बर्मेली भाषा

बर्मेली भाषा (बर्मेली भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश म्यानमार (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अन्डमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।
भाषा परिवार[सम्पादन गर्नुहोस्]
बर्मेली भाषा तिब्बती-बर्मेली भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मेली भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन्।
म्यानमारका भाषाहरू[सम्पादन गर्नुहोस्]

- 1 = बर्मेली भाषा बोलिने क्षेत्र
- 2 = तिब्बती-बर्मी बोलिने क्षेत्र
- 3 = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
- 4 = करेन (तिब्बती-बर्मेली भाषा परिवार)
- अन्य भाषा-परिवार :
- 5= शान प्रान्त थाई तथा दक्षिणी थाई
- 7 = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरू)
बर्मेली भाषाको सामान्य विशेषताहरू[सम्पादन गर्नुहोस्]
- बर्मेली भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
- बर्मेली भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
- बर्मीमा ३३ व्यंजन र ७ स्वर छन्।
- अन्य भाषाझैँ बर्मेली भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।
लिपि[सम्पादन गर्नुहोस्]
आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बर्मेली भाषा संस्करणको विकिपिडिया, एक स्वतन्त्र विश्वकोष

बर्मेली भाषासँग सम्बन्धित शब्दहरूको सूचीको लागि, बर्मेली भाषा विकिस्नरी, एउटा निशुल्क शब्दकोष हेर्नुहोस ।
Burmese phrasebook विकियात्रामा यात्रा सहयोगी
- Omniglot: बर्मेली भाषा
- बर्मेली भाषा अन्लाईन
- बर्मेली भाषा अन्लाईन लेसन