झुर्मा
Jump to navigation
Jump to search
झुर्मा नेपाली तालबाजा हो । यो पञ्चैबाजा र नौमती बाजा समूहको एक सदस्य बाजा हो । यो मझौला आकारको झ्याली हो । यो काँसबाट बनेको हुन्छ । यसलाई झ्याम्टा बाजा पनि भनिन्छ । यो बाजा दुवै हातले समातेर विभिन्न ताल र बोलहरूमा ठोकेर बजाइन्छ ।