बाँसुरी
![]() | |
अन्य नामहरू | बंसी |
---|---|
वर्गीकरण | बाद्य बाजा |
बजाउने दायरा | |
2.5 Octaves (six-hole), 3 Octaves (seven-hole) | |
सम्बन्धित वाद्ययन्त्रहरू | |
मुरली | |
थप लेखहरू वा जानकारी | |
संगीत |
बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा बाँसुरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।