भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुख्य भाषा परिवारको बिश्वब्यापी विवरण

एक आपसमा सम्बन्धित भाषाहरूको परिवारलाई भाषा परिवार भनिन्छ। यो एउटै पूर्वजको वंशजको माध्यमले सम्बन्धित भाषाहरूको एउटा समुह हो। कुन भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ, त्यसको लागि वैज्ञानिक आधार रहेको छ। हाल विश्वको भाषाहरूको तीन अवस्थाहरू छन्। विभिन्न देशहरूको प्राचीन भाषाहरूको जसको अध्ययन र वर्गीकरण पर्याप्त सामग्रीको अभावमा हुन सकेन तिनीहरू पहिलेको अवस्थामा छन्। यिनीहरूको अस्तित्व यिनीहरूकै उपलब्ध प्राचीन शिलालेखहरू, सिक्काहरू र हस्तलिखित पुस्तकहरूमा अझै अहिले पनि सुरक्षित छ। पहिलो अवस्थाको भाषाहरूको अभिलेख मेसोपोटेमियाको पुरानो ‘सुमेरीय’ तथा इटालीको प्राचीन भाषा ‘एत्रस्कन’ यो भाषा अन्तर्गत पर्दछन। दोश्रो अवस्थामा यस्तो आधुनिक भाषाहरू छन्, जसको पूर्ण शोधको अभावमा अध्ययन र विभाजन प्रचुर सामग्री हुँदाहुँदै पनि हुन सकेको छैन। जापानी, कोरियाली आदि भाषाहरू यसै अवस्थामा छन्। तेश्रो अवस्थाको भाषाहरूको पर्याप्त सामग्रीहरू रहेको छ जसले यिनीहरूको अध्ययन तथा वर्गीकरण भइसकेको छ। ग्रीक, अरबी, फारसी, संस्कृत, अङ्ग्रेजी आदि अन्य विकसित तथा समृद्ध भाषाहरू यसै अन्तर्गत रहेका छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]