बसर अल असद
बसर अल असद | |
---|---|
بشار الأسد | |
सिरियाका राष्ट्रपति | |
कार्यकाल १७ जुलाई २००० – २०२४ | |
पूर्वाधिकारी | हफिज अल असद अब्दुल हमिद खद्दाम (कार्यवाहक) |
बाथ पार्टिका आञ्चलिक सचिव | |
कार्यकाल सन् २००० – २०२४ | |
व्यक्तिगत विवरण | |
जन्म | ११ सेप्टेम्बर १९६५ |
राजनीतिक दल | बाथ पार्टी |
जीवन साथी | आसमा अल असद |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | सिरिया |
शाखा/सेवा | सिरिया सशस्त्र बल |
सेवाको वर्षहरू | १९८८-बर्तमान |
श्रेणी | मार्सल |
एकाइ | रिपब्लिकन गार्ड (२००० अगाडि) |
आदेशहरू | सिरिया सशस्त्र बल |
लडाई/युद्धहरू | सिरियाली गृहयुद्ध |
}}
बसर अल असद (अरबी: بشار حافظ الأسد जन्म ११ सेप्टेम्बर १९६५) सिरियाली राजनीतिज्ञ हुन् जो १७ जुलाई २००० देखि राष्ट्रपतिको रूपमा रहिआएका छन्।[१][२] उनी सिरिया का पुर्व राष्ट्रपति हफिज अल असदका पुत्र हुन् ।
राष्ट्रपति
[सम्पादन गर्नुहोस्]१० जुन २००० मा हाफिज अल असदको मृत्यु पछि सिरियाको संविधान संशोधन गरियो। राष्ट्रपति पदका लागि न्यूनतम उमेर आवश्यकता ४० बाट झारेर ३४ बनाइएको थियो जुन त्यस समयमा बशरको उमेर थियो।[३] १० अप्रिल २००० मा असद ९७.२% समर्थनका साथ राष्ट्रपति बने।[४][५][६] सिरियाका राष्ट्रपतिको रूपमा आफ्नो भूमिका अनुरूप, उनी सिरियाली सशस्त्र बलको कमाण्डर-इन-चीफ र बाथ पार्टीको क्षेत्रीय सचिव पनि नियुक्त भए। [७]
२७ मे २००७ मा, राष्ट्रपति पदको लागी भएको जनमत संग्रहमा असदलाई अर्को सात वर्षे कार्यकालको अनुमोदन गरियो । जसमा उनको निरन्तर नेतृत्वलाई ९७.६% मतको समर्थन प्राप्त गरेम्का थिए। देशमा विपक्षी दलहरूलाई अनुमति थिएन र जनमत संग्रहमा असद एक मात्र उम्मेद्वार थिए। [८]
सिरियाली गृहयुद्ध
[सम्पादन गर्नुहोस्]सिरियामा २६ जनवरी २०११ बाट सामूहिक विरोध प्रदर्शन सुरु भयो। आन्दोलनकारीहरूले राजनीतिक सुधार र नागरिक अधिकारको बहालीका साथै १९६३ देखि लागू भएको आपतकालको अन्त्यको माग गरे।
नीति
[सम्पादन गर्नुहोस्]आर्थिक नीति
[सम्पादन गर्नुहोस्]लन्डन स्कूल अफ इकोनमिक्सले सिरियाली गृहयुद्धको परिणाम स्वरूप सिरियामा युद्ध अर्थव्यवस्थाको विकास भएको बताएको छ। [९]
सीरियन सेन्टर फर पलिसी रिसर्चले संयुक्त राष्ट्रसंघको रिपोर्टमा भनेको छ कि सिरियाली जनसंख्याको दुई तिहाई जनसंख्या अब अत्यन्त चरम गरिबीमा बाँचिरहेको छन्।[१०]
बेरोजगारी ५० प्रतिशत छ। [११]
मानव अधिकार
[सम्पादन गर्नुहोस्]विदेश नीति
[सम्पादन गर्नुहोस्]इराक युद्ध र विद्रोह
[सम्पादन गर्नुहोस्]सोरियाली र इराकी सरकार बीच लामो समयदेखि दुश्मनी भएपनि असदले २००३ को इराक माथि आक्रमणको बिरोध गरे। असदले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिरियाको सिट इराक आक्रमण रोक्न प्रयास गरे ।[१२]
इराकमा गठबन्धन सेनाका अमेरिकी कमान्डर जर्ज डब्लु. केसी जुनियर ले असद माथि "अमेरिका र मित्र सेनाबिरुद्ध बिद्रोहीलाई वित्तीय, लजिस्टिक, र तालिम सहयोग प्रदान गरेको" आरोप लगाएका थिए ।[१३] पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मोवाफक अल रुवाई र पूर्व प्रधानमंत्री नुरे अल मलिकीले लगायत इराकी नेताहरू असदमाथि इराकी मिलिसियालाई सहयोग गरेको आरोप लगाए।[१४][१५]
इजिप्ट
[सम्पादन गर्नुहोस्]उनको शासनमा सिरियाको २००५ मा इजिप्टको साथ कूटनीतिक सम्बन्ध पुन: स्थापित भयो।
१९७८ मा, उनका बुबा हफिज अल-असादले इजिप्टको राष्ट्रपति अनवर सदतले इजरायलसँग क्याम्प डेभिड एकर्डमा शान्ति सम्झौता गरेपछि इजिप्टसँग कूटनीतिक सम्बन्ध बिच्छेद गरेका थिए।
संयुक्त राज्य अमेरिका
[सम्पादन गर्नुहोस्]उत्तर कोरिया
[सम्पादन गर्नुहोस्]अल कायदा र ISIL
[सम्पादन गर्नुहोस्]अरब विद्रोह
[सम्पादन गर्नुहोस्]सार्वजनिक र व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Syrians Vote For Assad in Uncontested Referendum", The Washington Post, २८ मे २००७।
- ↑ "Syria's Assad wins another term", BBC News, २९ मे २००७।
- ↑ "The rise of Syria's controversial president Bashar al-Assad", ABC News, ७ अप्रिल २०१७, मूलबाट १६ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१७।
- ↑ "Syrians Vote For Assad in Uncontested Referendum", The Washington Post, Associated Press, २८ मे २००७, अन्तिम पहुँच १३ मार्च २०१५।
- ↑ "Syria's opposition boycotts vote on Assad" Reuters. May 18, 2007.
- ↑ Klatell, James (May 27, 2007). "Syrians Vote In Presidential Referendum" CBS News.
- ↑ "Syrian President Bashar al-Assad: Facing down rebellion", BBC News, २१ अक्टोबर २०१५।
- ↑ Klatell, James (May 27, 2007). "Syrians Vote In Presidential Referendum" CBS News.
- ↑ "Local ceasefires best way to ease Syrians' suffering: researchers", Reuters, १० नोभेम्बर २०१४, अन्तिम पहुँच १० नोभेम्बर २०१४।
- ↑ Al-Khalidi, Suleiman (२८ मे २०१४), "Syria's economy heads into ruin: U.N. sponsored report", Reuters, मूलबाट २४ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१४।
- ↑ Naylor, Hugh (२९ नोभेम्बर २०१४), "Syria's Assad regime cuts subsidies, focuses ailing economy on war effort", The Washington Post, अन्तिम पहुँच ६ डिसेम्बर २०१४।
- ↑ "Iraq war illegal, says Annan", BBC News, १६ सेप्टेम्बर २००४, अन्तिम पहुँच २६ अप्रिल २०१०।
- ↑ Thomas E. Ricks (१७ डिसेम्बर २००४), "General: Iraqi Insurgents Directed From Syria", The Washington Post, अन्तिम पहुँच ३ अगस्ट २०१०।
- ↑ "Iraq asked Syria's Assad to stop aiding 'jihadists': Former official", २० अक्टोबर २०१५, अन्तिम पहुँच ६ नोभेम्बर २०१६।
- ↑ "Maliki blames Syria for attacks, Assad denies claim", ४ अक्टोबर २००९, अन्तिम पहुँच ६ नोभेम्बर २०१६।