बङ्गलादेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
गणप्रजातान्त्रिक बङ्गलादेश

গণপ্রজাতন্ত্রী বাংলাদেশ (बङ्गाली)
राष्ट्रिय गान: "आमार सोनार बाङ्ला"
(नेपाली: "मेरो सुनौलो बङ्गाल")

राष्ट्रिय रण-सङ्गीत: "नोतुनेर गान"
(नेपाली: "युवाको गीत")[१]
बङ्गलादेश
राजधानी
र सबैभन्दा ठूलो सहर
ढाका
आधिकारिक भाषाहरूबाङ्ला[२]
मान्यता प्राप्त राष्ट्रिय भाषाहरूबाङ्ला
जातिगत समूहहरू
(२०११[३])
धर्म
(२०११[४])
रैथाने(हरू)बङ्गलादेशी
सरकारसंसदीय गणतन्त्र
आब्दुल हामिद
शेख हसिना वाजेद
शिरीन शारमिन चौधुरी
सैयद माहमुद होसेन
व्यवस्थापिकाराष्ट्रिय संसद
• बङ्गभङ्ग तथा बेलायती भारतको समाप्ति
१४-१५ अगस्ट १९४७
१४ अक्टोबर १९५५
• पाकिस्तानबाट स्वतन्त्रता घोषणा
२६ मार्च १९७१
१६ डिसेम्बर १९७१
४ नोभेम्बर १९७२
• सर्वशेष झूखण्ड विनिमय
३१ जुलाई २०१५
क्षेत्रफल
• जम्मा
१,४७,५७० किमी (५६,९८० वर्ग माइल)[५] (९५औँ)
• पानी (%)
७%
जनसङ्ख्या
• २०१७ अनुमानित
१६२,९५१,५६०[६] (७औँ)
• २०११ जनगणना
१४९,७७२,३६४[७] (८औँ[६])
• घनत्व
१,१०६ /किमी2 (२,८६४.५ /वर्ग माइल) (१०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
• जम्मा
$८३१.७५० बिलियन[८] (३१औँ)
• प्रति व्यक्ति
$४,५६१[८] (१३९औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
• जम्मा
$३१४.६५६ बिलियन[८]
৳२२,५०४,७९ करोड (४३औँ)
• प्रति व्यक्ति
$१,७५४[६] (१४८औँ)
गिनी (२०१६)३२.४०[१०]
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि ०.६१४[११]
मध्यम · १३५औँ
मुद्राटाका (৳) (बीडीटी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+६ (बङ्गलादेशको प्रमाणिक समय)
मिति ढाँचाबङ्गाब्दो, दद-मम-वववव
सडक प्रयोगट्राफिक पद्धति निर्देशना
टेलिफोन कोड+८८०
आईएसओ ३१६६ सङ्केतबीडी
इन्टरनेट डोमेनडटबाङ्ला
डटबीडी

बङ्गलादेश (/ˈbɑːŋɡlədɛʃ/ ( ) बङ्गाली: বাংলাদেশ, आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश) दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमा देशसँग जोडिएको छ भने यस देशको दक्षिणमा बङ्गालको खाडी रहेको छ। बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल एक बाङ्लाभाषी अञ्चल, बङ्गाल हो, जसको ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बाङ्ला हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब सन् १९४७ मा भारतको विभाजनको बेला यसलाई पूर्व पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बीच लगभग १६०० किलोमिटर (१००० माइल)को भौगोलिक दूरी रहेको थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म (इस्लाम) एउटै थियो तर उनीहरूको बीच जाति र भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध सन् १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भएको थियो। स्वतन्त्र पछि बङ्गलादेशको केही सुरुवाती वर्ष राजनीतिक अस्थिरताबाट परिपूर्ण थियो। देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भएको थियो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमा बङ्गलादेशको स्थान आठौँ छ तर क्षेत्रफलको दृष्टिबाट बङ्गलादेश विश्वमा ९३औँ स्थानमा रहेको छ। मुसलमान- सघन जनसङ्ख्या भएको देशहरूमा बङ्गलादेशको स्थान चौथो हो जबकि बङ्गलादेशको मुसलमानको सङ्ख्या भारतको अल्पसङ्ख्यक मुसलमानको सङ्ख्या भन्दा कम छ। बङ्गलादेश दक्षिण एसियाली आञ्चलिक सहयोग संस्था, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन बिम्सटेकको प्रतिष्ठित सदस्य हो।

Front sight view of the National Parliament House of Bangladesh.jpg

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेशमा सभ्यताको इतिहास धेरै पुराना छ। आजको भारतको अंधिकांश पूर्वी क्षेत्र कुनै वेला बङ्गलादेशको नामबाट जानिन्थो। बौद्ध ग्रन्थहरूको अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको शुरुवात ७०० इसवी इसा पू.मा प्रारम्भ भएको मानिन्छ। यहाँको प्रारम्भिक सभ्यतामा बौद्धहिन्दू धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ। उत्तरी बङ्गलादेशमा स्थापित भएको यस्तो हजारौ अवशेष अहिले पनि मौजूद छ जसलाई मन्दिर वा मठ भन्न सकिन्छ।

बङ्गालको इस्लामीकरण मुगल साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। युरोप का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा ईस्ट इन्डिया कम्पनीद्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै भारतमा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल पाकिस्तानमा विभाजित गर्नुपर्‍यो।

भारतको विभाजन भएको फलस्वरूप बङ्गाल पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र पश्चिम बङ्गालको नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र पूर्वी बङ्गाल पाकिस्तानको हिस्सा बन्यो जुन पूर्वी पाकिस्तानको नामबाट जानिन थालियो। जमींदारी प्रथाले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को बङ्गला भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार प्राप्त भयो। सन १९५५ मा पाकिस्तान सरकारने पूर्वी बङ्गालको नाम बदलेर पूर्वी पाकिस्तान गरिदियो। पाकिस्तान द्वारा पूर्वी पाकिस्तानको उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक याहया खाँ द्वारा लोकप्रिय अवामी लीग र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप बंगबन्धु शेख मुजीवु्ररहमानको नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी शरणार्थीले छिमेकी देश भारतमा शरण लिनु पर्‍यो। भारत यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का भारत पाकिस्तान युद्ध शुरु भयो। बङ्गलादेशमा मुक्ति वाहिनी सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा गुरिल्ला युद्ध पद्धतिबाट गरे। पाकिस्तानी सेनाले अन्तत: १६ डिसेम्बर १९७१ मा भारतीय सेनाको समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र मुजीबुर्र रहमान यसको प्रथम प्रधानमन्त्री बने।

बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू[सम्पादन गर्ने]

१९४७ - भारतको विभाजन पछि बङ्गालबाट काटिएर पूर्वी पाकिस्तान बन्यो।

१९४९ - अवामी लीगको स्थापना भयो जसको उदेश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्रता दिनु थियो।

१९७० - शेख मुजीबको नेतृत्वमा अवामी लीगले निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरे, पाकिस्तानको सरकारले यस परिणामलाई मान्न अस्वीकार गरिदियो। पाकिस्तानी सरकारको यस निर्णय पछि दंगा भडकियो।

१९७१ - शेख मुजीब र अवामी लीगले २६ मार्चमा स्वतन्त्रता को घोषणा गरीदिए। नया देशको नाम राखियो या बङ्गलादेश, लडाईको डर त्रासबाट बच्नको लागि करीब एक करोड मानिस भारतको सीमानामा शरणार्थी भएर आए।

१९७२ - शेख मुजीब प्रधानमन्त्री बने। उनले उद्योग धन्दाको राष्ट्रियकरणको अभियान चलाए तर ज्यादा सफल भएन।

१९७४ - देशमा भीषण बाढीले पुरै खेति नष्ट २८,००० मानिसको मृत्यु। देशमा संकटकालीन अबस्था, राजनीतिक गडबडिको शुरूआत।

१९७५ - शेख मुजीब बङ्गलादेशको राष्ट्रपति बने। अगस्टमा भएको सैनिक तख्ता पलट पछि उनको हत्या गरीयो, देशमा सैनिक शासन लागू भयो।

१९७६ -सैनिक शासनले ट्रेड यूनियनहरू माथि प्रतिबन्ध लगायो।

१९७७ - जनरल जिया-उर-रहमान राष्ट्रपति बने। इस्लामलाई सांविधानिक मान्यता दिईयो।

१९७९ - देशमा चुनाव भयो र सैनिक शासन समाप्त भयो। जनरल जिया-उर-रहमानको बङ्गलादेश नेशनल पार्टीले बहुमत हासिल गर्‍यो।

१९८१- जनरल जिया तख्ता पलटको कोशिशमा मारीए। अब्दुस सत्तार राष्ट्रपति बने। १९८२ - एउटा अर्को तख्ता पलट पछि जनरल एरशाद सत्तामा आए। संविधान र राजनीतिक दलको वैधता समाप्त गरीयो।

१९८३ - सबै विद्यालयमा अरबी र कुरानको पढाईको जनरल एरशादको फैसलाको बिरुध्द आन्दोलन भयो। सीमित राजनीतिक गतिविधीको अनुमती दिइयो। एरशाद राष्ट्रपति बने।

१९८६ - संसद र राष्ट्रपतिको लागि निर्वाचन भयो, एरशाद विजयी भए। सैनिक शासन हट्यो र संविधानलाई पुनर्वाहाली गरीयो।

१९८७ - विपक्षको हडताल पछि देशमा संकटकालीन अबस्था लगाईयो।

१९८८ - एक-तिहाई देश पानीमा डुब्यो, लाखौ मानिस बेघर भए।

१९९० - ठूलो जन-विरोध पछि एरशाद पदबाट हटे।

१९९१ - भ्रष्टाचारको आरोपमा एरशाद कारागार पठाईयो। जनरल जिया-उर-रहमानको विधवा खालिदा जिया प्रधानमन्त्री बनिन। संविधानमा परिवर्तन गरेर राष्ट्रपतिको अधिकार सीमित गरीयो। चक्रवाती तूफानले लगभग डेढ लाख मानिसको जिबन लियो।

१९९६ -अवामी लीग सत्तामा फर्कियो, शेख हसीना प्रधानमन्त्री बनिन। देशमा हडतालको समय शुरू भयो।

१९९८ -बाढीले पूरे देशमा तबाही मचायो। १९७५ को मुजीब हत्या काण्डको लागि जिम्मेदार १५ पूर्व सैनिक अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाईयो।

२००० -स्वतन्त्रताको लडाईको बारेमा एक पाकिस्तानी राजनीतिज्ञको भनाईमा विवाद भयो, पाकिस्तान र बङ्गलादेशको सम्बन्धमा कटुता आयो।

२००१-आम चुनावमा शेख हसीनाको पार्टी अवामी लीग हार्‍यो र धार्मिक दलहरूको समर्थनको साथ जातीय पार्टी सत्तामा आयो र बेगम खालिदा जिया प्रधानमन्त्री बनिन।

२००८ - ठूलो बहुमत पछि शेख हसीना फेरी प्रधानमन्त्री बनिन ।

राजनीति[सम्पादन गर्ने]

देशको राजनीतिमा राष्ट्रपति संवैधानिक प्रधान हुन्छन, जबकि प्रधानमन्त्री देशको प्रशासनिक प्रमुख हुन्छन। राष्ट्रपति हरेक पाँच पछि निर्वाचित गरिन्छ। प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरीन्छ, प्रधानमन्त्री यस्तो व्यक्तिलाई चुनिन्छ जो त्यस समय संसदको का सदस्य हुन्छ र राष्ट्रपतिलाई विश्वास दिलाउछ कि उसलाई संसदमा बहुमतको समर्थन हासिल छ। प्रधानमन्त्रीले आफ्नो मन्त्रीको केबिनेट गठित गर्दछ जसको नियुक्तिको सहमती राष्ट्रपतिले दिन्छन।

बङ्गलादेशको संसद लाई जातीय संसद भनिन्छ जसको ३०० सदस्य प्रत्यक्ष मतदानद्वारा निर्वाचित आउदछन, र पाँच वर्षसम्म आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन। देशको सबैभन्दा ठूलो वैधानिक संस्था बङ्गलादेश सर्वोच्च अदालत जसको प्रधान न्यायाधीश र अन्य न्यायधीशहरूको नियुक्ति राष्ट्रपति गर्दछन।

विभाग[सम्पादन गर्ने]

बङ्गलादेशलाई ८ विभागहरूमा विभाजन गरिएको छ, जुन यस प्रकार छन्।

भूगोल[सम्पादन गर्ने]

बङ्गलादेशको धेरै जसो भाग समुद्र सतह भन्दा एकदम कम उचाईमा पर्दछ। धेरैजसो भू भाग नदीको मुख भागमा पर्दछन् जो सुंदरवन नामले चिनिन्छन्। यी गंगा (स्थानीय नाम पद्मा नदी), ब्रम्हपुत्र, यमुनामेघना नदीका हुन् जो बङ्गालको खाडी क्षेत्रमा अवस्थित छन्। यी नदीहरू हिमालय पर्वतमा मुहान भएका नदी हुन्। बङ्गलादेशको माटो अत्यन्तै उब्जाउ छ। तर बाढीअनिकालले बाँग्लादेश प्रभावित भैरहन्छ। चिटागांग जिल्लामा अलिअलि पहाडी क्षेत्र पर्दछ जसको सबैभन्दा अग्लो चुचुरो केओक्रादांग १,२३० मीटर अग्लो छ। यो सिलहट मंडलको दक्षिण पूर्वमा छ। बङ्गलादेशको जलवायु उष्णकटिबंधीय जलवायु हो, यहाँ अक्टोबर देखि मार्च सम्म जाडो मार्च देखि जून सम्म गर्मी हुन्छ। मार्च देखि जून सम्म मनसूनबाट पानी पर्दछ। बङ्गलादेशले प्राय: हरेक वर्ष चक्र्वातीय तूफान सामना गर्नु पर्दछ। माटो अपरदन र वन विनाश यहाँको ठूलो समस्या हो। ढाका यहाँको सबैभन्दा ठूलो शहर हो, अन्य ठूला शहरमा चिटागांग, राजशाही, र खुलना हुन्। चिटागांगको दक्षिण स्थित काक्स बजार विश्वको सबैभन्दा लामो बीच मध्ये एक हो।

विमान[सम्पादन गर्ने]

संस्कृति[सम्पादन गर्ने]

साहित्य[सम्पादन गर्ने]

बङ्गाली भाषा र साहित्यको परम्परा एक हजार वर्षभन्दा पुरानो छ। ७औँ शताब्दीमा लेखिएको बौद्ध दोहार सङ्कलन चर्यपदलाई बङ्गाली भाषाको सबैभन्दा पुरानो सङ्केतको रूपमा मान्यता प्राप्त छ। मध्ययुगमा बङ्गाली भाषामा कविता, लोकगीत र पालागानको परिचय गराइएको थियो। बङ्गलादेशमा लेखनको सबैभन्दा पुरानो प्रमाण महास्थान ब्राह्मी शिलालेख हो। यो तेस्रो शताब्दी ईसा पूर्वको भएको मानिन्छ। गुप्ता साम्राज्यमा यस क्षेत्रमा संस्कृत साहित्य फलिफाप भएको थियो। बङ्गाली भाषा ८ देखि १०औँ शताब्दीमा संस्कृत र मगधि प्रकृतबाट विकसित भएको थियो।[१२] बङ्गाली साहित्य एक सहस्राब्दी पुरानो परम्परा हो; चर्यपाद बङ्गाली कविताका प्रारम्भिक उदाहरण हो। सुफी अध्यात्मवादले धेरै बङ्गाली मुसलमान लेखकहरूलाई प्रेरित गरेको थियो। बङ्गाल सल्तनतको समयमा मध्यकालीन बङ्गाली लेखकहरूमा अरबी र फारसी कृतिहरूको प्रभावमा परेका थिए। तत्कालीन समयमा बङ्गालका सुल्तानहरूले बङ्गाली साहित्यको संरक्षण गरेका थिए। मालाधर बसु, बिप्रादास पिपिलाइ, विजय गुप्ता र यसोराज खान १५औँ शताब्दीका केही उल्लेखनीय लेखकहरू हुन्। चण्डीदास प्रारम्भिक मध्ययुगका उल्लेखनीय गीतिकवि हुन्। सैयद आलाओल मध्य बङ्गाली साहित्यका प्रतिष्ठित लेखक थिए। बङ्गाल पुनर्जागरणले आधुनिक बङ्गाली साहित्यलाई आकार दिएको थियो। यसमा उपन्यास, र लघुकथाहरू पनि समावेश रहेका छन्। रवीन्द्रनाथ ठाकुर साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो गैर-युरोपेली पुरस्कार विजेता थिए र उनलाई बङ्गाली सेक्सपियर पनि भनिन्छ। [१३]काजी नजरुल इसलाम एक क्रान्तिकारी कवि थिए जसले उपनिवेशवाद र फासिवाद विरुद्ध राजनैतिक विद्रोहको सहारा लिएका थिए। १९औँ शताब्दीमा बङ्गली साहित्यमा नयाँ युगको सुरुवात बङ्गाल पुनर्जागरणको युगमा कलकत्ता सहरबाट भएको थियो।बङ्गलादेशका राष्ट्रिय कवि काजी नजरुल इसलामले बङ्गाली भाषामा साहित्यलाई समृद्ध बनाएका थिए। बेगम रोकेयालाई बङ्गलादेशको अग्रज नारीवादी लेखकको रूपमा चिनिन्छ।[१४] अन्य पुनर्जागरण प्रतिमाहरूमा माइकल मधुसुदन दत्त र शरतचन्द्र चट्टोपाध्याय रहेका छन्। लेखक सैयद मुज्ताबा अली आफ्नो विश्वराजनीति बङ्गला विश्वदर्शनका लागि प्रख्यात छन्। जसिमुद्दिन एक प्रख्यात कवि थिए। शम्सुर रहमान र अल माहमूदलाई २०औँ शताब्दीमा उदाएका दुई महान् बङ्गाली कवि मानिन्छ। फारुख अहमद, सुफिया कामाल, सैयद अली अहसान, अहसान हबीब, अबुल हुसैन, शहिद कद्री, फजल शाहबुद्धीन, अबु जफर ओबिदुल्लाह, उमर अली, अल मुजाहिदी, सिद शम्सुलु हुक, निर्मलेन्दु गुुन, आबिद अजाद, हसन हफिजूर रहमान र अब्दुल हाई सिकदार आधुनिक बङ्गलादेशी कविताका महत्वपूर्ण हस्तीहरू हुन्।[१५] अहमद सोफा स्वतन्त्रता पछिको युगमा सबैभन्दा महत्वपूर्ण बङ्गलादेशी बुद्धिजीवी मानिन्छ। हुमायुन अहमद आधुनिक बङ्गलादेशी यथार्थवाद तथा विज्ञान कथाका लोकप्रिय लेखक थिए।

कला[सम्पादन गर्ने]

बाली कुट्नका लागि प्रयोग गरिने ढिकी कुनै समय बङ्गलादेशको ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुन्थ्यो।

बङ्गलादेशमा विभिन्न प्रकारका नृत्यहरू प्रचलित रहेका छन्। जसमा आदिवासी जनजाति नाच, लोक नृत्य, शास्त्रीय नृत्य आदि रहेका छन्। देशको ग्रामीण क्षेत्रमा यात्रा गर्ने परम्परा रहेको छ। बङ्गलादेशको सङ्गीत भाषाको प्रमुख हो। बङ्गलादेशको ग्रामीण भेगका लोकसङ्गीतमध्ये बाउल गीत, जारी, सारी, भावाइया, भाटियाली, मुर्शिदी, गम्भिरा, कविगान आदि लोकसङ्गीत उल्लेखनीय छन्। एकतारे, डोतारा, ढोल, बाँसुरी आदि लाई मुख्यतया ग्रामीण क्षेत्रको लोक सङ्गीतसँगै बाजाको रूपमा प्रयोग गरिन्छ।

सञ्चार माध्यम तथा चलचित्र[सम्पादन गर्ने]

बङ्गलादेशमा दैनिक २०० जति दैनिक पत्रपत्रिका र १,८०० भन्दा बढी साप्ताहिक वा मासिक पत्रिकाहरू प्रकाशित हुन्छन्। तथापि, नियमित रूपमा अखबार पढ्नेहरूको सङ्ख्या कम छ र यो कुल जनसङ्ख्याको १५% मात्र हो। दैनिक पत्रपत्रिकाहरूमा प्रथोम आलो, इत्तेफाक, कालेर कण्ठ लोकप्रिय छन्। सञ्चारमाध्यममध्ये बङ्गलादेश रेडियो र बीबीसी बाङ्ला रेडियोको बङ्गलादेशमा लोकप्रिय छन्। राज्यद्वारा सञ्चालित टेलिभिजन कम्पनी बङ्गलादेश टेलिभिजनको अतिरिक्त १० भन्दा बढी निजी उपग्रहमा आधारित टेलिभिजन च्यानल र पाँच भन्दा बढी रेडियोहरू बङ्गलादेशबाट प्रसारण हुन्छन्। ढाका केन्द्रित चलचित्र उद्योगबाट हरेक वर्ष करिब ८० देखि १०० बङ्गाली चलचित्रहरू बनाइन्छन्।

व्यञ्जन शैली[सम्पादन गर्ने]

बङ्गलादेशको राष्ट्रिय खाना

भारतीय र मध्यपूर्वी खानपानले बङ्गलादेशको खान्की परम्परामा प्रभाव पारेको छ। भात, दाल र माछा बङ्गलादेशीहरूको मुख्य खाना हो। रसगुल्ला, कचगोला, चोमचोम, गुलाब जामुन, सन्देश जस्ता चिज तथा अन्य प्रकारका मिठाईहरू यस देशमा निकै लोकप्रिय छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "NATIONAL SYMBOLS→National march"শামীম রেজা (ইংরেজি भाषा)। বাংলা একাডেমি। सङ्ग्रह मिति १४ डिसेम्बर २०१६ 
  2. "গণপ্রজাতন্ত্রী বাংলাদেশের সংবিধান"আইন, বিচার ও সংসদ বিষয়ক মন্ত্রণালয়। বাংলাদেশ সরকার। सङ्ग्रह मिति २०१९-०४-२६ 
  3. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (बंगाली भाषा)। सङ्ग्रह मिति १३ फेब्रुअरी २०१५ 
  4. "সংরক্ষণাগারভুক্ত অনুলিপি" (PDF) (बङ्गाली भाषा)। US department of States। २९ मे २०१९। 
  5. "দ্য ওয়ার্ল্ড ফ্যাক্টবুকে বাংলাদেশের ক্ষেত্রফল"www.cia.gov। কেন্দ্রীয় গোয়েন্দা সংস্থা। २४ जुन २०१९। सङ्ग्रह मिति ५ जुलाई २०१९ 
  6. ६.० ६.१ ६.२ হক, শাকিলা (१३ डिसेम्बर २०१७)। "পাকিস্তানকে পেছনে ফেলে এগিয়ে বাংলাদেশ"দৈনিক প্রথম আলো। सङ्ग्रह मिति १७ डिसेम्बर २०१७ 
  7. Data "बङ्गलादेश"। ४ सेप्टेम्बर २०११। जनगणना – बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग
  8. ८.० ८.१ ८.२ "Bangladesh"World Economic Outlook Database। IMF। 
  9. "Bangladesh GINI index, 2017-2018 - knoema.com"Knoema। ३१ अक्टोबर २०१९। सङ्ग्रह मिति ३१ अक्टोबर २०१९ 
  10. "Gini Index"। विश्व बेङ्क। सङ्ग्रह मिति २ मार्च २०११ 
  11. युआरएल=http://hdr.undp.org/en/content/2019-human-development-index-ranking "बङ्गलादेश" (PDF)। २२ मार्च २०१७। 
  12. "Mahasthan Brahmi Inscription", Banglapedia, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१५ 
  13. Junaidul Haque (७ मे २०११), "Rabindranath: He belonged to the world", The Daily Star, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१५ 
  14. Rubaiyat, Hossain, "Begum Rokeya : The Pioneer Feminist of Bangladesh", The Daily Star, मूलबाट १५ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१६ 
  15. "Syed Mujtaba Ali", The Daily Star, १८ सेप्टेम्बर २००९, मूलबाट २२ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्ने]


सरकार