प्रहार गर्ने अवसर मात्रै जुरेको हो। जर्जर भई सकेको राज्यनियन्त्रित अर्थब्यबस्थालाई त्यही रुपमा धेरै अघि तान्न सकिदैन भन्ने बोध गरेर नै मिखाइल गोर्बचोभले सन् १९८५ मा नैग्लासनोस्त र पेरेस्त्रोइका नामको सुधार अभियान सुरु गरेका थिए।

प्रधानमन्त्री[सम्पादन गर्ने]

राजिनामा दिएपछि पुटिन र अलेक्जेन्डर भोलोसिन को साथमा येल्तसिन

आफ्नो १० बर्षे शासनकालमा उनले यति धेरै गल्ति गर्न पुगे कि भोलि आफू सत्तामा नरहँदा महाअभियोग लगाएर कठघरामा उभिनु पर्ला भन्ने उनलाई डर थियो। फलस्वरूप उनले झन्डै डेढ बर्षसम्म विश्वासिलो उत्तराधिकारी खोज्ने काम मात्र गरे। डेढ बर्षको अबधिमा ४ जना प्रधानमन्त्रीको नियुक्ति र बर्खास्तगी त्यसैको परिणाम थियो। सन् १९९६ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनी प्राय: निष्क्रिय रहे। स्वास्थ्य प्रतिकुल बन्दै गएपछि १९९९ को डिसेम्बर महिनामा भ्लादिमिर पुटिनलाई सत्ता हस्तान्तरण गर्न उनले गरेको निर्णय भने स्वागतयोग्य मानिन्छ। आफ्नो दोश्रो कार्यअवधि बाँकी छदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरे। त्यसअघि कुनै पनि सोभियत नेताले स्वेच्छाले आफ्नो पद छोडेको इतिहास छैन। भ्लादिमिर पुटिनले छोटो समयमै कमजोर अर्थतन्त्र र अराजकताले जर्जर, अस्तव्यस्त तथा बिखण्डनको संघारमा पुगी सकेको ८९ वटा संघीय राज्य मिलेर बनेको रुसी महांसघलाई टुक्रिनबाट बचाउन र टाट पल्टी सकेको अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गरे।

अदूरदर्शी[सम्पादन गर्ने]

येल्तसिन बिद्रोही नेता अवस्य हुन। उनलाई एक दूरदर्शी राजनेता भने मान्न सकिदैन। मानवीय कमजोरी सबैका हुन्छन्। तर एक राजनेतामा हुनु पर्ने गुणहरु उनमा बिरलै पाइन्थ्यो। रुसी इतिहासको एउटा कालखण्डमा बिशेष परिस्थिति (मोब) का कारण सिर्जना हुन पुगेका नेता हुन उनी। यस्ता बिशेष परिस्थितिका उपज हरेक देशको राजनीतिमा हुन्छन। परिस्थितिले उनलाई सुनौला अक्षरले आफ्नो नाम रुसी इतिहासमा अंकित गराउने अवसर प्रदान गरेको थियो। एउटा सम्भावनायुक्त राजनेता त्यति छिटै स्ख:लित हुनपुग्दा त्यसले धेरैलाई निराश तुल्याएको थियो।

भ्रस्टाचारमा उनी आफू सायदै संलग्न भए होलान्। तर आफ्नो परिवार र नजिकका आफन्तहरुले भ्रस्टाचार गरिरहँदा उनी मूकदर्शक बनिरहे। उनकी छोरी ताच्याना दीईचेन्कोको हस्तक्षेपकारी भूमिका आम रुसी नागरिकहरुलाईअपाच्य भै सकेको थियो।

निरङ्कुश र भ्रष्ट नेताको पगरी लगाई दिंदा उनीमाथि सायद अन्याय हुन जाला। तर इतिहासले उनलाई एक लहडी, अदूरदर्शी, गैरजिम्मेवार र आत्मकेन्द्रित शासकका रुपमा सधैँ सम्झिरहनेछ।

नामहोस् वा बद्नाम,येल्त्सिन गुमनाम भएनन्। चलचित्रको यो सम्वाद राजनीतिक जीवनमा अत्यन्तै महँगो हुन्छ। बालुवामा औंलाले लेखिने लेखोट र स्वर्णपत्रमा लेखिने इतिहासको महत्व तथा आयु सबैलाई थाहै छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]