सिरियाली गृहयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिरियाली गृहयुद्ध (अरबी: الحرب الأهلية السورية, Al-ḥarb al-ʼahliyyah as-sūriyyah) सिरियामा चलिरहेको बहु पक्षीय शशस्त्र युद्ध हो। यो मुख्यतः रास्ट्रपति बसर अल असद नेतृत्वको सिरिया अरब गणतन्त्र र बिद्रोही बिचको गृहयुद्ध हो।

द्वन्द्व सुरु हुनुभन्दा पहिला सिरियामा राष्ट्रपति बसर अल असदको राष्ट्रपतिकालमा उच्च बेरोजगारी एवम् भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भनेर गुनासो सुनिने गरिन्थ्यो।

असदले सन् २००० मा आफ्ना बुवा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए।

छिमेकी देशहरूमा भएको "अरब क्रान्ति"को प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनहरू भए।

सिरियाको अस्थिरता २०११ को अरब क्रान्तिको लहर संगै बढ्दै गयो। असद सरकारलाई हटाउनको लागि व्यापक विरोध प्रदर्शनहरु भए। सरकारले विरोधीहरूलाई दमन गर्न व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि विरोध प्रदर्शनहरू भए।[१][२] १५ मार्च २०११ मा दमास्कस र एल्लेप्पो मा सुरु भएको युद्ध[३] विभिन्न पक्षमा लडिए: सिरियन आर्म्ड फोर्स र यसका अन्तरास्ट्रिय सहयोगी, सुन्नी सिरियन बिपक्षी विद्रोही समुह (फ्रि सिरियन आर्मी र अल नुस्रा लगायतका सलाफी जिहादी सहित), कुर्दिस-अरब समुह, सिरियन डेमोक्रेटिक फोर्स (SDF), र आइ.एस.आइ.एस। इरान, रसिया, टर्की, साउदी अरब, अमेरिका लगायतका राष्ट्रहरु पनि एक पक्ष वा अर्को पक्षलाई सहायता दिएपछि यो छद्मयुद्धमा परिणत भयो।

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

असद सरकार[सम्पादन गर्नुहोस्]

१९६३ मा कु द्वारा गैर-धार्मिक अरब समाजवादी बाथ पार्टीको सिरिया शाखा सत्तामा पुग्यो। धेरै वर्ष, सिरियामा थओ कु र नेतृत्व परिवर्तन भए।[४] १९७१ मा हफिज अल असदले आफूलाई सिरियाको राष्ट्रपति घोषणा गरेपछि मात्र यो क्रम रोकियो।

बाथ पार्टीको नेतृत्वमा सिरिया एक दलीय राज्य जस्तै भएको थियो। सन् २०१२ मा संसदको बहुदलीय निर्वाचन भयो।[५] सन् १९७३ जनवरी ३१ मा, हफेज अल-असदले एक नया,संविधान जारी गरे। यो संविधानबाट देशमा राष्ट्रिय संकट सुरु भयो। अघिल्लो संविधान अनुसार राष्ट्रपति बन्नको लागि मुस्लिम हुनु अनिबार्य थियो। यो संविधानमा यो सर्त हटाइएको थियो। यस संवैधानिक सुधारको बिरुद्ध हामा, होम्स र एलोप्पो सहरमा हिंसात्मक प्रदर्शन भए। यसको आयोजक मुस्लिम ब्रदरहुड र उलेमा थिए। १९७६ देखि १९८२ सम्म इस्लामी, मुख्यतः मुस्लिम ब्रदरहुडका सदस्य, द्वारा शृङ्खलाबद्ध ससस्त्र संघर्ष भए।

२००० मा हफेज अल असदको मृत्यु भएपछिय उनका छोरा बसर अल असद, सिरियाको राष्ट्रपति निर्वाचित भए। बसर र उनका पनि अस्मा अल असद बेलायतमा पढेकाले, [६] सुरुमा प्रजातान्त्रिक सुधारको अपेक्षा गरिएको थियो; यद्यपि उनका आलोचकहरूका अनुसार, बसर अल असद आफ्नो सुधारको वाचा निभाउन असफल भए। .[७] राष्ट्रपति बसर अल असदके "नरम बिपक्षी" नभएको बताएक थिए र सबै बिपक्षीहरू जिहादी रहेको बताए र तिनको उद्देश्य अहिले सहिष्णु नेतृत्वलाई अन्य रहेको बताए। उनको दृष्टिकोणमा सिरियामा सञ्चालित आतंकबादी सङ्गठनहरू "बिदेशी राष्ट्रका एजेन्डासँग जोडिएका छन्।" .[८]

सामाजिक आर्थिक पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

हफिज अल असदले आफ्नो शासनकालको उत्तरार्धमा खुला बजारको नीति सुरु गरेपछि सामाजिक तथा आर्थिक असमानता बढ्यो। बसल अल असद सत्तामा पुगेपछि यो खाडल झनै द्रुत गतिले ठूलो भयो। यो नीतिले, सेवा क्षेत्रलाई प्राथमिकता दियो, केहि मानिस मात्र, जो सरकारसँग जोडिएका थिए र दमास्कस तथा एलेप्पोमा रहेका सुन्नी व्यापारी वर्गका मात्र, लाभान्वित भए।[९] २०१० मा, सिरियाको प्रति व्यक्ति जिडिपी मात्र २,८३४ डलर थियो। यो छिमेकी लेबनानको भन्दा निकै न्यून र नाइजेरियाको हाराहारीमा थियो। वार्षिक वृद्धिदर ३.३९ प्रतिशत थियो, जुन अन्य अधिकांश विकाशशिल राष्ट्रको भन्दा कम थियो।[१०]

देशमा उच्च युवा बेरोजगारीको समस्या पनि थियो।[११] युद्धको सुरुवातमा, सरकार बिरुद्धको असन्तुष्टटी, सिरियाको गरिब क्षेत्रमा धेरै थियो। [९] यसमा दरा, होम्स र ठूला सहरका गरिब क्षेत्र लगायतका उच्च गरिबी रहेका क्षेत्र पर्थे।

मानवअधिकार[सम्पादन गर्नुहोस्]

अन्तरास्ट्रिय सङ्गठनहरूके सिरियामा मानवअधिकारको अवस्था निकै निम्न स्तरमा रहेको बताइरहेका छन्। [१२] अभिव्यक्ति स्वतन्त्रताको अधिकार, भेला हुन पाउने अधिकार, बिद्रोह पूर्व पनि कडा रुपमा नियंत्रित थिए।[१३] देशमा 1९६३ देखि २०११ सम्म सङ्कटकाल लागेको थियो र पाँच जना भन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध थियो।[१४] सुरक्षा बललाई पक्राउ र नजरबन्द गर्न असिमित अधिकार थियो। [१५] २००० मा प्रजातान्त्रिक परिवर्तनको अपेक्षाको बाबजुद, बसल अल असद कुनै पनि सुधार गर्न असफल भए। "ह्युमन राइट वाच" २०११ मा विद्रोह सुरु हुनु केही अगाडि मात्र सत्ता सम्हालेयता बसर अल असदले सिरियाले मानवअधिकारको अवस्था सुधार गर्न नसकेको प्रतिवेदन जारी गरेको थियो। [१६]

गृहयुद्ध[सम्पादन गर्नुहोस्]

अस्थिरता बढ्यो र दमन पनि सघन भयो। पहिला आफ्नो सुरक्षाका लागि र पछि आफ्नो क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरू आउन नदिन, विपक्षीहरूले हतियार उठाए।

"विदेशीले उकासेको आतङ्कवाद" भन्दै असदले त्यसलाई निमिट्यान्न पार्ने उद्घोष गरे।

हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धको चपेटामा पर्‍यो।

युद्ध पक्ष[सम्पादन गर्नुहोस्]

सिरियाली गृहयुद्ध मा लडेका मुख्य समुह

सिरिया अरब गणतन्त्र र सहयोगीहरू[सम्पादन गर्नुहोस्]

  • सिरिया सशस्त्र सेना
नष्ट भएका दुई सिरियाली ट्यांक
२०१२ मा दमास्कसमा हत्या गरिएका सिरियाली जनरल मोहमद अल अव्वाद को अन्तिम बिदाई

बिद्रोह भन्दा अगाडि सिरियाकी ससस्त्र बलमा, करिब ३,२५,००० जवान र २,८०,०००-३,००,००० रिजर्भ सेना भएको अनुमान गरिन्छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइटको अनुमान अनुसार २०१२ जुलाई सम्म दसौं हहार सैनिकले बफादारी परिवर्तन गरे।

  • राष्ट्रिय रक्षा बल
  • साबिहा

साबिहा' सरकार समर्थक अलावाइट समुदायका मिलिसिया हुन्। विद्रोह सुरु भएयता सिरियाली सरकारलाई प्रदर्शन भड्काउनलाई साबिहाको प्रयोग गरेको आरोप लाग्ने गरेको छ। [१७] प्रदर्शन बढ्दै गएर सशस्त्र द्वन्द भएपछि, विपक्षीहरूले साबिहा शब्द बसर अल असदलाई समर्थन गर्ने सर्वसाधारणलाई पनि प्रयोग गर्थे।[१८] विपक्षीले सरकार विरोधी प्रदर्शनमा हिंसात्मक गतिविधिको लागि र लुटपाट र बिध्वंशको लागि[१९] साबिहामाथि आरोप लगाउने गरेका छन्।,[१८] २०१२ डिसेम्बरमा, संयुक्त राज्य अमेरिकाले साबिहालाई आतंककारी संगठन घोषित गर्यो।[२०]

सिरियाली गृहयुद्धमा हिजबुल्लाहले बसर अल असदको पक्षमा लड्यो । हिज्बुल्लाहको प्रमुख सहयोगी इरानबाट उसले सिरियाको बाटो हुदै हतियार र सैनिक सामग्री आयात गर्छ। यदि सिरियामा बसर अल असदको सत्ता पल्टियो भने हिज्बुल्लाहलाई समेत संकट पर्ने भएकाले, उसले असद सत्ता टिकाउन पुरै बल लगायो ।

बीरगति पाएका इरानी सेनाको श्रदान्जली, अगस्ट २०१६
  • विदेशी शिया मिलिशिया

सिरियाली बिपक्षी र सहयोगी[सम्पादन गर्नुहोस्]

मानवीय असर[सम्पादन गर्नुहोस्]

शरणार्थी[सम्पादन गर्नुहोस्]

शरणार्थी फिर्ती[सम्पादन गर्नुहोस्]

आन्तरिक रुपमा बिस्थापित शरणार्थी[सम्पादन गर्नुहोस्]

हताहती[सम्पादन गर्नुहोस्]

मानवअधिकार उल्लंघन[सम्पादन गर्नुहोस्]

महामारी[सम्पादन गर्नुहोस्]

मानवीय सहायता[सम्पादन गर्नुहोस्]

२०१९ संयुक्त राष्ट्र सिमा पार सहायता विवाद[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

गृहयुद्धको प्रारम्भिक समयमा, अरब लिग, युरोपेली युनियन, र संयुक्त राष्ट्रसङ्घ,[२१] र अन्य धेरै पश्चिमा सरकारले तुरुन्तै बिरोध प्रदर्शनमा सिरियाली सरकारले गरेको हिंसात्मक दमनको र शान्तिपूर्ण अभिव्यक्ति/ प्रदर्शनको अधिकारको लागी समर्थन व्यक्त गरे। [२२] सुरुमा, धेरै मध्य पूर्वी देशका सरजारले असदको समर्थन गरेका थिए। तर जब मृत्यु हुनेको सङ्ख्या बढ्दै गयो, तब उनीहरूले हिंसात्मक प्रदर्शनको लागि असद सरकार र प्रदर्शनकारी दुवैको आलोचना गरे। अरब लिग र इस्लामिक सहयोग संगठन दुवैबाट सिरियाको सदस्यता रद्द गरियो।। २०११ र २०१२ मा रसिया र चीनले पश्चिमा राष्ट्रले मस्यौदा गरेको सिरियाको सरकार माथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषद् प्रस्तावलाई भिटो गरे।[२३]

आर्थिक प्रतिबन्ध[सम्पादन गर्नुहोस्]

गृहयुद्धमा सिरियाली सरकारको कार्यको विरुद्ध अमेरिकी काङ्ग्रेसले सिरियाली सरकार माथि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धले सिरियाली सरकारलाई समर्थन गर्ने व्यक्ति (वा संस्था)लाई र सिरियामा सञ्चालित कुनै पनि कम्पनीलाई दण्डित गर्ने प्रावधान छ।[२४][२५][२६][२७] अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले यी प्रतिबन्धका असरबाट टर्कीका राष्ट्रपति रचेप तैयप एर्दोगानलाई बचाउने प्रयास गरे।[२८]

केही अभियानकर्मीले यो कानुनको स्वागत गरे।[२९] केही आलोचकले यी प्रतिबन्धात्मक नियमले ब्याकफायर वा नचिताइएको असर हुन सक्ने चिता व्यक्त गरे। उनीहरूले यी प्रतिबन्धको कारण सिरियाली सर्वसाधारणहरूसँग सिमित स्रोत हुने र उनीहरू सिरियाली सरकार र यसका मित्र शक्तिमा निर्भर रहने कुरा व्यक्त गरे र शासक वर्गमा यो प्रतिबन्धको असर सिमित हुने कुरा व्यक्त गरे।[२४][३०][३१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Syria: The story of the conflict", BBC News, ११ मार्च २०१६, मूलबाट २२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८ 
  2. "Syrian Troops Open Fire on Protestors in Several Cities", The New York Times, २५ मार्च २०११, मूलबाट २१ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मे २०१८ 
  3. "Mid-East unrest: Syrian protests in Damascus and Aleppo", BBC News (en-GBमा), २०११-०३-१५, मूलबाट २१ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०३-१५ 
  4. Wilson, Scott (२५ अप्रिल २०११), "Syria escalates attacks against demonstrators", The Seattle Times, मूलबाट २९ अप्रिल २०११-मा सङ्ग्रहित। 
  5. "Assad says Syria 'able' to get out of crisis", Al Jazeera, २५ मे २०१२, मूलबाट ७ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१२ 
  6. Golovnina, Maria (१९ मार्च २०१२), "Asma al Assad, a "desert rose" crushed by Syria's strife", Reuters, मूलबाट २३ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१३ 
  7. Liam Stack; J. David Goodman (१ अप्रिल २०११), "Syrian Protesters Clash With Security Forces", The New York Times, मूलबाट १३ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१३ 
  8. "President Bashar al-Assad interview with Croatian newspaper Vecernji List", leakofnations.com, मूलबाट १३ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण १३ अप्रिल २०१७ मिति
  9. ९.० ९.१ "Rebels in Syria's largest city of Aleppo mostly poor, pious and from rural backgrounds", Fox News Channel, Associated Press, १६ अक्टोबर २०१२, मूलबाट ७ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१३ 
  10. "Syria GDP per Capita [2002 - 2020] [Data & Charts]", www.ceicdata.com, मूलबाट १४ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२० 
  11. "Youth Exclusion in Syria: Social, Economic, and Institutional Dimensions", Journalist's Resource, ११ अगस्ट २०११, मूलबाट १४ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २०१२ 
  12. "World Report 2010 Human Rights Watch World Report 2010" वेब्याक मेसिन अभिलेखिकरण १८ नोभेम्बर २०१६ मिति, p. 555.
  13. Human Rights Watch World Report 2005 Events of 2004, Human Rights Watch 2005. आइएसबिएन १-५६४३२-३३१-५.
  14. "Syria's Assad vows to lift emergency law by next week", Reuters, १६ अप्रिल २०११, मूलबाट २ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जनवरी २०१४ 
  15. "Syria", Amnesty International, २००९, मूलबाट २८ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २०१२ मिति
  16. Black, Ian (१६ जुलाई २०१०), "Syrian human rights record unchanged under Assad, report says", The Guardian (London), मूलबाट १३ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २०१६ 
  17. Asher, Berman, "Criminalization of the Syrian Conflict", Institute for the Study of War, अन्तिम पहुँच २७ अक्टोबर २०१२ 
  18. १८.० १८.१ Yassin al-Haj Salih (३ मार्च २०१४), "The Syrian Shabiha and Their State – Statehood & Participation", Heinrich Böll Stiftung, अन्तिम पहुँच ७ जुन २०१५ 
  19. Adorno, Esther (८ जुन २०११), "The Two Homs", Harper's Magazine, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१२ 
  20. "U.S. blacklists al-Nusra Front fighters in Syria", CNN, १२ डिसेम्बर २०१२, अन्तिम पहुँच १७ डिसेम्बर २०१२ 
  21. "UN chief slams Syria's crackdown on protests", Al Jazeera, १८ मार्च २०११, मूलबाट ३० जनवरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०१२ 
  22. "Minister Cannon Condemns Ongoing Violence in Yemen, Bahrain and Syria", Foreign Affairs, Trade and Development Canada, २१ मार्च २०११, मूलबाट २६ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१५ 
  23. "China and Russia veto UN resolution condemning Syria", BBC, ५ अक्टोबर २०११, मूलबाट ३० सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१८ 
  24. २४.० २४.१ Mansour, Aiman (२०१९-१२-२६), "Could Congress' latest Syria sanctions bill backfire?", Al-Monitor (अङ्ग्रेजीमा), मूलबाट ३१ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१५ 
  25. "U.S. Adds Bevy of Sanctions in Defense Authorization Law | Kharon", brief.kharon.com (अङ्ग्रेजीमा), मूलबाट ३० डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१५ 
  26. EST, Tom O'Connor On 12/17/19 at 1:17 PM (२०१९-१२-१७), "Syria prepares for a major offensive as the U.S. votes for new sanctions on Assad, Russia and Iran", Newsweek (अङ्ग्रेजीमा), मूलबाट ३० डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१७ 
  27. "What's the 'Caesar Act' in Trump's $738bn defence policy bill?", Middle East Eye (अङ्ग्रेजीमा), मूलबाट १४ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१७ 
  28. "Trump administration lays out case against Senate bill that would levy Turkey sanctions", Axios (अङ्ग्रेजीमा), मूलबाट २४ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०१-१७ 
  29. "US Congress approves bill to impose sweeping sanctions against Syrian government", Middle East Eye (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-१७ 
  30. Oula A. Alrifai (डिसेम्बर २९, २०१९), "Assad is growing stronger under Trump's nonexistent Syria policy", The Washington Post, मूलबाट ३० डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९ 
  31. Angus McDowall (२०१८-०९-०४), "Long reach of U.S. sanctions hits Syria reconstruction", Reuters, मूलबाट २ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२०