पञ्चैबाजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चे बाजा

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकीसहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि।

धार्मिक महत्त्व[सम्पादन गर्नुहोस्]

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

हालको अवस्था[सम्पादन गर्नुहोस्]

नेपालको रुकुमको एक गाँउमा पञ्चेबाजाका साथमा स्थानीय

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यबसायिक रुपमा बजाउन थालेका छन् | रूपले नेपाली परम्परागत विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ |

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]