च्याब्रुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ललितपुरमा आयोजित माइबेनी पर्वमा लिम्बू जातीको परम्परागत बाजा च्याब्रुङ बजाएर नाच्दै तत्कालिन अन्तरिम संसदका सभामुख सुवासचन्द्र नेम्वाङ

च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । लिम्बु समुदायका मानिसहरुले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्दछन् । [१] मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिंदैन । च्याब्रुङमा प्रायजसो मृत गोरु वा गाईको छाला प्रयोग गरिने भएपनि कतै-कतै बाघको छाला प्रयोग गरेको पाइन्छ । लिम्बू समुदायमा विवाह, भोजभतेर,विभिन्न कार्यक्रम लगायतका अवसरमा बेग्लाबेग्लै तालमा/लयमा/भाकामा च्याब्रुङ बजाएर नाचिन्छ। यस्तो समयमा झ्याम्टाको साथमा च्याब्रुङ बजाइन्छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. तिगेला, विश्वास दीप, "उधौली चाड – संक्षिप्त परिचय", नयाँ समाचार डटकम, अन्तिम पहुँच २०७० पुस २ 
  2. "लिम्बू समुदायका उधौली पूजा धाननाच", gorkhapatraonline.com, २०७० पुस १, अन्तिम पहुँच २०७० पुस ७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]