दिमित्री मेदभेदेभ
दिमित्री मेदभेदेभ | |
|---|---|
Дмитрий Медведев | |
सन् २०२४ मा मेदभेदेभ | |
| रूसको राष्ट्रपति | |
| पदमा ७ मे २००८ – ७ मे २०१२ | |
| पूर्वाधिकारी | भ्लादिमिर पुतिन |
| उतराधिकारी | भ्लादिमिर पुतिन |
| रूसको प्रधानमन्त्री | |
| पदमा ८ मे २०१२ – १६ जनवरी २०२० | |
| राष्ट्रपति | भ्लादिमिर पुतिन |
| पूर्वाधिकारी | भ्लादिमिर पुतिन भिक्तोर जुबकोभ (कार्यवाहक) |
| उतराधिकारी | मिखाइल मुसुस्तिन |
| रूसको सुरक्षा परिषद्को उपाध्यक्ष | |
| पदमा १६ जनवरी २०२० | |
| सभापति | भ्लादिमिर पुतिन |
| पूर्वाधिकारी | कार्यालय स्थापना गरिएको |
| संयुक्त रूसका अध्यक्ष | |
| पदमा २६ मे २०१२ | |
| पूर्वाधिकारी | भ्लादिमिर पुतिन |
| प्रथम रूसी उपप्रधानमन्त्री | |
| पदमा १४ नोभेम्बर २००५ – १२ मे २००८ | |
| पूर्वाधिकारी | मिखाइल कासियानो |
| उतराधिकारी | भिक्तोर जुबकोभ इगोर सुभालोफ |
| क्रेमलिनको राज्य प्रमुख | |
| पदमा ३० अक्टोबर २००३ – १४ नोभेम्बर २००५ | |
| राष्ट्रपति | भ्लादिमिर पुतिन |
| पूर्वाधिकारी | आलेकसान्देर भोलोसिन |
| उतराधिकारी | सेर्गेई सोरियानिन |
| व्यक्तिगत विवरण | |
| जन्म | १४ सेप्टेम्बर १९६५ लेनिनग्राद, रूसी सोभियत सङ्घात्मक समाजवादी गणराज्य, सोभियत सङ्घ |
| दल | संयुक्त रूस (सन् २०१२–हाल) |
| दम्पती | सभेतलाना लिननिक ( वि १९९३) |
| सन्तान | १ |
| शिक्षा | लेनिनग्राद राज्य विश्वविद्यालय |
| हस्ताक्षर | |
दिमित्री मेदभेदेभ (रुसी: Дми́трий Анато́льевич Медве́дев, आइपिए: [ˈdʲmʲitrʲɪj ɐnɐˈtolʲjɪvʲɪtɕ mʲɪˈdvʲedʲɪf] (
), जन्म: १४ सेप्टेम्बर १९६५) लेनिनग्रादमा जन्मिएका एक वरिष्ठ रुसी राजनीतिज्ञ हुन्, जो भ्लादिमिर पुतिनको नेतृत्वमा रहेको रूसको सुरक्षा परिषद्को उपाध्यक्षको रूपमा कार्यरत छन्।[१] सन् २०१२ मा उनी रुसको पहिलो प्रधानमन्त्री बनेका थिए भने यसअघि उनी सन् २००८ देखि सन् २०१२ सम्म रुसका तेस्रो राष्ट्रपतिको रूपमा सेवारत थिए।
दोस्रो कार्यकाल समाप्त गरेपछि सन् २००८ मा क्रेमलिनबाट विदा भएका भ्लादिमिर पुतिनले चार वर्षपछि फेरि राष्ट्रपति पद सम्हालेका थिए। पुतिन राष्ट्रपति पदमा फर्किए लगत्तै दिमित्री मेदभेदेभ भने प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पुतिन र मेदभेदेभबीचको शक्ति हस्तान्तरणलाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको थियो।
राजनीतिक जीवन
[सम्पादन]रुसको सेन्ट पिटर्सवर्गका नगर प्रमुख मेदभेदेभ राजनीतिक परामर्शक थिए। यसअघि उनी राजनीतिक प्रचार प्रबन्धकको रूपमा राजनैतिक क्षेत्रमा प्रवेश गरेका थिए।[२] त्यस समयदेखिनै भ्लादिमिर पुतिन र मेदभेदेभको सम्बन्ध विकास हुँदै गएको थियो। सन् १९९९ को नोभेम्बरमा मेदभेदेभले रुसी राष्ट्रपतिको प्रशासनमा उपप्रमुखको रूपमा काम गरेका थिए। उनी सन् २००० को रुसी राष्ट्रपतीय निर्वाचनका लागि पुतिनको राजनैतिक प्रचार अभियानका व्यवस्थापक बनी काम गरेका थिए। मेदभेदेभ सन् २००५ मा रुसको प्रथम उपप्रधानमन्त्रीको रूपमा मनोनित हुँदै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूको निरीक्षण गरेका थिए।[३] सन् २००७ डिसेम्बर १० का दिन राष्ट्रपति चुनावका लागि चार राजनीतिक दलहरू; संयुक्त रुस, फेयर रुस, रुसको कृषि पार्टी र नागरिक शक्ति जस्ता राजनैतिक दलहरूले अनधिकृत रूपमा राजनैतिक अभियान सुरु गरेका थिए। सन् २००७ डिसेम्बर १७ का दिन उनलाई संयुक्त रुस नामक राजनैतिक दलको उम्मेदवारको रूपमा घोषणा गरिएको थियो भने निवर्तमान राष्ट्रपति भ्लादिमिर पुतिनको उम्मेदवारीले उनको उम्मेदवारी ओझेलमा पारेको थियो।[४] सन् २००८ मार्च २ का दिन आयोजित निर्वाचनमा मेदभेदेभले ७०.२८% मत प्राप्त गर्दै राष्ट्रपतीय निर्वाचन जित्न सफल भएका थिए भने सन् २००८ मे ७ का दिन उनले ग्रान्ड क्रेमलिनमा सपथ लिएका थिए। पछि उनी दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेका थिएनन्। सन् २०१२ को राष्ट्रपतीय निर्वाचन जित्दै राष्ट्रपति बनेका भ्लादिमिर पुतिनले उनलाई सन् २०१२ मे ७ का दिन प्रधानमन्त्रीको रूपमा नियोग दिएका थिए।[५][६] सन् २०१२ मे २६ का दिन उनलाई संयुक्त रुस पार्टीको प्रमुखको रूपमा आधिकारिक घोषणा गरिएको थियो।
विदेश नीति
[सम्पादन]

मेदभेदेभ राष्ट्रपति भएको तीन महिनापछि अगस्टमा रूसले जर्जिया विरुद्ध सन् २००८ दक्षिणी ओसेटिया युद्धमा सहभागी भयो। यस युद्धले गर्दा रुस र अमेरिका बीचको सम्बन्ध शीत युद्ध पछि कै सबैभन्दा खराब अवस्थामा पुगेको थियो। सन् २००८ अगस्ट २६ को दिन रुसको सङ्घीय सभामा सर्वसम्मतले प्रस्ताव पारित भएपछि मेदभेदेवले अबखाजिया र दक्षिण ओसेटियालाई स्वतन्त्र राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिने राष्ट्रपतीय आदेश जारी गरेका थिए[१०] जुन कदमलाई जि ७ समूहले निन्दा गरेको थियो।[११]
सन् २००८ अगस्ट ३१ मा, मेदभेदेवले उनको सरकार मातहत रुसी विदेश नीतिमा केही परिवर्तन गरे, जुन तल उल्लेखित पाँच मुख्य सिद्धान्तमा आधारित थियो:[१२]
- अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू सर्वोच्च छन्।
- विश्व एक ध्रुवीय हुनेछ।
- रुसले अन्य राष्ट्रसँग युद्धमा भाग लिने छैन।
- रुसले आफ्ना नागरिकहरूलाई जहाँ भएपनि संरक्षण गर्नेछ।
- रूसले मैत्रीपुर्ण क्षेत्रीय सम्बन्ध गास्नेछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Security Council structure", en.kremlin.ru/, अन्तिम पहुँच २४ जनवरी २०२०।
- ↑ Umland, Andreas, (११ डिसेम्बर २००७), The Democratic Roots of Putin's Choice, अन्तिम पहुँच १० मई २००८।
- ↑ (१० डिसेम्बर २००७), Дмитрий Медведев выдвинут в президенты России, Lenta.Ru, अन्तिम पहुँच ३० नोभेम्बर २००८, (रुसी भाषामा)।
- ↑ ABC Live, Abclive.in, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१०।
- ↑ Putin returns as Russia's president amid protests – CNN.com. Edition.cnn.com (7 May 2012). Retrieved 10 May 2012.
- ↑ Putin Proposes Medvedev As Russian Prime Minister. Rttnews.com (7 May 2012). Retrieved 10 May 2012.
- ↑ "Burger Time for President's Obama and Medvedev−", YouTube.com, The Associated Press, USA, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७।
- ↑ [</nowiki>https://www.youtube.com/watch?v=_KR4S4ge114&t=13s<nowiki> "Burger Time for President's Obama and Medvedev −"]
|url=योजना जाँच गर्ने (सहायता), YouTube.com, Russia Today, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७। - ↑ "Burger Time for President's Obama and Medvedev−", Russia Today, २५ जुन २०१०, अन्तिम पहुँच ८ अप्रिल २०१७।
- ↑ Russia recognises Georgian rebels, BBC, 26 August 2008. Retrieved 27 August 2008.
- ↑ Russia faces fresh condemnation, BBC, 27 August 2008. Retrieved 29 August 2008.
- ↑ "Medvedev outlines five main points of future foreign policy", En.rian.ru, अन्तिम पहुँच २४ डिसेम्बर २००८।
बाह्य कडीहरू
[सम्पादन]
दिमित्री मेदभेदेभसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।- व्यक्तिगत वेबसाइट
- आधिकारिक ब्लग अभिलेखिकरण २०१२-०५-११ वेब्याक मेसिन
- आधिकारिक वेबसाइट रुसका प्रधानमन्त्रीहरू
- आधिकारिक पृष्ठ भिकेमा
[[