परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शाब्दिक इतिहास[सम्पादन गर्नुहोस्]

यो शब्द संस्कृतका दुई उपसर्ग र धातु क्रमशः परि र वृ मिलेर बनेको हो ।  परि संस्कृतभाषको अति प्रसिद्ध उपसर्ग हो । यसको अर्थ आसपास, चारैतिर, यताउता आदि हुन्छ । यसैगरी वृ धातुकोे अर्थ घेर्नु, बेर्नु, चुन्नु आदि हुन्छ । 'परिव्रियते अनेन परिवार' अर्थात् जसमा व्यक्तिलाई घेरिन्छ त्यो परिवार हो । भर्खर जन्मिएको व्यक्ति परिवारमा सबभन्दा तल हुन्छ, उ विस्तारै बढ्दै जान्छ र नातागोताबाट घेरिँदै जान्छ ।

अर्थ[सम्पादन गर्नुहोस्]

  1. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह ।
  2. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान ।
  3. नातादार र कुटुम्ब आदिको समूह ।
  4. सजातीय व्यक्तिहरूको समूह, वर्ग ।
  5. कुनै राजा वा धनवान्का आश्रयमा रहने मानिसहरूको समूह; आश्रित जन; परिजन ।
एकल परिवार खुसी परिवार

परिवार एकै घरको छानामुनी बस्ने एकै भान्साको खाना बाडेर खाने ,विवाह, रगत,ग्रहण,वा सम्रपणको सम्बन्ध भित्र आवद्ध सदस्यहरूको समुह हो। परिवारको उत्पतिको सम्बन्धमा प्राचिन गि्रकका विद्धानहरू प्लेटो र अरस्तुले शास्त्रिय सिद्धान्तको प्रतिपादन समएत गरेका छन।

परिवारको उत्पतीको सन्दभमा परिवारको उत्पति र विकासलाई तिन चरणमा बाँडेर चर्चा गर्न सकिन्छ,
    १ जङगली युग(Sडदडलडy stage)
    २ व्रवर युग  (Barbarism stage)
    ३ सभ्य युग  (Civilization stage)

परिवार विशेष गरी दुई किसिमका हुन्छन् ।

१ एकल २ सयुंक्त