युरोपेली सङ्घ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Circle of 12 gold stars on a blue background
झण्डा
आदर्श वाक्य: "In Varietate Concordia" (Latin)
"अनेकतामा एकता"
राष्ट्रिय गान: "युरोपको गान" (धुन)
विश्वको मानचित्रमा युरोपेली सङ्घको अवस्थिति, हरियो रङ्गमा
विश्वको मानचित्रमा युरोपेली सङ्घको अवस्थिति, हरियो रङ्गमा
राजधानीब्रुसेल्स (दे फाक्तो)[१]
५०°५१′उ॰ ४°२१′पू॰ / ५०.८५०°N ४.३५०°E / 50.850; 4.350निर्देशाङ्कहरू: ५०°५१′उ॰ ४°२१′पू॰ / ५०.८५०°N ४.३५०°E / 50.850; 4.350
सबैभन्दा ठूलो महानगरफ्रान्स पेरिस
आधिकारिक भाषाहरू
आधिकारिक लिपिहरू
  • रोमन
  • युनानी
  • सिरिलियाली[३]
धर्म
(सन् २०१५)[४]
  • ७१.६% इसाई
    • ४५.३% क्याथोलिक
    • ११.१% विरोधवादी
    • ९.६% पूर्वी रूढिवादी
    • ५.६% अन्य इसाई
  • २४% कुनै धर्म नमान्ने
  • १.८% इस्लाम
  • २.६% अन्य निष्ठा
रैथाने(हरू)युरोपेली
किसिमअन्तर्राष्ट्रिय सङ्घ
सदस्य राष्ट्रहरू
सरकारस्वतन्त्र अन्तर सरकारी र बहुराष्ट्रिय
• आयोगका प्रमुख
Ursula von der Leyen
• संसदका प्रमुख
David Sassoli
• युरोपेली परिषद्का प्रमुख
Charles Michel
• परिषद्को अध्यक्ष
 Croatia
व्यवस्थापिकाविधायी प्रक्रिया
स्थापना[५]
• रोमको सन्धि
१ जनवरी १९५८
• एकल युरोपेली ऐन
१ जुलाई १९८७
• युरोपेली सङ्घको सन्धि
१ रनोभेम्बर १९९३
• लिस्बोन सन्धि
१ डिसेम्बर २००९
• अन्तिम राजनिति स्वीकार
१ जुलाई २०१३ (क्रोएसिया)
• अन्तिम पटक बाहिरिएको घटना
३१ जनवरी २०२० (बेलायत)
क्षेत्रफल
• 
४२,३३,२६२ किमी (१६,३४,४७२ वर्ग माइल) (७औँ)
• पानी (%)
३.०८
जनसङ्ख्या
• सन् २०२० अनुमानित
वृद्धि 447,206,135[६]
• घनत्व
१०६ /किमी2 (२७४.५ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $२०.३६६ खर्ब[७]
• प्रति व्यक्ति
$४५,५४१
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $१६.०३३ खर्ब[८]
• प्रति व्यक्ति
$35,851
गिनी (सन् २०१८)Negative increase ३०.९[९]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१७)वृद्धि ०.८९९[ख]
धेरै उच्च
मुद्रायुरो
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय to अप्रस+२ (पश्चिमी युरोपेली समय, मध्य युरोपेली समय, पूर्वी युरोपेली समय)
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ देखि अप्रस+३ (पश्चिमी युरोपेली ग्रीष्मकालिन समय, मध्य युरोपेली ग्रीष्मकालिन समय, पूर्वी युरोपेली ग्रीष्मकालिन समय)
(हेर्नुहोस् युरोपमा ग्रीषणमकालिन समय)
मिति ढाँचादिनमहिनावर्ष[११]
हेर्नुहोस्: युरोपमा समय
इन्टरनेट डोमेनडट इयु[ग]
वेबसाइट
europa.eu

युरोपेली सङ्घ २७ सदस्य राष्ट्रहरूको एक राजनीतिक र आर्थिक सङ्घ हो जुन मुख्य रूपमा युरोपमा अवस्थित छ। यसको सदस्य राष्ट्रहरूको संयुक्त क्षेत्र ४२,३३,२५५.३ बर्ग किलोमिटर (१६,३४,४६९.० वर्ग माइल) रहेको छ भने जसको कुल जनसङ्ख्या अनुमानित रूपमा ४३.७ करोड रहेको छ। युरोपेली सङ्घले कानूनको एक मानकीकृत प्रणाली मार्फत आन्तरिक एकल बजार विकसित गरेको छ जुन ती मामिलाहरू सबै सदस्य राष्ट्रहरूमा लागू हुन्छ।युरोपेली सङ्घको नीतिहरू भनेको आन्तरिक बजार भित्र मानिसहरूका सामान, सेवा र पूँजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु, न्याय र घरेलु मामिलामा कानून बनाउने र व्यापार, कृषि, मत्स्य पालन र क्षेत्रीय विकासमा साझा नीति बनाउनु हो। शेन्गन क्षेत्र भित्र यात्राको लागि, राहदानी नियन्त्रण रद्द गरीएको छ। सन् १९९९ मा मौद्रिक सङ्घ स्थापना भएको थियो जुन सन् २००२ मा पूर्ण प्रभावमा आएको थियो, र १९ युरोपेली सङ्घका सदस्य राष्ट्रहरू मिलेर बनेको छ जसले यूरो मुद्राको प्रयोग गर्दछ। युरोपेली सङ्घलाई प्राय: एक छुट्टै र स्वतन्त्र राजनीतिक इकाईको रूपमा वर्णन गरिएको छ।

युरोपेली सङ्घको सन्धि सन् १९९३ मा लागू भएसँगै युरोपेली सङ्घ र युरोपेली नागरिकताको स्थापना भएको थियो। युरोपेली सङ्घले यसको उत्पत्ति, यूरोपेली कोइला र स्टिल समुदाय नामक सङ्गठन र युरोपेली आर्थिक समुदायबाट लिएको थियो जुन क्रमश: सन् २०५१ को पेरिस र सन् २०५७ को रोमा सन्धिबाट स्थापना भएका थिए। युरोपेली सङ्घको रूपमा चिनिन थालेका मूल सदस्यहरू भित्री छ: बेल्जियम, फ्रान्स, इटाली, लुक्सेम्बुर्ग, नेदरल्यान्ड, र पश्चिम जर्मनी लगायतका राष्ट्रहरू थिए। समुदाय र उनीहरूका उत्तराधिकारीहरू नयाँ सदस्य राष्ट्रहरूसँग मिलेर र नीतिगत क्षेत्र थप्दै सत्तामा बढेका छन्। युरोपेली सङ्केत संवैधानिक आधारमा पछिल्लो ठूलो संशोधन लिस्बोन सन्धि सन् २००९ मा लागू भएको थियो।

३१ जनवरी २०२० मा, संयुक्त अधिराज्य युरोपेली सङ्घ छोड्ने पहिलो सदस्य राष्ट्र बनेको थियो। सन् २०१६ मा भएको जनमत सङ्ग्रह पछि, बेलायतले छाड्ने आफ्नो कदम माथि हस्ताक्षर गरेको थियो र फिर्ती सम्झौताको बारेमा छलफल गरेको थियो। बेलायत कम्तिमा ३१ डिसेम्बर २०२० सम्म सङ्क्रमणकालीन चरणमा रहेको छ, जुन यस अवधिमा यो युरोपेली सङ्घको कानूनको अधीनमा रहन्छ र यो युरोपेली सङ्घ एकल बजार र भन्सार सङ्घको भाग हो। बेलायती युरोपेली सङ्घबाट बाहिरिनु भन्दा अगाडि सदस्य राष्ट्रहरू मध्येका तीन क्षेत्रले युरोपेली सङ्घ वा यसका अग्रदूतहरूलाई छोडेका थिए जसमा फ्रान्सेली अल्जेरिया (सन १९६२ मा स्वतन्त्र भएपछि), ग्रीनल्यान्ड (सन् १९८५ मा जनमत सङ्ग्रह पछि) र साँबार्तेलिमी (२०१२ मा) समावेश छ।

सन् २०२० मा विश्वको जनसङ्ख्याको ५.८% रहेको युरोपेली सङ्घ, सन् २०१७ मा (संयुक्त अधिराज्य लगायत) २० खर्ब अमेरिकी डलरको साङ्केतिक कुल ग्रहस्थ उत्पादन उत्पन्न गरेको थियो, जसले विश्वव्यापी साङ्केतिक कुल ग्रहस्थ उत्पादनको २५% गठन गर्न सफल भएको थियो। यसका अतिरिक्त, संयुक्त राष्ट्र सङ्घको विकास कार्यक्रमका अनुसार सबै युरोपेली सङ्घ देशहरूको मानव विकास सूचकाङ्क एकदम उच्च छ। सन् २०१२ मा, युरोपेली सङ्घलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। साझा विदेशी र सुरक्षा नीतिको माध्यमबाट युरोपेली सङ्घले बाह्य सम्बन्ध र सुरक्षामा विशेष भूमिकाको विकास गरेको छ। यसको विश्वव्यापी प्रभावका कारण युरोपेली सङ्घलाई उदीयमान महाशक्तिको रूपमा वर्णन गरिएको छ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

१ फेब्रुअरी २०२० सम्म युरोपेली सङ्घको जनसङ्ख्या करीव ४४.७ करोड रहेको थियो जुन विश्वको जनसङ्ख्याको ५.८% हो। सन् २०१५ मा, ५१ लाख बालबालिकाहरूले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा जन्म लिएका थिए जुन १००० को प्रति १० दरको जन्मदरसँग सम्बन्धित छ, जुन विश्व औसतमा ८ जन्म भन्दा कम छ। यसको जनसङ्ख्या वृद्धि दर सन् २०१६ मा अनुमानित ०.२३% मा रहेको थियो।

सन् २०१० मा, युरोपेली सङ्घमा रहेका ४.७३ करोड मानिस उनीहरूको देशबाहिर जन्मेका थिए। यो कुल युरोपेली सङ्घको जनसङ्ख्याको ९.४% सँग मेल खान्छ। जसमध्ये ३.१४ करोड (६.३%) युरोपेली सङ्घ बाहिर जन्मेका थिए भने १.६० करोड (३.२%) युरोपेली सङ्घका सदस्य राष्ट्रहरू जन्मिएका थिए। युरोपेली सङ्घ बाहिर जन्मेका सबैभन्दा ठूलो निरपेक्ष सङ्ख्या जर्मनी (६० लाख ४० हजार), फ्रान्स (५० लाख १० हजार), संयुक्त अधिराज्य (७० लाख ७० हजार), स्पेन (४ लाख १० हजार), इटाली (३ लाख २० हजार), र नेदरल्यान्ड (१० लाख ४० हजार) रहेको थियो। सन् २०१७ मा, करीव ८,२५,००० मानिसहरूले युरोपेली सङ्घको सदस्य राज्यको नागरिकता प्राप्त गरेका थिए। सबैभन्दा ठूला समूहहरू मोरोक्को, अल्बानिया, भारत, तुर्की र पाकिस्तानका नागरिक थिए। गैर युरोपेली सङ्घमा देशबाट २० लाख ४० हजार आप्रवासी युरोपेली सङ्घ प्रवेश गरेका थिए। युरोपेली सङ्घमा करीव ४० सहरी क्षेत्रहरू छन् जसमा १० लाख भन्दा बढी जनसङ्ख्या रहेको छ। युरोपेली सङ्घको सबैभन्दा ठूलो महानगरीय क्षेत्र पेरिस हो। यसपछि माद्रिद, बार्सेलोना, बर्लिन, रोम, र मिलान हुन् जसमा संयुक्त रूपमा ४० लाख भन्दा बढि महानगरीय जनसङ्ख्या रहेको छ।

European Commission

भाषाहरू[सम्पादन गर्ने]

युरोपेली सङ्घका २४ आधिकारिक भाषाहरू छन् जसमा बुल्गारियाली, क्रोएसियाली, चेक, डेनमार्केली, नेदरल्यान्डेली, अङ्ग्रेजी, एस्टोनियाली, सुओमी, फ्रान्सेली, जर्मनेली, युनानी, हङ्गेरीयाली, इतालेली, आयरल्यान्डेली, लात्भियाली, लिथुआनियाली, माल्टेली, पोल्यान्डेली, पुर्तुगाली, रोमानियाली, स्लोभाकी, स्लोभेनी, स्पेनी, र स्विडेनी समावेश छ। महत्त्वपूर्ण कागजातहरू, जस्तै कानून, प्रत्येक आधिकारिक भाषामा अनुवाद गरिन्छ र यूरोपीय संसदले कागजात र पूर्ण सत्रहरूको लागि अनुवाद प्रदान गर्दछ।

आधिकारिक भाषाहरूको उच्च सङ्ख्याको कारण, प्रायः संस्थाहरूले केवल थोरै कामकाज भाषाहरू प्रयोग गर्दछन्। युरोपेली आयोगले आफ्नो आन्तरिक व्यापार तीन प्रक्रियात्मक भाषाहरूमा सञ्चालन गर्दछ जसमा अङ्ग्रेजी, फ्रान्सेली, र जर्मनेली समावेश छन्। यस्तै, युरोपेली सङ्घको अदालतले फ्रान्सेलीलाई कामकाजी भाषाको रूपमा प्रयोग गर्दछ, जबकि युरोपेली केन्द्रिय बैङ्कले अङ्ग्रेजीलाई मुख्यतया आफ्नो व्यवसाय प्रयोग गर्दछ।

यद्यपि भाषा नीति सदस्य राष्ट्रहरूको जिम्मेवारी हो, युरोपेली सङ्घले यसको नागरिकहरूमा बहुभाषीत्व बढावा दिन्छ। दुवै मूल र दोस्रो भाषी गर्दा, अङ्ग्रेजी युरोपेली सङ्घमा सबैभन्दा व्यापक रूपले बोलिने भाषा हो जुन युरोपेली सङ्घको ५१% ले बुझ्ने गर्दछन्। जर्मनेली व्यापक रूपमा बोलिने मातृभाषा हो (युरोपेली सङ्घको जनसङ्ख्याको १८%), र दोस्रो सबैभन्दा व्यापक रूपमा प्रयोग हुने विदेशी भाषा हो। त्यसपछि फ्रान्सेली भाषा युरोपेली सङ्घको जनसङ्ख्याको १३% पछि प्रयोग गर्दछन्। यसका अतिरिक्त, दुबै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूका आधिकारिक भाषाहरू हुन्। आधा (५६%) भन्दा बढी युरोपेली सङ्घमा नागरिकहरूले आफ्नो मातृभाषा बाहेक अन्य भाषामा कुराकानी गर्न सक्षम छन्।

युरोपेली सङ्घका कुल बीस आधिकारिक भाषाहरू हिन्द-युरोपेली भाषा परिवारसँग सम्बन्धित छन्। केवल चार भाषाहरू, जस्तै हङ्गेरी, सुओमी, एस्टोनियाली (सबै तीन युराली), र माल्टेली (सामी), हिन्द-युरोपेली भाषाहरू अन्तर्गत पर्दैनन्। युरोपेली सङ्घका तीन आधिकारिक अक्षरहरू (सिरिलिय, तालिन र आधुनिक युनानी) सबै पुरातन युनानी लिपिहरूबाट लिइएको हो। लुक्सेमबुर्गी (लुक्सेमबुर्गमा) र तुर्की (साइप्रसमा) केवल दुई राष्ट्रिय भाषाहरू हुन् जुन युरोपेली सङ्घका आधिकारिक भाषाहरू अन्तर्गत पर्दैनन्। २६ फेब्रुअरी २०१६ मा साइप्रसले तुर्केलीलाई आधिकारिक युरोपेली सङ्घका भाषाहरूको रूपमा ल्याउनका लागि आग्रह गरेको कुरा सार्वजनिक भएको थियो जसले देशको विभाजन समाधान गर्न मद्दत गर्ने विश्वास लिइएको थियो। सन् २००४ मा, साइप्रसको पुनर्गठन हुँदा तुर्केली भाषालाई सरकारी कामकाजको भाषा बनाउने योजना गरिएको थियो।

२४ वटा आधिकारिक भाषाहरू बाहेक यहाँ करिब १५० वटा क्षेत्रीय र अल्पसङ्ख्यक भाषाहरू छन् जसका मातृभाषीहरूको जनसङ्ख्या ५ करोड रहेको छ। कातालान, गालिसियाली र बास्कलाई युरोपेली सङ्घ आधिकारिक भाषाहरू रूपमा मान्यता प्राप्त छैन तर उनीहरूको एउटा सदस्य राज्य (स्पेन) मा अर्ध-आधिकारिक दर्जामा रहेका छन् त्यसैले सन्धिहरूको आधिकारिक अनुवाद तिनीहरूमा गरिन्छ र नागरिकहरूलाई संस्थासँग पत्राचार गर्ने अधिकार हुन्छ। क्षेत्रीय वा अल्पसङ्ख्यक भाषाहरूका लागि युरोपेली बडापत्र अधिकांश युरोपेली सङ्घका सदस्य राज्यहरूले अनुमोदन गरेसँगै सामान्य दिशानिर्देशहरू प्रदान गर्दछन् जुन राज्यहरूले उनीहरूको भाषिक सम्पदालाई रक्षा गर्नका लागि अनुसरण गर्न सक्दछन्। भाषाहरूको युरोपेली दिवस अर्थात् २६ सेप्टेम्बरमा प्रत्येक वर्ष आयोजित गरिन्छ र यो यूरोपभरि भाषा सिक्नका लागि प्रोत्साहनको रूपमा लिइएको छ।

धर्म[सम्पादन गर्ने]

युरोपेली सङ्घको कुनै पनि धर्मसँग औपचारिक सम्बन्ध छैन। युरोपेली सङ्घको कार्यसम्बन्धी सन्धिको अनुच्छेद १७ ले "गिर्जाघर र धार्मिक सङ्घहरूको राष्ट्रिय कानून अन्तर्गत" वा "दार्शनिक र गैर-स्वीकारोक्ति सङ्गठन" लाई मान्यता दिन्छ।

युरोपेली सङ्घमा गरिएको सन्धिको प्रस्तावनामा "" युरोपको सांस्कृतिक, धार्मिक र मानवतावादी उत्तराधिकार "उल्लेख रहेको छ। युरोपेली संविधानको मस्यौदा ग्रन्थ र त्यसपछिको लिस्बोन सन्धिमा छलफलको क्रममा उक्त पदको प्रस्तावनामा इसाई धर्म वा ईश्वर, वा दुबैको उल्लेख गर्ने प्रस्ताव राखिएको थियो, तर त्यो विचारको व्यापक रूपमा विरोध भएसँगै र खारेज गरिएको थियो।

युरोपेली सङ्घका इसाईहरू, क्याथोलिक धर्म (दुबै रोमन र पूर्वी संस्कार) का सदस्य, असङ्ख्य विरोधवादी सम्प्रदाय (एन्जिलिकनवाद, लुथरन र सुधारित वर्गको ठूलो भाग), र पूर्वी रूढिवादी गिर्जाघर बीच विभाजित छन्। सन् २००९ मा युरोपेली सङ्घको अनुमानित मुस्लिमको जनसंख्या १० लाख २० हजार रहेको थियो र अनुमानित यहूदीहरूको जनसङ्ख्या दश लाख भन्दा बढी रहेको थियो। युरोपेली सङ्घको जनसङ्ख्यामा बौद्ध, हिन्दू र सिख धर्मका अन्य विश्व धर्महरूको प्रतिनिधित्व छ।

सन् २०१५ मा यूरोबारोमेटरले युरोपेली सङ्घका धार्मिकता सम्बन्धी नयाँ सर्वेक्षण अनुसार, ईसाई धर्म युरोपेली सङ्घको सबैभन्दा ठूलो धर्म रहेको निष्कर्ष निकालेको थियो र यो युरोपेली सङ्घको कुल जनसङ्ख्याको ७१.६% हो। क्याथोलिकहरू सबैभन्दा ठूलो इसाई समूह हो र यसले युरोपेली सङ्घको जनसङ्ख्याको ४५% को प्रतिनिधित्व गर्दछ। युरोपेली सङ्घका इसाई धर्म अन्तर्गतका सम्प्रदायहरूमा विरोधवादी ११.१%, पूर्वी रूढिवादी ९.६% र अन्य इसाई ६.६% रहेको छ।

सन् २००५ मा, युरोस्ट्याट आयोगको युरोबारोमिटरको सार्वजनिक मतले युरोपेली सङ्घको कुल जनसङ्ख्याको ५२% नागरिकहरू भगवानमा विश्वास गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो। धेरै देशहरूले हालका वर्षहरूमा गिर्जाघरको उपस्थिति र सदस्यता खस्ने अनुभव गरेका छन्। थोरै मानिसहरूमा धार्मिक विश्वास भएको देशहरूमा एस्टोनिया (१६%) र चेक गणतन्त्र (१९%) समावेश छ।सबैभन्दा धार्मिक देशहरू माल्टा (९५% मुख्यतया क्याथोलिक) साइप्रस र रोमानिया (दुबै रूढीवादी) समावेश छ जसमा प्रत्येकको लगभग ९०% नागरिकहरूले आ-आफ्नो देवतामा विश्वास गरेको दाबी गरेका छन्। युरोपेली सङ्घ भरिनै महिला, बुढापाका, धार्मिक पालनकर्ता , १५ वा १६ वर्षमा विद्यालय छोड्नेहरू र "राजनीतिक स्तरमा आफूलाई उभ्याउने" बीचमा विश्वास बढी रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Cybriwsky, Roman Adrian (२०१३)। "Les capitales du monde: une encyclopédie de la géographie, de l'histoire et de la culture: une encyclopédie de la géographie, de l'histoire et de la culture" (फ्रान्सेली भाषा)। ABC-CLIO। 
  2. "Comisión Europea - Preguntas frecuentes sobre idiomas en Europa", europa.eu 
  3. Leonard Orban (२४ मे २००७), "Cyrillic, the third official alphabet of the EU, was created by a truly multilingual European", europe.eu, अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  4. "DISCRIMINATION DANS L'UE EN 2015", बारोमिटर, 437, युरोपेली सङ्घ: युरोपेली आयोग, २०१५, अन्तिम पहुँच १५ अक्टोबर २०१७ – Instituto Leibniz de Ciências Sociaisद्वारा। 
  5. युरोपेली सङ्घको सन्धिको वर्तमान धारा १: यो सङ्घको स्थापना वर्तमान सन्धि र रोमको सन्धि अनुसार हुनेछ। युरोपेली सङ्घका सन्धिकर्ताहरूको समान कानुनी मूल्य हुनेछ। सङ्घले युरोपेली समुदायलाई प्रतिस्थापन र प्राप्त गर्नेछ "।
  6. "Population on 1st January by age, sex and type of projection", युरोस्टाट्स, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  7. "Banco de Dados do World Economic Outlook, outubro de 2019", IMF.org, Fundo Monetário Internacional, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  8. "Banco de Dados do World Economic Outlook, outubro de 2019", IMF.org, Fundo Monetário Internacional, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 
  9. "Gini coefficient of equivalised disposable income - EU-SILC survey", ec.europa.eu/eurostat, युरोस्टाट्स, अन्तिम पहुँच ११ डिसेम्बर २०१९ 
  10. "Human Development Report 2018 Summary", The United Nations, अन्तिम पहुँच १९ मार्च २०१८ 
  11. "10.5. Numbers, dates and time", Interinstitutional Style Guide, Publications Office of the European Union, २५ मे २०२०, अन्तिम पहुँच २० जुन २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found