हुड्को

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हुड्को नेपाली लोकबाजा हो । हुड्को देख्नासाथ डमरुको याद आउँछ, तर यो डमरुभन्दा लामो हुन्छ । यो बाजा नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहाड र केही तराईमा देखिन्छ । यो गीत गाउँदा बजाइने तालबाजा हो । यही हुड्को ठटाउँदै वीर पुर्खाका गाथा सुनाउँदै नृत्य गर्ने परम्परा सुदूरपश्चिमको विशेष संस्कृति हो । न्वारन, व्रतबन्ध, विवाहजस्ता उत्सवको खुसियालीमा मात्र नभई अन्त्येष्टिमा समेत यो बजाएर हुड्के नाच नाचिन्छ ।

बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइन्छ । यो भारतमा पनि प्रयोग भएको पाइन्छ । हुड्को कर्खा गाउँदा बजाइन्छ । भारतको उत्तराखंडमा हुड्को देवताहरूको जागरमा पनि प्रयोग गरिन्छ । अन्य स्थलमा दुसाद तथा डुमहरूले पनि प्रयोग गर्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]