सामग्रीमा जानुहोस्

पञ्चैबाजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चे बाजा

पञ्चे बाजा (पञ्चबाजा अथवा पञ्चेबाजा) पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेग तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाइने गरिन्छ। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकीसहनाई पर्दछन्। पञ्चेबाजा नेपाली धार्मिक एवम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विवाह, व्रतबन्ध, चाडवाड, जात्रा, रोपाइँ, पूजाआजा जस्ता विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ।

धार्मिक महत्त्व

[सम्पादन गर्नुहोस्]

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्त्व हुन्छ। त्यस्ता साईतहरूमा मङ्गल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।

हालको अवस्था

[सम्पादन गर्नुहोस्]
नेपालको रुकुमको एक गाँउमा पञ्चेबाजाका साथमा स्थानीय

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि व्यवसायिक रूपमा बजाउन थालेका छन् | परम्परागत रूपले यो नेपाली विवाह कार्यक्रममा बजाइने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजाले केही हदसम्म व्यवसायीकता पाएको छ। तर नेपालको शहरी भेगमा आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पञ्चेबाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ |

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]