बसर अल असद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बशर अल असद
بشار اسد
Bashar al-Assad in Russia (2015-10-21) 08.jpg
Assad in Moscow in 2015
19th सीरियाको राष्ट्रपति
पद बहाली
17 July 2000
प्रधानमन्त्री Muhammad Mustafa Mero
Muhammad Naji al-Otari
Adel Safar
Riyad Farid Hijab
Omar Ibrahim Ghalawanji
Wael Nader al-Halqi
Imad Khamis
Vice President Abdul Halim Khaddam
Zuhair Masharqa
Farouk al-Sharaa
Najah al-Attar
अग्रज Abdul Halim Khaddam (Acting)
Regional Secretary of the Regional Command of the Syrian Regional Branch of the Arab Socialist Ba'ath Party
पद बहाली
24 June 2000
Deputy Sulayman Qaddah
Mohammed Saeed Bekheitan
Hilal Hilal
नेता Abdullah al-Ahmar
अग्रज Hafez al-Assad
व्यक्तिगत विवरण
जन्म Bashar Hafez al-Assad
(१९६५-०९-११) ११ सेप्टेम्बर १९६५ (उमेर ५३)
Damascus, Damascus Governorate, Syria
राजनीतिक पार्टी Syrian Ba'ath Party
अन्य राजनीतिक
संलग्नता
National Progressive Front
जीवन साथी(हरू) Asma al-Assad (विवाह २०००–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: to बसर अल असद" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B8%E0%A4%B0_%E0%A4%85%E0%A4%B2_%E0%A4%85%E0%A4%B8%E0%A4%A6)
सन्तान(हरू)
  • Hafez (b. 2001)[१]
  • Zein (b. 2003)
  • Karim (b. 2004)
अभिभावक(हरू) Hafez al-Assad
Anisa Makhlouf
अल्मा माटर Damascus University
Military service
Allegiance  Syria
Service/branch Syrian Armed Forces
Years of service 1988–present
Rank Syria-Army-Mushir.svg Marshal
Unit Republican Guard (Before 2000)
Commands Syrian Armed Forces
Battles/wars Syrian Civil War

बशर अल असद सीरिया का राष्ट्रपति हुन् र उहाँ बाथ सोस्टिस्ट पार्टी को क्षेत्रीय सचिव पनि हुनुहुन्छ। उनको पिता, अल अब्दुल हफेजले २९ वर्षको लागि सिरियाको शासन गरे। बशर अल असद २००० मा निर्वाचित भएको थिए (2007 मा पुनः निर्वाचित)।

बशर अल असदले दमिश्क विश्वविद्यालयबाट सन् १९८८ मा नेत्र विज्ञान पढे । थप शिक्षाका लागि सन् १९९२ मा उनी लण्डन गए । उनका दाईको मृत्यु हुँदा, उनी त्यहीँ थिए । राजनीतिमा उनको रुचि कम थियो तर सत्ता सम्हाल्नु पर्ने भएकाले तयारीको लागि उनका बुबाले फिर्ता बोलाए ।

सन् १९९४ मा बशर ट्याङ्क बटालियन कमाण्डर बने, फेरि लेफ्टीनेन्ट कर्णेल हुँदै सन् १९९९ मा कर्णेल बनाइए ।

बुबाको मृत्युपछि सन् २००० मा बशर अल असद राष्ट्रपति बने । उनलाई नियन्त्रित र दमनकारी राजनीतिक व्यवस्था विरासतको रुपमा मिलेको थियो । जहाँ शासकहरुको नजिकमा अलावी शिया समुदायका सदस्यहरुको वर्चस्व थियो । असद परिवार पनि यहि समुदायको हो । ७४ प्रतिशत सुन्नी जनसङ्ख्या भएको सीरियामा अलावी समुदायको जनसङ्ख्या केबल ५ प्रतिशत देखि १० प्रतिशत छ ।

विदेश नीति[सम्पादन गर्ने]

विदेश नीतिमा पनि बशर अल असदले इजरायलमाथि आफ्नो बुबाझैँ कठोर विदेश नीति अपनाए । उनले पटक–पटक कब्जा गरेको भूमि पूर्णरुपमा नफर्काएसम्म शान्ति स्थापना नहुने कुरा दोहोराए । उनले इजरायलविरोधी चरमपन्थी गुटलाई समर्थन दिन पनि छोडेनन् ।

सन् २००३ मा इराकमा अमेरिकाको नेतृत्वमा भएको हस्तक्षेपको उनले कडा आलोचना गरे । सीरियाले इराकका विद्रोही गुटहरुलाई समर्थन पनि दिए । जसको कारण अमेरिका रुष्ट बन्यो ।

सन् २००५ मा लेबनानमा पूर्व प्रधानमन्त्री रफीक हरीरीको हत्या पछि अमेरिका र सीरियाको सम्बन्ध अझ खराब भयो । यस हत्याको शंका राष्ट्रपति असद र उनका नजीकका शिया बहुद ‘इनर सर्कल’ र सीरियाली सुरक्षा सेवामाथि लगाइयो । असद सरकारलाई रुस, आफ्नो पुरानो सहयोगी इरान र इरानको समर्थन गर्दै आएको लेबनानी चरमपन्थी गुट हिजबुल्लासँग मजबुत कुटनीतिक र सैन्य सहयोग पाइरह्यो ।

अरब बिद्रोहले के परिवर्तन भयो ?

सन् २०११ मा जब प्रख्यात ‘अरब स्प्रिङ्ग’ विरोध प्रदर्शनले ट्युनीशियाइजिप्टमा सत्तापलट गरिदियो । तर, असदले भने सीरिया यस्ता किसमको विद्रोहबाट पूर्णरुपमा सुरक्षित रहेको उद्घोष गरे । ठूलो संख्यामा मानिसहरु असद सरकारको विरुद्ध सडकहरुमा उत्रे जसमा मानव अधिकारीवादी संस्थाका अनुसार दुई हजारभन्दा बढीको मृत्यु भयो । असदले प्रदर्शनकारीहरुको माग पूरा गरेनन् । प्रदर्शनकारीमाथि दमन गरियो । तर, सुरक्षा बलहरुको निर्मम कारबाहीले पनि अरब स्प्रिङ्गको आवाजलाई दबाउन सकेन । बरु, यसपछि यो प्रदर्शन सशस्त्र संघर्षमा परिवर्तन भयो ।

यी विद्रोहीहरुसँग असदको सरकारी सेना लडिरहेको थियो र एक समान्तर लडाई इस्लामिक स्टेटका चरमपन्थीसँग पनि जारी थियो । यस गृहयुद्धमा अहिलेसम्म एक करोडभन्दा बढी मानिसहरु घरबारबिहीन भैसकेका छन् ।

त्यो समयदेखि असद सीरियाको सत्तामा नियन्त्रण बनाई राख्नको लागि संघर्ष गरीरहेका छन् ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "¿Quién es el presidente de Siria Bashar al Assad?" [Who is the Syrian President Bashar al-Assad?], CNN en Español (Spanishमा), १० अप्रिल २०१७, अन्तिम पहुँच १३ नोभेम्बर २०१७ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]