च्योदर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

च्योदर विशेषत: नेपालको उत्तरी हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिको समुदायमा बजाइने लोक बाजा हो।[१] यो बाजा डमरू जस्तो आकारको हुन्छ। बौद्ध धर्ममा च्योदर र डमरूलाई धार्मिक साधनाको एक साधनको रूपमा लिइन्छ। च्योदर खयर तथा कोइरालो जातको काठमा मृग, घोरल वा बाख्राको छाला मोडेर बनाइन्छ। गुम्बाका लामाहरूले मन्त्र उच्चारण गर्दा विस्तारै यो बाजा बजाउँछन् ।

तामाङ समुदायमा मानिस मरे पछि बौद्धधर्ममा लामा गुरूद्वारा फो गरेर मृतकको आत्मा र शरीर छुट्ट्याइ सके पछि मरेको लासलाई घरभित्रबाट बाहिर वा लासलाई जलाउनु लैजानु अघि “च्योई” अनिवार्य गरिन्छ। मृतकको लासलाई भुत/प्रेतलाई दान दिई पुण्य आर्जन गरिने कार्यको माध्यम भनेको च्योई गर्नु हो। च्योई गर्ने बेलामा लामाहरूले मच्यिग/ठोइमा, नाग्मो/माताकालीको क्रोध धारणको स्वरूपमा च्योदर/डमरु र कक्लिङ बाजा बजाएर नृत्य अभिनय गर्ने गर्छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सीमित आदिवासी असीमित लोकबाजा", Sunday, ०६/२१/२००९, अन्तिम पहुँच अप्रिल १६, २०१८ 
  2. "तामाङ जातिको मृत्यु संस्कार “च्योई”मा लामाले गर्ने नाँच (भिडियो)", अक्टोबर २३, २०१७, अन्तिम पहुँच अप्रिल १६, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]