बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
(बिम्सटेक)
  • বঙ্গোপসাগরীয় বহুক্ষেত্রীয় প্রযুক্তিগত ও অর্থনৈতিক সহযোগীতা উদ্যোগ (বিম্‌সটেক্)  (बङ्गाली)
  • बहुक्षेत्रीय तकनीकी और आर्थिक सहयोग के लिए बङ्गाल की खाड़ी पहल (बिम्सटेक)  (हिन्दी)
  • Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC)  (अङ्ग्रेजी)
सचिवालयढाका, बङ्गलादेश[१]
सदस्यता
नेताहरू
• अध्यक्षता
 नेपाल (२०१४ देखि)
स्थापना६ जुन १९९७; २६ वर्ष पहिले (१९९७-०६-06)
वेबसाइट
bimstec.org

बिम्सटेक (अङ्ग्रेजीः Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC); नेपालीः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटानबङ्गलादेश पर्छन ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

०६ जुन १९९७ मा थाइल्याण्डको बैङ्ककमा बिस्टेक (बङ्गलादेश, भारत, श्रीलङ्काथाइल्याण्ड आर्थिक सहयोग) नामक एक समूह गठन भयो । २२ डिसेम्बर १९९७ मा म्यानमार पनि यस समुहको सदस्य राष्ट्र भएपछी यसको नाम परिवर्तन भई बिम्सटेक (बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्काथाइल्याण्ड आर्थिक सहयोग) भयो । फेब्रुअरी २००४ मा नेपालभुटान पनि यस समुहको सदस्य राष्ट्र भए । ३१ जुलाई २००४ मा बैङ्ककमा यसको पहिलो सम्मेलनमा यसको नाम परिवर्तन गरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बनाइयो ।

इसं २०१४ मा बङ्गलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गरियो ।

बिम्सटेक सम्मेलनहरू[सम्पादन गर्नुहोस्]

नम्बर मिति आयोजक राष्ट्र सम्मेलन भएको सहर
प्रथम ३१ जुलाई २००४  थाइल्यान्ड बैङ्कक
द्वितीय १३ नोभेम्बर २००८  भारत नयाँ दिल्ली
तृतीय ४ मार्च २०१४  म्यानमार नेपिडा[२]
चौथो ३०, ३१ अगस्ट २०१८  नेपाल काठमाडौँ[३]
पाँचौ 30 March, 2022  श्रीलङ्का कोलम्बो[४]

योजनाहरू[सम्पादन गर्नुहोस्]

  • सडक तथा रेलमार्ग
  • कोस्ट ढुवानी
  • पावर ग्रिड इन्टर-कनेक्सन
  • क्षेत्रीय प्रकोप अनुगमन र चेतावनी प्रणाली

बिम्सटेकका हालका नेताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal unlikely to host fourth 'Bimstec' summit this year", Business Standard India, ३ जुन २०१६, अन्तिम पहुँच १७ डिसेम्बर २०१६ 
  2. "BIMSTEC Summit", Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation, अन्तिम पहुँच १७ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १४ जनवरी २०१७ मिति
  3. "Nepal proposes dates for Bimstec Summit", Business Standard India, ५ जुन २०१८, अन्तिम पहुँच १ जुलाई २०१८ 
  4. "4th BIMSTEC Summit: Kathmandu Declaration adopted by Member States", अन्तिम पहुँच ३१ अगस्ट २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]