यलम्बर (बाजा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यलम्बर एक प्रकारको बाजा हो । यो हेर्दा बाँसको ढुङ्ग्रो जस्तो हुन्छ । यो बाजा भालुबाँसका दुवै आँख्ला (जोर्नीको गाँठो) नफुटेको गिँडबाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुई वटा तार निकालिएका हुन्छन् । प्वालको ठीकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यलम्बर तालबाजाअन्तर्गत पर्छ । यसको नाम प्रथम किराँत राजा यलम्बरको नामबाट रहन गएको हो भनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]