नेपिडो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपिडो
နေပြည်တော်
Nay Pyi Taw, Nay Pyi Daw
नेपितव
देशम्यानमारम्यानमार
विभाजननेपिडो सङ्घीय क्षेत्र[१]
उप-विभाजननगरपालिकाहरू
घोषित२००५
शामिल२००८
सरकार
 • अध्यक्षम्यो आंग
क्षेत्रफल
 • जम्मा७,०५४.३७ किमी (२७२३.७१ वर्ग माइल)
उन्नतांश
११५ मिटर (३७७ फिट)
जनसङ्ख्या
 • जम्मा९२४,६०८
 • घनत्व१३१.१/किमी (३३९.५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:३० (म्यानमार)
क्षेत्रीय सङ्केत०६७

नेपिडो (बर्मी: နေပြည်တော် अङ्ग्रेजी Naypyidaw) म्यानमार (पहिले बर्माको नामले चिनिने)को नयाँ राजधानी हो। नेपिडोको अर्थ राजसी नगर हुन्छ। यसको एउटा अर्को अनुवाद 'राजाहरूको घर' पनि हुन्छ। सन् २००५ नोभेम्बर ६ मा नेपिडोलाई बर्माको प्रशासनिक राजधानी घोषित गरिएको थियो भने यसको नाम सन् २००६ मार्च २७ मा म्यानमारको सशस्त्र बल दिवसको दिन घोषित गरिएको थियो। यो नगर बर्माको पुरानो राजधानी याङ्गोनबाट उत्तरमा लगभग ३०० किलोमिटरको दूरीमा अवस्थित छ। यो याङ्गोनमान्डालेभन्दा पछि म्यानमारको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। सन २००९ मा यस सहरको जनसङ्ख्या लगभग ९,२५,००० थियो।

नामाकरण[सम्पादन गर्नुहोस्]

नेपिडोको शाब्दिक अर्थ बर्मेली भाषा अनुसार 'राजाको निवास' भन्ने हुन्छ र सामान्य रूपमा यसको अनुवाद 'शाही राजधानी' गरिएको छ। परम्परागत रूपमा, यो शाही राजधानीहरूको नामहरूमा प्रत्ययको रूपमा प्रयोग गरिएको थियो, जस्तै मान्लिडाया, जसलाई ရတနာပုံနေပြည်တော် (यदानाबोन नेपिडो) भनिएको थियो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपिडोको इतिहास संक्षिप्त छ। यसका निर्माण २००२ मा प्यिनमाना नामको स्थान भन्दा से ३ किलोमीटर टाढा जङ्गलले भरिएको ठाँउबाट शुरू भयो । यो सहरको निर्माणका लागि म्यानमारको सैनिक सरकारले २५ भन्दा धेरै निर्माण कम्पनिहरूको सहयोग लिएको थियो । ६ नोभेम्बर २००५ को सैनिक सरकारले सरकारी मन्त्रालयहरूलाई याङ्गोनबाट नेपिडो स्थानान्तरण गर्न शुरू गर्यो । सैनिक मुख्यालयलाई अन्य सरकारी मन्त्रालयहरूबाट अलग्गै परिसरमा बनाइयो, जहाँ आम नागरिकहरूको प्रवेश प्रतिबन्धित छ । व्यापारीहरू लाई पनि सरकारी मन्त्रालय को नजिक पर्ने व्यावसायिक क्षेत्रमा मात्र सीमित रखियो ।

भूगोल र जलवायु[सम्पादन गर्नुहोस्]

नेपिडो बागो योमाशान योमा पर्वत श्रृंखलाहरू बीच स्थित छ । सहर ७,०५४.३७ किमी (२,७२३.७१ वर्ग माइल) को क्षेत्रमा फैलिएको छ र आधिकारिक तथ्याङ्क अनुसार ९,२४,६०८ जनसङ्ख्या छ । चाउङ्गमागी बाँध, नेपिडोको उत्तरतिर केही किलोमिटर टाढा रहेको छ । जबकि नगालिक बाँध दक्षिणतिर केही किलोमिटर टाढा छ । येजिन बाँध उत्तर-पूर्वमा अल्लि टाढा छ ।

यातायात[सम्पादन गर्नुहोस्]

सार्वजनिक यातायात सेवाहरू आसपासका सहरहरू बीच मात्र सीमित छन् । चार-लेनको, ३२३.२ किमी (२००.८ माइल) बाटोले याङ्गोन-नेपिडो राजमार्गका लिङ्गहरू लाई नेपिडो र याङ्गोनसँग प्रत्यक्ष रूपमा जोड्दछ जुन ५६३ किमी (३५० माइल) - समग्र लामो याङ्गोन-नेपिडो-माण्डाले एक्सप्रेस सडक को भाग हो ।

चित्रावली[सम्पादन गर्नुहोस्]

नेपिडोको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) ३०
(८६)
३४
(९३)
३६
(९७)
३८
(१००)
३५
(९५)
३२
(९०)
३१
(८८)
३०
(८६)
३२
(९०)
३२
(९०)
३१
(८८)
२९
(८४)
३२.५
(९०.५)
न्यूनतम औसत °से (°फे) १४
(५७)
१६
(६१)
२०
(६८)
२४
(७५)
२५
(७७)
२४
(७५)
२४
(७५)
२४
(७५)
२४
(७५)
२३
(७३)
२०
(६८)
१६
(६१)
२१.२
(७०.२)
औसत वर्षा मिमी (इन्च)
(०.२)

(०.१)

(०.४)
३३
(१.३)
१५४
(६.१)
१६०
(६.३)
१९८
(७.८)
२२९
(९.०)
१८६
(७.३)
१३१
(५.२)
३७
(१.५)

(०.३)
१,१५१
(४५.५)
दैनिक औसत वर्षा १४ २१ २३ २४ १९ १२ १२३
स्रोत: Weather2Travel.com. अन्तिम पहुँच मिति:२० नोभेम्बर २०१७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सात क्षेत्र, स्व:प्रशासित डिवीजन, सङ्घीय क्षेत्रमा स्व:प्रशासित चौक, क्षेत्र, जिल्ला, र बस्ती घोषित", साप्ताहिक ग्यारह समाचार, २० अगस्ट २०१०, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  2. "समाचार संक्षेप", द म्यानमार टाइम्स (म्यानमार सर्वसञ्चित मिडिया), २० मार्च २००६, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  3. "बर्माको "राजाहरूको सीट"", अल जजीरा, २० नोभेम्बर २००६, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  4. "बर्माको एक परिचय", २० नोभेम्बर २०१७, अन्तिम पहुँच २० नोभेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]