हिजबुल्लाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२००६ लेबनान युद्धपछि हिजबुल्लाह पोस्टर

हिजबुल्लाह लेबनानको सिया विद्रोही हिजबुल्लाह समूह हो । हिजबुल्लाहका नेता हसन नसरूल्लाह छन्। हिजबुल्लाह समूहलाई इजरायलले आफ्नो प्रमुख सुरक्षा चुनौती मान्छ । इरानले सिरियामा सैन्य उपस्थिति बढाउँदै लेबनानको विद्रोही हिजबुल्लाह समूहलाई संरक्षण दिने गरेको इजरायलको आरोप छ ।

लेबनान युद्ध २००६[सम्पादन गर्ने]

मुख्य लेख : २००६ लेबनान युद्ध

हिजबुल्लाह र इजरायलबीच सन् २००६ मा भीषण लडाइँ भएको थियो । गजर भन्ने स्थानबाट सुरु भएको युद्धमा इजरायली सेना दक्षिण लेबनान कब्जा गर्दै राजधानी बेरुतसम्म पुगेको थियो । त्यसपछि संयुक्त राष्ट्र संघको प्रयासमा इजरायली सेना फिर्ता भए भने शान्ति स्थापक सैनिकको संख्या बढाइएको थियो ।

सिरियाली गृहयुद्ध[सम्पादन गर्ने]

सिरियाली गृहयुद्धमा हिजबुल्लाहले बसर अल असदको पक्षमा लड्यो । हिज्बुल्लाहको प्रमुख सहयोगी इरानबाट उसले सिरियाको बाटो हुदै हतियार र सैनिक सामग्री आयात गर्छ। यदि सिरियामा बसर अल असदको सत्ता पल्टियो भने हिज्बुल्लाहलाई समेत संकट पर्ने भएकाले, उसले असद सत्ता टिकाउन पुरै बल लगायो ।