दमाहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमाहा बजाउँदै
दमाहा बजाउँदै

दमाहा नेपाली बाजा हो । यो पिँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजोले हानेर बजाइने एक बाजा हो । यसलाई सानो खालको नगराका रूपमा पनि हरिन्छ । यो पञ्चैबाजा समूहका तालबाजाको रूपमा लिइन्छ । यो घाँटीमा भिरेर बजाइन्छ । यसका आवाज गुइँ...... गुइँ..... सुनिन्छ । पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्छ भनिन्छ । विशेष गरी नेपालका दमाई जाति यसका सम्बर्द्धन, संरक्षण र प्रबर्द्धनमा लागेको पाइन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]